© २०२३
नेकपा एकता प्रक्रिया सिफारिसमा रूपन्देहीमा साविक एमाले भित्रको सिफारिस प्रति पार्टीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले केन्द्रिय अध्यक्ष द्धय प्रचण्ड र केपि ओली तथा महासचिव तथा सचिवालय समक्ष ध्यानाकर्षण पत्र दर्ता गराएका छन ।
उनले ध्यानकर्षणपत्रमा ‘मैले साविक जिल्ला कमिटीको उपाध्यक्ष भएर कार्यवाहक अध्यक्ष भई स्थानिय निर्वाचन र मेचिमहाकालि अभियान जस्ता महत्वपूर्ण अभियानहरू सफलतापूर्वक सञ्चालन गरेको छु । त्यसले परिणाम पनि दिएको छ । साविक अध्यक्ष शिब सुवेदी मेयरमा निर्वाचित भएपछि एकता प्रक्रियामा स्वाभाविक रूपमा साविक एमालेले अध्यक्ष पाउँदा म अध्यक्ष सिफारिस हुनु पर्ने हो ।
तर अन्यथा सिफारिस भएको सुनिएकोले त्यसप्रति गंभिर असहमती रहेको’ उल्लेख गरेका छन ।घिमिरेले यदी मेरो इच्छा र सहमति विपरित अन्य व्यक्तिका पक्षमा सिफारिस जाने भनेको प्राकृतिक न्यायको सिद्धान्त समेत विपरित छ । पार्टीमा बिधि र लोकतन्त्र दुवै स्थापित भएन भन्ने प्रतिक्रिया दिएका छन । उनले रूपन्देहि जिल्ला को आठौ जिल्ला अधिवेशनको स्मरण गराउँदै आफु अधिवेशनमा अध्यक्षको उम्मेदवार रहेको र पार्टी उपमहासचिव द्धयबाट अहिले शिव सुवेदीलाई सहमति गरौ अर्को पटक तपाई हुनुहोला भन्नु भएरै उम्मेदवारी छाडेको पनि उल्लेख गरेका छन । ध्यानाकर्षमा पार्टीमा सत्ता र शक्तिले मान्छे र संस्थालाई अन्धो बनाउँछ भन्छन, हाम्रो पार्टीमा त्यस्तो नहोस भन्ने अनुरोध पनि गरेका छन ।केन्द्रले बनाएको कार्यदलले एक पटक पनि आफ संग परामर्श नगरेकोमा पनि उनले आक्रोश पोखेका छन ।प्रदेश नं ५ को सिफारिस कुनै मापदण्डमा आधारित नभएकोले बिवादित बनेको छ । कार्यदलमा शंकर पोखरेल, दल बहादुर राना, मणि थापा र गणेश पुन रहेका थिए । कार्यदलले पार्टी प्रदेश कार्यलय सचिव गोपाल भटराईलाई रूपन्देही जिल्ला अध्यक्ष सिफारिस गरेको कुरा यस अघिनै सार्वजनिक भएको थियो । तर केन्द्रिय सचिवालयले कार्यदलका सिफारिस बारे कुनै निर्णय गरेको छैन ।