© २०२३
बुटवल, कार्तिक । भुपु सैनिकहरुलाई गोल्बन्द बनाउने उदेश्यसहित स्थापना भएको तिलोतमा नगरपलिकाको भुपुसैनिक बहुृद्येश्यीय सहकारी सस्थाको २२ औ बार्षिक साधारण सभा गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी बिशिष्टकृत सहकारी सघका अध्यक्ष प्रा. डा.खगराज सर्माले पछील्लो समय सहकारीहरुको स्थापनाले दैनिक घरघरमा जम्मा हुने सानो सानो पैसा जम्मा गर्ने बानीको बिकास भएको बताए ।
सहकारी भनेको जनताका साना साना समस्यामा जोडीने सहयोगी सस्था भएकाले हरेक समुदाय क्षेत्र सहकारी मार्फत गोल्बन्द भैरहेको उनको भनाई थियो । सहकारीको स्थापनाले भुपु परिवारले गर्ने हरेक काममा सहयोगी आथिक स्रोतको भरपर्दो माध्यम बनेको बताए ।
भुपु सैनिक सहकारीले नेपाल भारतमा सैनिक लगाएतका बिभीन्न देशमा सैनिक जिबनबाट अबकास भएका भुपु सैनिक र उनका परीवारलाई जोडने काम गरेको छ यो राम्रो कुरा हो । सैनिक जिबनमा एकै परीवार भएका भुपुहरु रिटायर्ड जिबनमा समेत एकै थलोमा रहनु खुसिको कुरा भएको बताए ।
सहकारीका अध्यक्ष सुमे राजकुमार केसीले सहकारीको स्थापना भुपु परीवारलाई गोलबन्द गरेको भनदै सहकारीले स्सथाका सदस्यहरुको हरेक सुख दुखमा सहयोगी हुदै आएको बताए । सहकारीले बिभीन्न सामाजीक कार्यहरुमा समेत काम गदै आएको भन्दै अध्यक्ष केसीले भने मानब सेवा अश्रममा खादान बितरण समय समयमा रक्तदान समेत गदैआएको बताए ।
सहकारीले आउदो दिनमा मोवाईल बैकीड्ड सेवा समेत सन्चालन र्गने योजना रहेको छ सहकारीमा रहेको १५ करोड १२ लाख पुजी रहेकोमा आगामी बर्षमा १७ करोड बढी पुजी पुराउने धेरै भन्दा धेरै भुपुहरुलाई सहकारीमा जोडने ल्क्षय रहेको केसीले बताए । कार्यक्रममा लेखा संयोजक दुर्गा कहादुर हमाल,सचिब क्या.कृष्ण बहादुर अधिकारी महिला सदस्य दुर्गादेबी खडका नायक मिन बहादुर खत्री क्या प्रेम कहादुर भन्डारी क्या सु लाल बहादुर ठकुरी मेजर जेबी खडका कर्णल गजेन्द्र बहादुर बस्नेत लगाएतले सहकारीको आर्थीक उन्तीको सुभकामना दिएका थिए । कार्यक्रममा ८० बर्ष लागेका भुपु परीवार, सहकारीका असल श्रृणी उत्कृष्ट खेलाडीहरुलाई दोसल्ला प्रमाण पत्र ले सम्मान गरीएको सदस्य ह.तेज बहादुर कार्कीले बताए ।