© २०२३
बुटवल, ३० साउन ।
स्थानीय सरकारको काम नागरिकलाई सेवा र सुविधा प्रदान गर्नु हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई विभिन्न ३५ प्रकारका सिफारिस गर्न पाउने अधिकार तोकेको छ । यी सिफारिस वडा कार्यालयबाट कार्यान्वयन हुँदै आएका छन् ।
तर कतिपय स्थानीय तह यस्ता छन्, जसले ऐनले नदिएको अधिकार प्रयोग गर्दै तोकिए बाहेकका सिफारिस पनि चर्को शुल्क लिएर गर्ने गरेका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले यस्तै गैरकानुनी सिफारिस बापत चर्को दस्तुर असुल्ने गरेको पाइएको छ ।
थाईरो ल्याव बुटवल अन्तर्गत बर्दघाट शाखाका कर्मचारी गएको जेठमा ५० केभीएको थ«ीफेज लाइन जडानका लागि परासीस्थित विद्युत प्राधिकरणको कार्यालयमा गए । तर प्राधिकरणले वडा कार्यालयको सिफारिश लिन पठायो । रामग्राम नगरपालिका ५ नम्बर वडा कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन विपरित १८ हजार ८०० रुपियाँ शुल्क लिएर सिफारिस गरिदियो ।
“स्थानीय सरकारको काम सेवा दिने हो कि जनता लुट्ने हो”–थाइरो ल्याव बुटवलका प्रवन्ध निर्देशक दिपु केसीले बुटवल टुडेसँग भने । उनले प्राधिकरणलाई कुनै पैसा नदिइकन बुटवल र परासीमा बिना ट्रान्सफर्मर ५० केभीए र ४० केभीएको ट्रान्सफर्मर जोडेको तर यसैका लागि सिफारिस ल्याउने क्रममा रामग्राम नगरपालिकाले १८ हजार ८०० रुपियाँ शुल्क लिएको बताए ।
तर विद्युत वितरण नियमावली २०७८ अनुसार कुनै ग्राहकले विद्युत लाईन जडानकै लागि वडा कार्यालयको सिफारिश ल्याउनु पर्दैैन । तर प्रवन्ध निर्देशक केसीले प्राधिकरणले नै सिफारिसका लागि वडा कार्यालयमा पठाएको र आफूले बाध्य भएर उक्त रकम बुझाएर सिफारिस ल्याउनु परेको दावी गरे ।
तर यहाँ आश्चर्यको कुरा के छ भने विद्युत मिटर भन्दा सिफारिस दस्तुर महंगो देखिएको छ । प्राधिकरण अधिकारीहरुका अनुसार थ्री फेज मिटरको मूल्य १८ हजार रुपियाँ पर्छ भने त्यही मिटर सिफारिसका लागि वडा कार्यालयले १८ हजार ८०० रुपियाँ शुल्क लिएको छ ।
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले प्रति एमपिएर २५० रुपियाँ वडा कार्यालयबाट लिने गरिएको भन्दै यसलाई कानुन सम्मत भए नभएको बारे अव अध्ययन गर्ने बताए । “प्राधिकरणले पठाएको कारणले वडाले सिफारिश दिएको रैछ । प्राधिकरणले किन पठायो यसबारेमा पनि बुझ्नुपर्छ, लिएको दस्तुरबारे भने ठिक छ कि छैन म छानविन गर्छु”–उनले भने ।
विद्युत प्राधिकरण परासीका प्रमुख सुरज रेग्मीले विद्युतका लागि स्थानीय सरकारको सिफारिस आवश्यक नपर्ने बताए । “पालिकाको सिफारिश बाध्यकारी छैन, प्राधिकरणले यसका लागि सार्वजनिक सूचना नै निकाल्छ र जनतालाई सचेत बनाउँछ”–सिफारिश लिन प्राधिकरणबाट कसले पठायो त्यो मलाई थाहा भएन, तर अव भने म सार्वजनिक सूचना नै निकाल्छु ।”
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी