ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
रुपन्देही क्षेत्र नं. २

जनमुक्ति हौसिंदै, काँग्रेस बाझ्दै, माओवादी अलमलिंदै

उम्मेदवारी चयन, साझा उम्मेदवारको खारेजी, काँग्रेसभित्रको द्वन्द्वले पछिल्लो वाम लोकतान्त्रिक गठबन्धनमा समेत माहोल बन्न सकिरहेको छैन ।
२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

बुटवल, २२ कात्तिक ।

प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनको मिति नजिकिंदै जाँदा देशकै चर्चामा रहेको रुपन्देही क्षेत्र नम्बर २ को चुनाव रोचक मोडमा रहेको छ । रुपन्देही क्षेत्र नम्बर २ मा विगत केही बर्षयता पुर्व उप–प्रधानमन्त्री सहित विभिन्न मन्त्रालय समेत सम्हालेका विष्णुप्रसाद पौडेल निर्वाचित हुँदै आएको क्षेत्र हो । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले विगतमा उम्मेदवार बनाएका राजु गुरुङ्गको उम्मेदवारी निर्वाचन आयोगले नै खारेज गरिदिएपछि अहिले सत्ता गठबन्धन जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) लाई समर्थन गरेको छ ।

यसरी आफ्ना उम्मेद्वारलाई गठबन्धनले समर्थन गरेपछि रुपन्देहीका अन्य स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीले दिएको उम्मेद्वारी निष्कृय गरेको छ भने रुपन्देहीको प्रतिनिधि सभातर्फ उम्मेद्वारी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मिनबहादुर पल्लीमगरको उम्मेद्वारी निष्कृय भएका छन् ।

गठबन्धनले आफ्ना उम्मेद्वारलाई सघाएकोमा घर चुनाव चिन्ह भएको राष्ट्रिय जनमुक्ति पार्टी हौसिएको छ । राष्ट्रिय राजनीतिमा ठोस पहिचान बनाउन नसकेका नेता केशवबहादुर थापा (सूर्यवंशी) ले पटक पटक मन्त्री र सरकारको उपप्रधानमन्त्री समेत बनेका विष्णु पौडेललाई चुनावमा चुनौती दिन सक्नेमा विश्लेषकहरुले ‘ठोस प्रभाव नपर्ने’ बताउँदै आएका छन् ।

पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका उनी जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष हुन् । राजपाभित्र थापा दोस्रो तहका कार्यकारी अध्यक्ष हुन् । २०४३ सालतिर थापा मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियनको राजनीतिमा सक्रिय थिए । ०४६ सालको आन्दोलनमा उनी माक्र्सवादीबाट नै आन्दोलनमा सक्रिय भए । ०४७ मा माले र माक्र्सवादी एकता भइ एमाले गठन भएपछि उनी राजनीतिमा निष्क्रिय रहेका थिए । ०५१ सालतिर उनी जनमुक्ति पार्टीमा लागेका थिए । थापा २०५६ मा राजपाको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछि उपमहासचिव, महासचिव हुँदै कार्यकारी अध्यक्ष भएका हुन् ।

उम्मेद्वार छनोटमा गठबन्धनको कमजोरीका कारण थापा थप चर्चामा आइपुगेका छन् । जनमुक्ति पार्टीले एकल हिसाबले उम्मेद्वारी दिएपनि गठबन्धनको मतसमेत पाउने उनी भाग्यमानी उम्मेद्वार भएका छन् ।

सत्ता गठबन्धनतर्फ अहिले ६ दल एकजुट छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी सहितका दलले चुनावमा साथ दिएका छन् । यता नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष समेत रहेका विष्णु पौडेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ ।

काँग्रेसमा कलह

रुपन्देही २ मा नेपाली काँग्रेसभित्रको गुटगत राजनीतिको कारण उम्मेद्वार चयनदेखि कार्यकर्ताहरु नै रुष्ट भएको बताईन्छ । केन्द्रीय नेताहरुले रुपन्देही २ लाई एमालेबाट चोईटिएर गएको नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वारलाई दिने गरी सहमति गरेका थिए । स्थानीय स्तरबाट अघिल्लो निर्वाचनमा पराजित भएका महसमिति सदस्य समेत रहेका युवराज गिरीले यो पटक आफुले टिकट पाउनुपर्ने भन्दै लविङ्ग समेत गरेका थिए ।

