© २०२३
बाग्लुङ्ग जिल्लाबाट विभिन्न पेशा व्यवसाय गरेर रूपन्देहीमा बसोबास गर्दै आएका विभिन्न व्यक्तिहरूको संस्था बाग्लुङ्ग सामाज रूपन्देहीले तीज उत्सव कार्यक्रम गरेको छ । बाग्लुङमा जन्मेर बिभिन्न कामकाजका लागि रूपन्देहीमा रहेका नारीहरूबीच एकता र सद्भाब बाँड्ने उद्देश्यले तीजमिलन कार्यक्रम गरिएको समाजका अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा सल्लाहकारहरू सुरेन्द्रकुमार बर्मा, जीवन ओझा, लक्ष्मीकान्त पौडेल, लगायतले तीजको शुभकामना दिएका थिए । समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक काशीराम पौडेलका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले गीत गाएर नृत्य प्रस्तुत गरेका थिए । यशोधा फुड्सको लाली र करेन्ट चाउचाउले मुख्य प्रायोजन गरी तीज उत्सव कार्यक्रम भएको हो ।