ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कर्मचारीको लापरवाहीले अस्पताललाई ४० लाख घाटा

३० भाद्र २०८१, आइतबार
३० भाद्र २०८१, आइतबार

नवलपरासी, ३० भदौ ।
जिल्लास्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा कर्मचारीको लापरबाहीले झण्डै चालिस लाख बीमा रकम घाटा लागेको छ । अस्पतालकै घाटा भएको भन्दै सो घाटा कस्ले परिपुर्ति गर्ने भन्ने चाँसो राख्दै प्रश्न उठ्न थालेको छ । कर्मचारीको नाममा विभिन्न भत्ता थप गर्ने समितिले सहमति दिइने तर कर्मचारीकै कारण लाखौं रुपियाँ घाटा हुँदा सो रकमको सोधभर्ना को कहाँबाट भराउने कुरा प्रति नागरिक समाजको ध्यानाकर्षण भएको हो ।

बिरामी वा जनतालाई समान्य छुट पाउने वा सुविधा माग्दा विभिन्न बहाना बनाउने अस्पताल कर्मचारी, स्वास्थ्यकर्मी, अस्पताल प्रशासन र पदाधिकारी माथि समेत नागरिक समाजले प्रश्न उठाएको छ । अस्पतालकै तथ्यांक अनुसार ३९ लाख ९ हजार ५ सय ७० रुपियाँ दाबी नगर्दा घाटा देखिएका छन् । वेवारिसे बिरामी देखि अन्य जनतालाई केही सहुलियत सुविधामा अस्पतालले विभिन्न बहानाबाजी र बखेडा झिक्छ, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अस्पतालमा कर्मचारीकै कारण लाखौ रुपियाँ घाटा देखिएको छ । सो घाटा कस्ले ब्यहोर्ने होला ? यसको चित बुझ्दो जवाफका लागि अस्पताल प्रशासन तयार रहनु पर्छ । अस्पतालले छानविन समिति बनाई वास्तविक कारण पत्ता लगाई सम्बन्धित कर्मचारीबाट सोधभर्ना गराउनु पर्ने माग उनले गरेका छन् । बिमा बोर्डमा दाबी नै नगर्ने दोष कर्मचारीको हो, उनले थपे, त्यसको निगरानी नगर्ने अस्पताल प्रशासन र पदाधिकारीको हो । अस्पतालको घाटा जो जो दोषी छन्, छानविन गरि उनिहरूबाट नै भराउनु पर्ने नागरिक समाजका अध्यक्ष सैथवारको थियो ।

समितिलाई पनि एक प्रकारको लज्जाबोध हुनु पर्छ, उनले भने, कर्मचारीले जे प्रस्ताव ल्याउँछन् खुरु खुरु पास गर्ने तर तिनै कर्मचारीबाट लाखौ रुपिया घाटा प्रति वेवास्ता गर्ने समिति प्रति जनताले के आशा राख्ने ? एक त विमा रकम माग गर्दा विमा बोर्डले रकम बेलामा दिइएको छैन् । त्यसैमा कम रकम माग गरेर अस्पताल सञ्चालनमा आफै समस्या सृजना गरेको देखिएको छ । बीमा वापत सेवा दिँदै आएको र बीमा रकम आउन ढिलाई हुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । मोटो रकम बीमाबाट लिइनु पर्ने तर बेलामा विमाले रकम नपठाई दिँदा समस्या देखिन थालेको हो । त्यसमा पनि कर्मचारीको गैरजिम्मेवारीपनले रकम नै नमाग गरि घाटा देखाउने गरिएको कुराले अस्पतालको अस्तव्यतता स्वतःप्रमाणित गर्छ । एकतिर अस्पतालमा चिकित्सक र कर्मचारी विरामी अनुपातमा कम भएको अस्पतालले दाबी गर्छ । आर्को तिर अस्पतालका लागि आयवृद्धिमा वेवास्ता गर्छ, अस्पताल प्रशासनको यो चरम लापर्वाही पनि हो । समितिले पनि कर्मचारीले माग दाबी गरे अनुसार भत्ता थपि दिए पनि कर्मचारीले अस्पतालको घाटा गराउन किन मौन ? यो पनि गम्भीर विषय रहेको नागरिक समाजको तर्क थियो ।

अस्पताल विकास समितिको हालै बसेको बैठकले चिकित्सक बाहेक मेसुलाई चिकित्सा तलब भत्ता बाहेक मासिक १५ हजार, लेखालाई मासिक १२ हजार, प्रशासनलाई मासिक १२ हजार, अस्पताल ब्यवस्थापकलाई मासिक १२ हजार, मेडिकल रेकर्डरलाई मासिक साढे ८ हजार र कार्यालय सहायकहरूलाई मासिक साढे ५ हजारका दरले भत्ता दिईने निर्णय गरेको छ । तर सो निर्णयबारे आफुहरूलाई जानकारी नभएको पछि थपिएको प्रतिकृया समितिकी सदस्य सरिता पौडेलले बताएकी थिईन् । अर्को बैठकमा सो भत्ता निर्णय फिर्ता हुने र अस्पतालको घाटा रकमबारे छानविन गरि निकास निकाल्ने प्रतिकृया अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले प्रतिकृया दिएका छन् । अस्पतालमा आर्थिक ब्यवस्थापनका लागि दुई चार लाखका लागि समिति पालिका धाउने र कर्मचारीले लाखौं घाटा गराउने प्रति समिति पनि गम्भिर रहेको उनको भनाइ थियो । अस्पतालमा सरुवा भई आएका निमित्त मेसु डा.नुरुल होला सेवाकालिन तालिममा छन्, निमित्तको रुपमा हाल डा.किरण पाण्डेले अस्पतालका मेसु भई सञ्चालन गर्दै आएका छन् ।

बीमा रकमका लागि पटक पटक बिमा कार्यालयलाई जानकारी गराउँदै आएको भए पनि रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सूचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताएका थिए । उनका अनुसार विगत देखि पनि बीमाको रकम आउन बाँकी थियो ।

अहिले पनि बीमा सेवामा खर्च हुने रकम बढदै गएको छ । उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ, । औषधी टेण्डर मार्फत खरिद गरिन्छ,सो रकम औषधी दाखिला गरेर भुक्तानी दिई हाल्नु पर्छ । अन्य चिकित्सकलाई दिईने भत्ता रकमहरू पनि रोक्न सकिदैन् । अस्पतालको आफ्नो अन्य स्रोत छैन्, सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुजिँ जस्तो राख्ने जस्तो प्रावधान हुँदैन्, तर बीमा बोर्डले रकम लामो समयसम्म नपठाई दिँदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या हुने उनको भनाई थियो ।

कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा बीमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपियाँ मात्र पठाएको छ । बीमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतीकै दाबी नै अस्पतालले गर्न सकेन् । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपिया मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाई दिएन् । अहिले शल्य क्रियामा सिमा बढाउँदा सो सिमा अनुसार काम गर्दा बीमा रकम बढेर जाने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?