© २०२३
बुटवल (बुटवल टुडे), ४ कार्तिक – सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ । कम्पनीले स्थापनाको ५औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई भोजन गराउनुका साथै आश्रमलाई आर्थिक सहयोग गरेको हो । कम्पनीले एक औपचारिक कार्यक्रमकाबीच भोजन गराउनुका साथै आर्थिक सहयोग गरेको हो । कार्यक्रम सिटिजन लाइफ इन्सुरेन्स देवदहकी प्रमुख विनिता श्रीस ईस्योरेन्सका क्षेत्रीय प्रमुख दुर्गाराज ढकालले संयुक्त रूपमा सहयोग प्रदान गरेका हुन ।
सो अवसरमा देवदहकी शाखा प्रमुख श्रीसले कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका आश्रितलाई भोजन र आश्रमलाई आर्थिक सहयोग गरेको बताइन् । साथै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाइन् ।
कम्पनीका क्षेत्रीय प्रमुख ढकालले स्थापना दिवसको अवसरमा कम्पनीले देशैभर विभिन्न कार्यक्रम गरिरहेको जनाए । आश्रममा भोजन र सहयोगसँगै रूपन्देही लगात देशभर सहयोग,रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको उनले जनाए । सहयोग रकम ग्रहण गर्दै आश्रमकी शाखा प्रमुख सरु अधिकारीले विभिन्न दाताहरूको सहयोगबाट नै आश्रम र आश्रममा आश्रितहरूलाई राहत पुगेको बताइन् । उनले सिटिजन लाइफ इन्सुरेन्सले गरेको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको जनाइन् ।