ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

सडकको पहिरोलाई ‘ओढाउको भर’

सडकको माथिबाट बाह्रै महिना पानी रसाउँछ । त्यसमाथि क्षमता भन्दा बढि भारवहन साधन गुड्दा कम्पन भएको पहाडलाई रसाएको पानीलाई बगाउने गरेको छ । यस वर्ष बढि क्षति भयो अस्थायी रूपमा यातायात सञ्चालनका लागि जाली भरियो । यसको वरीपरी मेट्रिएक्सन राखेर पहिरो नियन्त्रणको लागि प्रयास भएको छ ।
२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

पाल्पा, २९ साउन ।
तानसेन बजारमा कृष्ण श्रेष्ठले ट्रक चलाउन लागेको वर्षाैं भयो । उनलाई आज भोलि वुटवलबाट मालवाहक ट्रक लिएर आउँदा हिउँदे खोलाको पहिरो कटिन्छ की कटिन्न भन्ने चिन्ताले साहै् सताउँछ । तल खोला डाँडामा गिट्टी खानी बिचमा सडक । बिचमा रहेको सडकले यस पटकको वर्षादले बगाएपछि बनेको अस्थायी सडकपछि कती बेला बग्ने हो भन्ने चिन्ताले यस सडक खण्डमा सवारी गुडाउने सवारी चालकलाई पिररचिन्ताले सताउने गर्दछ ।

बुटवल तानसेन सडक खण्ड अन्तर्गत हिउँदे खोला नजिक करिब ४ वर्ष अगाडि अत्याधिक भारवहन क्षमता भएका सवारीका साधनका कारण सडक भासियो । भासिएको सडक करिब २ वर्ष पछाडि बग्यो । तल बाटै जमिन भासिने क्रम बढ्यो । सडक कार्यालयले माथि बाट भित्तो तासेर बनाएको सडकलाई यस पटकको बाढीले क्षति बनाएको कारण यसपटक थप जोखिम बढदै गयो । चुरे पहाडरमहाभारत पहाडको सिमाना नजिक भएको यस खण्डको माथिल्लो भागमा रहेको चुन ढुंगा खानीले मापदण्ड भन्दा बाहीर गएर उत्खनन् गर्दा समस्या बढदै गएको स्थानीयहरू बताउँछन् ।

अत्यन्तै कमजोर भू–भाग रहेको यस क्षेत्रमा एकातर्फ डाँडाको चुन ढुंगा खानीले पहाडै उधिन्ने अर्को तर्फ सडकको मापदण्ड भन्दा बढि सामान ढुवानी गर्ने ट्रिप्परका कारण यस खण्ड बाह्रै महिना जोखिममा रहेको सवारी चालक शेर बहादुर जि.सी बताउँछन् । बढि भारवहनयुक्त सवारीका कारण कमजोर भू–भाग भएको पहाडको कम्पन हँुदा जति बेला पनि पहिराको उच्च जोखिममा रहेको जानकारहरू बताउँछन् ।

बुटवलबाट पाल्पातर्फको सडक यात्रा गर्दा तल्लो क्षेत्रमा ढुगा खस्ने समस्या माथि माथि माटोरपहिराको, तल्लो क्षेत्र सुरु निर्माण भएपछि सुरीक्षत यात्रा भनिए पनि माथिल्लो क्षेत्रमा सबै भन्दा खतरा यही नै भयो । वर्षा होस वा हिउँद जति बेला पनि पहिराको समस्याको कारण जतिबेला पनि यात्रा गर्दा जनधनको बाजी मारेर सवारी चलाउन पर्ने चालक सुरेस कार्की बताउँछन् । समस्या त तल्लो सिद्धबाबा देखि डुम्रे सम्म नै उच्च जोखिम छ तर यहाँ त तलै बाट बाटै तानिदिने गर्दा समस्या हो । दलदल हिलो सहितको माटो भएका कारण तलै बाट बग्ने समस्या हँुदा कति बेला के हुन्छ भन्ने डर त्रास मनमा लिएर सवारी चलाउन परेको सवारी चालक क्षम बहादुर गुरुड्ड बताउँछन् । सरकारले यस खण्डमा लगानी नगरेको होइन ? तर लगानी गरे अनुसार काम नभएको उनी बताउँछन् ।