खाँण पक्षधर मानिएका उनले रुपन्देही २ मा उम्मेद्वार चयन नहुँदै एकीकृत समाजवादीका उम्मेद्वार राजु गुरुङ्गलाई प्रदेश सभामा नै बस्न र आफुलाई एकपटक साथ दिनको लागि अग्रह गरेका थिए । तर गुरुङ्गको ‘हठ’ राजनीतिको कारण उमेरले समेत पाको रहेका गिरी उम्मेद्वारबाट पछाडी हट्न बाध्य भए ।

अहिले अदालतले ‘बैंकिङ्ग कसुरमा’ कालोसूचीमा परेको भन्दै उनको उम्मेद्वारी नै खारेज गरिदिएपछि काँग्रेस नेता तथा कार्यकर्ताहरुले उनलाई ‘काँचो व्यक्ति’ भएको भन्दै आलोचना समेत गर्न थालेका छन् । पहिलेदेखि नै विष्णु पौडेल विरुद्ध लागेका राजु गुरुङ्गले ‘मुढे बल’ प्रस्तुत गर्दै उनीसँगै चुनाव लडेर ‘हराएर देखाउने चुनौती’ दिएका थिए । यद्यपि उनीमा एक उम्मेद्वारमा हुनुपर्ने आचरण (बैकिङ्ग कसुर) नभएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी नै खारेज गरिदिएको छ । यसरी नेपाली काँग्रेसका एक केन्द्रीय नेताले बुटवल टुडेसँग भने–‘बल भन्दा पनि बुद्धि चाहिने कुरामा नेता महोदयको ख्याल नै भएन ।’

‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’ भन्ने सर्वमान्य सिद्धान्तलाई समेत आत्मसाथ गर्न नसकेको कारण पुर्व तयारीविना नै उम्मेद्वारी दिएकोले अहिले यो अवस्था आएको ती नेताको आरोप रहेको छ ।

कांग्रेस महासमिति सदस्य युवराज गिरीले गठबन्धनबाट गुरुङलाई टिकट दिने विषयमा छलफल हुँदा विवादास्पद बन्न सक्ने भन्दै पहिले नै छलफलमा सचेत गराएको अहिले पनि बताउँदै आएका छन् । एक कार्यक्रममा उनले भनेका थिए, ‘मलाई प्रतिनिधिसभामा टिकट दिएर गुरुङलाई प्रदेशसभामा अगाडि सारौं भनेको थिएँ, तर मेरो कुरालाई नजरअन्दाज गरियो, अहिले यो अवस्था आयो ।’

प्रदेश सभा

तर, रुपन्देही क्षेत्र नम्बर २ (१) मा पुर्व प्रदेश मन्त्री समेत रहेका लिला गरी एमालेबाट चुनावी मैदानमा छन् भने बाम लोकतान्त्रिक गठबन्धनबाट व्यवसायी समेत रहेका दीर्घबहादुर केसी (कुमार) मैदानमा रहेका छन् । राजनीतिक क्षेत्र भन्दा बाहिरका व्यक्तिहरु चुनावी मैदानमा ल्याएको भन्दै नेपाली काँग्रेसका एक गुटमा उनको आलोचना समेत हुने गरेको पाइएको छ भने यता लिला गिरी पाका उम्मेद्वार तिलोत्तमा लगायतका क्षेत्रमा सडक पूर्वाधार, बनवाटिका क्षेत्रको विकासमा योगदान गरेको स्थानीयहरुको भनाई रहेको छ । प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री समेत हुँदा उनले नयाँ स्थापना हुने उद्यमीहरुलाई १० लाख रुपैयाँको उद्यमी कर्जा समेत व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा ल्याएका थिए । यता कुमार केसी भने खेलकुदका विभिन्न क्षेत्रमा अध्यक्ष र निर्माण व्यवसायीको रुपमा ठेकेदारी काम गर्दै आएको समेत बताईन्छ ।

यता, रुपन्देही २ प्रदेश सभा (२) तर्फ नेकपा एमालेबाट भोजप्रसाद श्रेष्ठ चुनावी मैदानमा छन् । प्रदेशको स्वास्थ्यमन्त्री समेत भएर कोरोना महामारीका बीचमा काम गरेको, प्रदेश राजधानी बुटवलमा नै स्थापनाको लागि पटक पटक पहल गरेको सहित आफु मेयर हुँदा बुटवललाई एकीकृत बस्ती विकास गरेको, सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको जस्ता विषयले उनी जनतामाझा ‘अली बढी लोकप्रिय’ नेता मनिन्छन् । खरो स्वभावका नेता श्रेष्ठलाई बुटवलका जनताले साथ दिनेमा आफु ढुक्क भएको उनको प्रतिक्रिया रहेको छ ।

