© २०२३
बि.सं. २०५८ सालमा शसस्त्र प्रहरी ऐनमा लालमोहर लागेको स्मरणमा शसस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तु नगरपालिका–६ वर्मेलीमा रक्तदान गरिएको छ ।गणमा प्रथम शसस्त्र प्रहरी महानिरिक्षक रक्तदान कार्यक्रममा २३ प्रिन्ट रगत संकलन गरिएको छ । गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीको सक्रियतामा सम्पन्न रक्तदानमा गणका २÷२ सिनीयर र जुनियर अधिकृत तथा १९ अन्य दर्जाका शसस्त्र प्रहरी गरि २३ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र तौलिहवाको टोलीले सो रगतको व्यवस्थापन गरेको थियो ।