ट्रेंडिंग:

>> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

उत्तरविधायिकी परीक्षणबारे लुम्बिनी प्रदेशका सांसदलाई अभिमुखीकरण

६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

बुटवल, ६ भदौ ।

लुम्बिनी प्रदेश सभाले निर्माण गरेका कानुनको कार्यान्वयन र समितिको प्रभावकारिता मूल्यांकनका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सभाको आयोजना र युएनडिपिको संयक्त राष्ट्रसङ्घीय सांसद परियोजना अन्तर्गत संसद परियोजना कार्यक्रममा लम्बिनी प्रदेश सरकारका मन्त्रीहरु प्रदेश सभाका विषयगत समितिहरु र प्रदेश सभा सदस्यहरुको लागि उत्तरविधायिकी परीक्षणको प्रभावकारी भूमिका बिषयमा छलफल चलेको हो ।

उक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता एवं संविधानविद खिमलाल देवकोटाले उत्तरविधायिकी परीक्षण कानुनको मूल्यांकन गर्ने प्रणाली भएकाले त्यसलाई अवलम्बन गर्न आग्रह गरे । उनले यसलाई प्रदेशसभाबाट कानुन बनाउने विधिगत परीक्षाका रुपमा बुझुनुपर्ने बताए ।

कानुन निर्माण गर्ने काम प्रदेशसभाले गर्ने भएकाले कानुन निर्माणको प्रभावकारी कार्यान्वयन भएको छ छैन भन्ने हेर्ने जिम्मेवारी पनि प्रदेशसभाकै हुने संविधानविद देवकोटाको भनाइ थियो । त्यसका लागि कानुनी माध्ययमबाट राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका गतिलाई तीव्रता दिन राज्यसंरचनाका कार्यप्रणाली अन्तर्गत अन्तरवस्तुको अध्ययन विश्लेषण गर्न उनले सिकाए ।

अभिमुखीकरणमा प्रदेशसभाले गर्ने उत्तरविधायिकी परीक्षणका सिद्धान्तहरुबारे पनि छलफल गरियो । जसमा संसदले गर्ने उत्तरविधायिकी परीक्षणका सिद्धान्तहरुसंगै परीक्षणले उजागर गर्ने पक्षहरु, अध्ययनका कारण, उत्तर विधायिकी परीक्षणको अभ्यास, परीक्षण संचालन गर्न आवश्यक विधिगत कदमहरु, लुम्बिनी प्रदेश सभाले बनाएका ऐनहरुको विवरण र परीक्षण सम्बन्धी मार्गदर्शन लगायतमा छलफल भएको थियो । अभिमुखीकरणमा लुम्बिनी प्रदेश सभाले अपनाएको उत्तरविधायिकी परीक्षणको कार्यविधिबारे प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले कार्यपत्र प्रस्तुत गरे । उनले नागरिकको आवश्यकता, कानुनद्वारा प्राप्त गर्न खोजिएको परिणाम र गुणस्तरमा सुधार ल्याउन काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै सभामुख तुलाराम घर्तीमगरले नागरिकको आवश्यकताका लागि कानुन निर्माण हुने भएकाले कानुनले नागरिकका आवश्यकता पूरा गर्यो वा गरेन भन्नेबारे पनि परीक्षण गर्नुपर्ने बताए । उपसभामुख मेनुका खाड केसीले प्रदेश सभाका सदस्यहरुको विषयगत क्षमता र नागरिकसंगको सम्बन्ध बढाउन सके उत्तरविधायिकी परीक्षण सफल हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?