यता बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी (केन्द्र) का उम्मेद्वार प्रदेशको योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका बामदेव क्षेत्री घिमिरे चुनावी मैदानमा छन् । माओवादी नेता उनी प्रदेश योजना आयोगको नेतृत्व गर्दा लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रकरणमा मुछिएको आरोप समेत लागेको छ । योजना आयोगमा हुँदा बुटवलको लागि ठोस काम गर्ने मौकाबाट उनी चुकेको समेत बताईन्छ । उनको र भोज प्रसाद श्रेष्ठको बीचमा टक्कर हुनेमा ठोस प्रमाण नभएको विश्लेषकहरुको भनाई रहेको छ । बुटवल माओवादीको भोट भएको क्षेत्र होईन । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ का वडाअध्यक्षहरुले पाएको मत माओवादीको ३ हजार १८८ हो । ३ हजार भोट सहित गठबन्धनको साथमा उनले चुनाव जित्ने दावी गर्दै आएका छन् ।

स्थानीय तहको चुनावः

गत बैशाख ४ मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा रूपन्देही २ मा कांग्रेस ३४ हजार ९५९ मतसहित पहिलो दल रहेको छ । एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समजवादीको १ हजार ३८२ र जसपाको १८३ मत रहेको थियो । यहाँ गठबन्धनको जम्मा मत ३९ हजार ५२९ रहेको छ । एमाले ६ हजार ३४२ मतले पछाडि रहेको थियो । योपटक गठबन्धन एकै स्थानमा रहेकाले एमाले दोस्रो र जनमुक्ति पार्टी तेस्रो स्थानमा रहेको छ ।

रूपन्देही–२ मा १३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् । त्यस्तै तिलोत्तमा नगरपालिकाका १, २, ३, ४, ५ र ६ वडा पर्छन् । सैनामैना नगरपालिकाका १, २, ३ र ४ यो क्षेत्रमा पर्छन् । यहाँ एक लाख २६ हजार ८०७ मतदाता छन् ।

स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमाले विजयी भएको थियो । यो क्षेत्रमा पर्ने १३ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो । एमालेले २, नेकपा एसले १ र स्वतन्त्रले १ वटा वडामा विजयी भएको थियो । सैनामैना नगरपालिकामा मेयर कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । ४ वडामध्ये २ वडामा एमाले, कांग्रेस र माओवादी केन्द्रले एक÷एक वडा जितेको थियो । तिलोत्तमा नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । यो क्षेत्रमा पर्ने ६ वडामध्ये ४ वटामा कांग्रेस र २ वटामा एमाले उम्मेदवार विजयी भएका थिए ।

एमाले ढुक्क

केन्द्रीय राजनीतिमा प्रभाव राख्न सक्ने, उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका र दुई–दुईपटक अर्थमन्त्रीसमेत भएर काम गरेकाले पौडेलको विकल्प खोज्ने अवस्थामा रुपन्देही २ का मतदाता नरहेको स्थानीय नेता तथा कार्यकर्ताको बुझाई छ । चुनावी मतपरिणामले गठबन्धन केही अगाडि भएपनि निर्वाचन जित्नेमा पौडेल ढुक्क देखिन्छन् ।

विकास निर्माणको क्षेत्रमा पुल, सडक पूर्वाधार सहितका भौतिक पुनःनिर्माणमा समेत महत्वपूर्ण योगदान दिएको विष्णु पौडेल आफैमा विकासका प्रयाय भएको विश्लेषक ऋषि आचार्य (आजाद) को भनाई छ । बुटवलबाटै २०६४, २०७० र २०७४ को निर्वाचन लगातार जितेका पौडेलले रूपन्देही– २ बाट प्रतिनिधिसभाका उम्मेद्वार पौडेलको बलियो प्रतिष्पर्धी नभएपछि पौडेललाई अबको चुनाव सहज हुने देखिन्छ ।

यस्तो छ ईतिहास

२०७४ सालको संसदीय चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो । एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार रुकबहादुर पुनले ३ हजार ९ सय ८८  मत पाएका थिए । त्यसबेला एमाले र माओवादी एक भएर चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?