© २०२३
नवलपरासी, २४ कार्तिक ।
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) क्षेत्रको विकासमा बर्माका भिच्छुहरूले चाँसो देखाएका छन् । विगत दुई दशकदेखि नियमित रूपमा उत्खनन, जिओफिजिक्स (भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसन्धान भइरहेको उक्त क्षेत्रको स्थलगत अवलोकन गर्दै बर्माेली भिच्छुहरूले यस क्षेत्रमा आफ्नो देशको पनि मोनाष्ट्रि थप्ने योजना सुनाएका हुन् ।
तिन बर्षिय भिच्छु सहित पुगेका बर्माी भिच्छुसंघका सदस्यहरूले यसबारे बर्मामा चर्चा सुनेको भए पनि पहिलो पटक कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्मस्थलमा पुग्न पाउनु सौभाग्य भएको बताएका थिए । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ,उनले भनेका थिए, यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । यसमा नेपाल सरकारले ब्यापक कार्य गर्नु पर्ने सुझाव पनि दिइएका थिए । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया, पालन गर्ने प्रजावति गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका भिच्छुसंघका लागि महत्वपुर्ण स्थान रहेको बताएका थिए ।
कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ, सो क्षेत्रमा आएका बर्मी भिच्छुले भने, कोलिय राजाहरूकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रूपमा बचाई राख्नका लागि कोलियहरूको ठूलो योगदान हुनु पर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन् नगरि मौलिक रूपमा छाडिदिइनुको पनि कुनै अध्यात्मिक महŒव नै हुनु पर्ने होला ।
कोलिय राज्यकी अग्रउपासिका सुप्रवासा सहित जन्म,पालन र सेवा तथा साथ दिईने कोलिय गणराज्यका महान चार महिलाहरूको कारणले पनि स्तुप अहिलेसम्म मौलिक अवस्थामा रहनु महत्वपुर्ण स्थान राख्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डेले बताएका थिए । देवलोकमा द्रोणले प्राप्त गरको बुद्धको भिच्छापात्र राखिएको स्तुप र पृथ्वीमा रामग्राम स्तुप मौलिक स्तुपहरू हुन्, उनले भने, यि कुरा अध्यात्मिक महत्वका हुन्, । तर कोलिय गणराज्यको राजधानी कोलनगरको आफ्नै ऐतिहासिक,प्राचिनता,पुरातात्विक पहिचान बोकेको स्थान हो । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् ।
विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि पुरातत्व विभागले पनि महत्वका साथ लागि परेको रामग्राम विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताएका थिए । इसापुर्व ७ सय पुराना प्राचिन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, उनले भने,कोलिय राजाले स्थापना गरेको रामग्राम स्तुप र कोलिय राजाहरूको राजधानी यो कोलनगरको समग्र विकास र संरक्षण,प्रवद्र्धनका लागि रामग्राम विकास कोषको स्थापना गरिएको छ । यो कोषसँग मिलेर अहिले विश्वका धेरै देशहरूले काम गर्ने चाँसो देखाई रहेको बेला बर्मी भिच्छुद्धारा चाँसो लिइनुले उत्साही बनाएको उनको भनाई थियो ।
३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरूको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ ।