ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

जनप्रतिनिधि र स्थानीयको प्रयासले हट्यो सडकको सास्ती

५ भाद्र २०८१, बुधबार
५ भाद्र २०८१, बुधबार

पाल्पा, ५ भदौ ।

रामपुर नगरको किसानबारी नजिककी विमला राना सडकको धुलोको कारण आफुलाई दीर्घरोगी बनाएको बताउँछिन् । फराकिलो मोटरबाटो चौबिस घण्टा साना ठुला सवारीका साधन गुड्ने सडकमा सुख्खा मौसममा धुलो, वर्षातमा हिलाम्य हुने सडकका कारण धेरैले यातना नै भोगेको उनी बताउँछिन् ।

“बिहान बच्चालाई सफा कपडा लगाएर विद्यालय पठायो, घर फर्कदा विद्यालय पोशाक वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्ये भएर बच्चा आउँदा कपडा धुन हैरानी भएको थियो”– कल्पना भन्छिन् । विगतको तुलनामा पछिल्लो समयमा सडकमा न त धुलोको समस्या छ, न त हिलोको । “अहिले धुलो र हिलोको समस्या नै छैन”–उनी भन्छिन् ।

सदरमुकाम तानसेन पछिको मुख्य व्यापारिक केन्द्र ठानिने रामपुर नगरपालिकामा जन प्रतिनिधि निर्वाचित हुनुभन्दा अगाडि १ सय ५० मिटर मात्र सडक कालोपत्रे भएको थियो । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि तथा नगर प्रमुखले नगरको सडकको स्तरोन्नतिसंगै कालोपत्रे गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेका कारण हिलो र धुलोको सामना गर्न नपरेको स्थानीयहरु बताउँछन् ।

स्थानीय सरकारका प्रमुख तथा नगर प्रमुख रमण बहादुर थापा भन्छन्, “सफा कपडा लगाएर विद्यालय हिंडेका बालबच्चा विद्यालय पुग्न नपाउँदै कहिले हिलाम्य, कहिले धुलाम्य भएको देख्दा मनै बिग्रियो । आफु निर्वाचित हुनासाथ सडकको स्तरोन्नती संगै कालोपत्रे गर्न लागेको हो ।”

सडक कालोपत्रे नहँुदा ज्यादै समस्या थियो । रातो माटोको कारण पैदल हिंड्नै कठिन थियो । अत्यन्तै समस्या भएको अगुवा कृषक कृष्ण कुमार अर्याल बताउँछन् ।

“सडकमा त सकसै थियो । वर्षातमा पैदल हिडन् समेत कठिन थियो । नदीबाट गिट्टी समेत ल्याएर राखियो भएन । स्थानीय निर्वाचन पछिको समयमा नगर प्रमुखले सडकलाई मुख्य प्राथमिकतामा राख्दा धेरैले आलोचना नै गरे । आलोचना गर्नेहरुका लागि यतिखेर पछुतो भएको छ”–उनी भन्छन् ।

राम्रा सडक बनाउने विषयमा सर्वसाधारणलाई भन्दा जनप्रतिनिधिलाई नै बुझाउन कठिन भयो । विकासका लागि भूगोलले जतिपनि सहयोग गरेको छ । अर्कोतर्फ कालीगण्डकी करीडोरले रामपुरलाई जोड्यो । तानसेन जोड्ने पुरानो सडक प्रदेश, संघीय सरकारले मर्मत गर्ने भएका कारणले पनि भित्री सडक कालोपत्रे गर्न सकियो । सरकारले पर्यटन गन्तव्य घोषणा गरेको पर्यटकीय क्षेत्र तालपोखरा आउने पर्यटकलाई यतिखेर निकै सहजभएको छ । कालो पत्रे सडकका कारण सबैलाई सहज भएको नगर प्रमुख थापा बताउँछन् ।

स्थानीय निकायमा जनप्रतिनिधि आउनु भन्दा अगाडि यहाँका जमिन रोपनीका हिसावले बिक्री हुन्थ्यो । जब सडक कालोपत्रे भयो तब आनाका हिसावले बिक्री हुन लाग्यो । यो सकारात्मक पक्ष हो । यहाँ जनसंख्या र जनघनत्व बढी छ । यहाँ बसोबास गर्नेहरु धेरै जिल्लाका छन् । यहाँ सडक कालोपत्रे भएसंगै जमिनको मूल्य आकासिएको स्थानीय नेत्र भट्टराई बताउँछन् ।

स्थानीय सरकारका मुख्य प्राविधिक कृष्ण थापा भन्छन्, “नगर भित्रको झण्डै २५ किलो मिटर सडक कालो पत्रे भएको छ । नयाँ ट्रयाक खोलिएको १ सय ५७ किलो मिटरमा ग्राभेल गरिएको छ । स्थानीय सरकारले ९० मिटरदेखि तीन किलोमिटर सम्म कालोपत्रे गरेको छ । नगर सरकारले कालोपत्रेका लागि २४ करोड रुपैयाँ खर्चियो । सडक कालोपत्रे गर्ने क्रम निरन्तर रुपमा अगाडि बढ्ने छ । नगरभित्र संघीय सरकारले १ सय ५० मिटर मात्र कालो पत्रे गरेको थियो । अबको तिन वर्षमा ९० प्रतिशत भन्दा बढी कालोपत्रे गरिनेछ ।” सडकका कारण विकासको फड्को मारेको प्राविधिक थापा बताउँछन् ।

सरकारले स्थानीय तहलाई उपलब्ध गराउने रकम बढाए २ वर्षमा धेरै सडकको स्तर उन्नती हुने थियो । प्रयाप्त बजेट नहँुदाका कारणले पनि समस्या भएको प्राविधिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?