ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

नारामात्रै नबनोस् चाडपर्व सुरक्षा योजना

२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

बडादशैंको अवसरमा घर फर्किने यात्रुहरूको सुविधाका लागि भन्दै देशका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने लहर नै चलेको छ । वास्तवमा यस्ता सहायता कक्षबाट यात्रुले कति सुविधा पाए भन्ने कुरा भने सधै पर्दा पछाडी नै पर्दछ । यही बुटवलमा पनि बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको छ । यस प्रकारका यात्रु सहायता कक्ष दशैं तिहारको बेलामा भन्दा पनि सधै गरिनुपर्ने हो । किनभने यात्रुलाई आवश्यक पर्दा सेवा सुबिधा दिनु बस व्यवसायी र प्रहरी प्रशासनको दायित्व हो । बस व्यवसायीले मात्रै होइन अहिले प्रहरी प्रशासनले पनि बडादशैं लक्षित सुरक्षा योजना लागू गरेको छ । निश्चितरूपमा दशैं तिहारको बेला सुरक्षा चुनौति बढेको हुन्छ । यस्तो बेला प्रहरी प्रशासनको थप सकृयता आवश्यक पनि हुन्छ तर दशैंको बेलामात्रै गरिने यस प्रकारको सुरक्षा योजना अरू बेला किन लागू गर्न सकिदैन ? प्रश्न उत्पन्न हुनु स्वाभाविक छ ।

सार्वजनिक सवारीका साधनमा भीडभाड हुँदा यात्रुहरूलाई पर्ने समस्या, गन्तब्य र सवारी साधनको बारेमा जानकारी, चोरी, लुटपाट लगायत बिभिन्न प्रकारका असुरक्षा, आकस्मिक रूपमा उत्पन्न हुने शारिरिक स्वास्थ्य समस्या लगायतका ब्यक्तिगत घटनाका बारेमा समेत सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क राखिनु स्वागतयोग्य कुरा हो तर यसलाई सदैब निरन्तरता दिनु आवश्यक छ । त्यसो त अहिले देशैभरी चाडपर्व लक्षित सुरक्षाको लहर चलेको छ । खासगरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूले आ– आफ्नो जिल्लामा दशैं, तिहार र छठलाई ध्यानमा राख्दै सुरक्षा योजना लागू गरेको बताईरहेका छन । विगतमा पनि चाडपर्व आउनै लाग्दा यस प्रकारका सुरक्षा योजना लागू हुने गरेको सर्बविदीत छ । तर, सुरक्षा योजना लागू भएपनि नागरिकले असुरक्षाको अवस्थामै बस्नु परेको यथार्थ हामीबाट लुकेको छैन् । प्रहरी प्रशासनको दायित्व नै चाडपर्वमा मात्रै नभै हरेक दिन नागरिकलाई शान्तिको अनुभूति दिलाउनु हो । तर, यस्तै बेलामा हत्या, चोरी, डकैती र लूटपाटका घटना हुने गर्दछन् । अहिले सार्वजनिक गरिएको चाडपर्व लक्षित सुरक्षा योजनाको कार्यान्वयन गर्ने निकाय र स्थानीय जनताबीच समन्वय हुन जरुरी छ । सुरक्षा निकायको साथ र सहयोग लिएर सुरक्षा योजना पालना गर्नु सबैको कर्तब्य नै हो । अर्कोतर्फ जनताले सुरक्षाको अनुभूति गर्न पाए भनेमात्र यस प्रकारको सुरक्षा योजना प्रभावकारी हुन्छ भन्ने कुरा बिर्सन सकिदैन् । यसै सन्दर्भमा अहिले देश तथा विदेशबाट दशैं मान्न घर फर्किनेहरूको भीडभाड छ । यस्तो बेला स्वास्थ्य जोखिम पनि बढ्न सक्छ ।

अमेरिका तथा केही युरापेली देशमा फरक खालको कोरोना भेरिएन्ट देखिएको छ । त्यसले संक्रमण बढाउने खतरा पनि छ । तसर्थ देश तथा विदेशबाट आउनेहरूले स्वास्थ्य सावधानी अपनाउनु जरुरी छ । अहिले आन्तरिक पर्यटन फस्टाउन थालेको बेला घर छाडेर घुम्न जानेहरू पनि असुरक्षित हुनुपरेको अवस्था छ । यो बेला मास्क अनिवार्य प्रयोग गर्नु हामी सवैको लागि लाभजनक कुरा हो । प्रहरी प्रशासनले सहरी क्षेत्रमा मात्रै सुरक्षा योजना लागू गरेको छ तर अव सहरदेखि गाउँसम्मै सुरक्षा योजना लागू हुनुपर्दछ । सीमित सहरी क्षेत्रमा मात्र लागू हुने सुरक्षा योजनाले समग्र जिल्लाको शान्ति सुरक्षा स्थापित हुन सक्दैन् । लुटपाटबाट जोगिन नगद रकम नबोक्न प्रहरीले आग्रह गरिसकेको छ । चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी मार्फत गरियो भने लूटपाटबाट जोगिन सकिन्छ । यो कुरामा आमसर्वसाधारण नेपालीजनले ध्यान दिनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?