ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

बेलडाँडा मारुनी नाच प्रथम

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

प्यूठान ।

चितिखोलाको सरायँ मेलाको अवसरमा आयोजना भएको मारुनी नाच प्रतियोगितामा बेलडाँडा मारुनी नाच प्रथम भएको छ । मंगलवार प्यूठान नगरपालिका–२ स्थित चितिखोला मेला व्यवस्थापन समितिको आयोजनामा मारुनी नाच प्रतियोगिता भएको हो ।

प्रतियोगिताबाट मल्लरानी गाउँपालिका– ५ को बेलडाँडा मारुनी नाच समुह प्रथम भएको छ । द्धितीयमा मल्लरानी गाउँपालिका– ५ कुमिकोटको कुमिकोट मारुनी समुह र तृतीयमा प्यूठान नगरपालिका–६ फुर्केथुम मारुनी समुह भएको मारुनी नाचका मुल्याङ्कन संयोजक पुस्कार शर्माले जानकारी दिए । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः रु ५, ३ र २ हजार पुरस्कार र यातायात वापत रु २ हजार प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तुल्सीराम शर्माले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

शर्माले प्रतियोगिताबाट मौलिक संस्कृति मारुनीको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत यस्ता कला संस्कृति संरक्षणमा थप क्रियाकलाप बनाउनु पर्नेमा जोड दिए ।

मारुनी नाँच प्यूठानका सबै स्थानीय तहमा नाचिन्छ । तर पछिल्लो समयमा युवा पुस्तामा पुस्तान्तरण नहुँदा संकटमा पर्दै गएको छ । जिल्लाका सबै स्थानीय तहहरुले मारुनी जस्ता मौलिक कला र संस्कृतिको संरक्षणमा चासो दिनु पर्ने जानकार लिला पुन बताउछन् । उनका अनुसार मगर समुदायको परम्परागत लोक नृत्य हो । यद्यपि यस नृत्यमा यस जिल्लाका अन्य समुदायको पनि सहभागिता रहने गरेको छ । महिलाको वस्त्र आभूषणले सिंगारिएको पुरुष नर्तकलाई मारुनी भनिन्छ ।

मादल बजाउने मदलेहरू तथा पुरुष भेषमा सजिएको पुरुष नृत्य पात्र पुरुसुङ्गेका साथमा रामायण, महाभारत तथा पुराणका गाधाहरुमा आधारित गीतहरूमा यो नृत्य प्रस्तुत गरिन्छ । तिहारको अवसरमा विधिपूर्वक आरम्भ गरिएको यो नृत्य तिहार लक्ष्मी पुजाका दिन शूरु गरेर माघ महिनाभित्रमा विधिपूर्वक समापन गरिने प्यूठान नगरपालिका–६ फुर्केथुम मारुनी नाचका गुरुमुखे ठगे पुनगमरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?