© २०२३
बुटवल (बुटवलटुडे), ४ कार्तिक– नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको आयोजनामा र प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयको सहकार्यमा शिक्षा तथा व्यवसायी तालिम परिषद् ÷ राष्ट्रिय सीप परिक्षण समितिले रोजगारीका शिलसिलामा रहेका व्याक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ । स्वदेश वा विदेशमा उद्योग, कलकारकाखना, निर्माण कम्पनीसँग सम्बन्धित काम गरी अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई दक्षित गरी पूर्व सिकाई मान्याता विधि को विषयमा बुटवलमा छलफल तथा अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले पूर्व सिकाई मान्यता सीप परिक्षण के हो ? पूर्व सिकाई मान्यता सीप परिक्षण किन गर्ने, यसबाट उद्योग, कलकारखाना, निर्माण कम्पनी र कामदार कसरी लाभान्वित हुन सक्छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । स्वीस सरकारको सहयोगमा सिटिईभीटी, राष्ट्रिय सिप परिक्षण समितिले यो परियोजना कार्यान्वयनमा ल्याएको छ ।
कार्यक्रममा यस्तै, सिटिईभीटी÷ राष्ट्रिय सिप परिक्षण समिति चिफ मार्केटिङ्ग अफिस निसी श्रेष्ठले पूर्व सिकाई मान्यता सीप परिक्षण कहाँ, कहीले कसरी गरिन्छ भन्ने विषयमा समेत प्रकाश पारेकी थिईन ।
सिटीईभिटी लुम्बिनी प्रदेश कार्यालय बुटवलमा गार्मेन्ट फेब्रिकेटर तह १, कोरिया नेपाल पोलिटेक्नीक ईन्च्यिुट तामनरमा बेल्डर तह ३, भेरी प्राविधिक शिक्षालय बाँकेमा कन्ट्रक्सन मेसन तह २, टायल मार्वल फिक्सर तह १, पलम्बर २, विल्डीङ्ग पेन्टर २,बेल्डर तह २ को लागि आवेदन माग गरिएको सिटीईभिटी राष्ट्रिय सिप परिक्षण समितिका मार्केटिङ्ग प्रमुख निशी श्रेष्ठले जानकारी दिइन । उनका अनुसार १६ बर्ष उमेर पुगेकाले यसमा सहभागीता हुन पाउनेछन् । तालिम, सिप परिक्षण निःशुल्क सञ्चालन हुने तर आवेदन शुल्क बापत २ सय ७० रूपैयाँ भने आवेदन कर्ताले बुझाउनुपर्ने छ । परियोजना म्यानेजर प्रेम कुमार मानघर्ती कार्यक्रममा पूर्व सिकाई मान्यता सीप परिक्षणका विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।