पहिले खोलामा डर थियो । माथि पहाडबाट बगेर आएका ढुगा गिट्टीले वर्षयाममा हैरानी पर्दथियो । खोलाको समस्या सल्टिए पछि वर पहिराको समस्या आयो तल मोटर बाटो तल पहिरो त्यस माथि विद्युतको टावर सडकलाई मात्र होइन पहिराले विद्युतको टावरलाई समेत क्षती पुराउने संकेत देखिए पछि स्थानीय नरबहादुर घर्ती बताउँछन् । अन्य पहाड भन्दा यो ठाउको पहाडको माटो भिन्दै छ । माथिबाट बाह्रै महिना पानी रसाउँछ । क्षमता भन्दा बढि भारवहन साधन गुड्दा कम्पन भएको पहाडलाई रसाएको पानीलाई बगाउने गरेको समस्या छ उनले भने । डिभिजन सडक कार्यालय, पाल्पाका सुचना अधिकारी दुर्गा गौतम बताउँछन् यस भन्दा अगाडिदेखि नै समस्याका रूपमा देखापरेको हो । यस वर्ष बढि क्षती भयो अस्थाई रूपमा यातायात सञ्चालनका लागि जाली भरियो । यसको वरीपरी मेट्रिएक्सन राखेर पहिरो नियन्त्रणको लागि प्रयास भएको छ ।

सडक विभागबाट भूगर्भविद आएर अध्ययन गर्दा पहिरो माथि भएको पानीलाई दिर्घकालिन व्यवस्थाका लागि ड्रेनबाट बाट बाहिर निकाल्ने निष्कर्ष विज्ञहरूको सुझावलाई कार्यान्वयनका लागि विभागसँग छलफल प्रकृया अगाडि बढेको उनी बताउँछन् ।

यसरी विभागबाट अध्ययन भएको पहिलो पटक हो । विज्ञ टोलीले यसरी अध्ययन गर्नु सकारात्मक कुरा हो । नोक्सान त भयो नै तिन वर्ष अगाडि अध्ययन गर्नुपर्ने थियो । ढिलो भएपनि राम्रो भयो । विज्ञको कार्यान्वयनको लागि विभागले रकम स्विकृत गरे त राम्रो हो अन्तिममा रकममा आएर सबै कुरा जोडिएको प्राविधिकहरू बताउँछन् ।

सडक राम्रो भएर के गर्ने माथि पहाड उधिन्नेरउधिनीएको पहाडबाट बिस बाइस टन ढुंगा बोकेर गुड्ने टिप्परका कारण सडक ध्वस्त भयो । भारवहन क्षमता कार्यान्वयन नहुँदा सम्म सडकमा सधै यो अवस्था आएको सवारी चालक खिम प्रसाद आचार्य बताउँछन् । यहाँ त ठुलो समस्या भेटियोरदेखियो । यो ठाउँ भन्दा ४ किलो मिटर अगाडि सडक तलै बाट काटिएको छ । सडक काटने काम बढेको छ निकट भविश्यमा थेग्नै नसक्ने समस्या आउने छ, उनले बताए । सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा पनि समस्या धेरै भएको समाधानका लागि सीमित श्रोत भएकाले सबै ठाउँमा राम्रोसंग काम हुन नसकेको बताउँछन् ।

प्रत्येक वर्ष क्षतिको क्रम बढदै गएकोरविभागबाट बजेट आउने क्रम घट्दो अवस्थामा रहेको सम्बद्ध प्राविधिकहरू बताउछन् । एक प्रदेश बाट अर्को प्रदेशमा जोडने मुख्य सडक राज्यको प्राथमिकतामा परेको छैन् । यस सडक एकपटक अवरुद्ध हुँदा हिमाल सम्मका जिल्लाहरूमा अत्यावश्यक बस्तुको ढुवानीमा समेत ठप्प हुने हुँदा राज्यले मुख्य प्राथमिकतामा पर्नु पर्ने पाल्पा उद्योग वाणिज्य संघका शैलेन्द्र भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?