ट्रेंडिंग:

>> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

चुनावी एजेण्डा बन्यो भक्सिपुरको होचो पुल

पटक–पटक जितेका नेताले काम नगरेको गुनासो
३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

नवलपरासी,  कातिक । जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखि उक्त होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर स्थानियले सो पुललाई अहिलेको चुनावी मुख्य एजेण्डा बनाउन थालेका हुन् ।
समाजिक सञ्जाल देखी घरदैलोमा भोट माग्न आउने राजनीतिक दलको नेता तथा उमेदवारसँग कहिले बन्छ ? पुल भनेर प्रश्न गर्न थालेका छन् । जिल्लाकै प्रमुख महेशपुर नाकासँग जोड्ने उतm पुल सम्भवतः पुर्व पश्चिम राजमार्ग बन्दाको समकालिन पुल हो । अहिलेसम्म पनि सोही पुलले भारतिय बजार ठूठीबारी जाने र राजमार्गसँग जोड्ने सुनवल—परासी—महेशपुर सडकको सबै भन्दा पुरानो र लामो पुल हो । जमिनको सतह देखी पनि करिब डेढ मिटर होचो पुल छ । बाढीको बेला आवागन बन्द प्राय हुने गरेको छ । जोखिम मोलेर स्थानियहरु बाढी र बर्षायाममा आवत जावत गर्ने गरेका छन् । पुलको निर्माण हरेक चुनावको बेला उठ्ने गरेको छ । चुनावको बेला पुल अग्लो बनाउने प्रतिवद्धता नेता तथा उमेदवारले गर्ने तर चुनाव जितेर गए पछि विर्सने गरेको आरोप स्थानिय ७२ बर्षिय स्थानिय रामवृक्ष धोबीले बताए ।
चुनावको बेला सबैले आश्वास दिने तर चुनाव सके पछि पुलको कुरा विर्सने गरेका छन्, पाल्हीनन्दन २ मुडेरा घर भएका धोबीले पुल देखाउदै भने,अहिले फेरी चुनाव आएको छ,जितेका उमेदवारसँग स्थानियले यहिँ प्रश्न फेरी दोहर्याउदै छन् । पुल फेर्न नेता र दल नै फेर्दा हुन्छ ? कि तिनैबाटै हुन्छ ? यसले अन्यौलता पनि केही स्थानियमा रहेको उनको भनाई थियो । भन्ने बेला त सबैले बनाउन लगाउछौ भन्छन्,तर अन्तमा सबै नेता उस्दै देखिन थालेका छन् । पुल होचो हुंदा सास्ती त जनतालाई मात्रै होइन्,नेतालाई पनि हुन्छ,तर किन नेता र साँसदले यो कुरा बुझ्दैनन् ?– उनले दुखेसो पनि पोखे । बर्षायाममा कतिपय ब्यक्तिलाई बगाएको पनि छ । बालबालिकालाई झन सास्ती हुने गरेको धोबीले बताए । होचो पुलले जिल्लाबासी मात्रै होइन,पाल्हीनन्दन वार्ड नं.२ का केही बस्तीका बासिन्दा समेत आफ्नै वार्ड कार्यालय पुग्न सास्ती बेहोर्न परेको छ ।
पुल नै एजेण्डा बन्ने गरेको सोही क्षेत्रमा पुगेका पुर्व रक्षाराज्य मन्त्रि रामबच्चन यादवले पनि सुनाए । २०६४ सालको संविधानसभा सदस्यमा आफु एक पटक यसै क्षेत्रबाट चुनाव जितेको थिए,उनले भने, त्यो बेला सडकको चौडाई बढाउन लगाइएको थियो,सडक फराकिलो पनि भएको थियो । पुलको कुरा पनि आफुले तत्कालिन विजय कुमार गच्छदारसँग राखेको तर पछि सरकारबाट गच्छदार हटे, –उनले भने, तर यसै क्षेत्रबाट २०५१ साल देखी निरन्तर राजनीतिमा रहेका पुर्व गृहराज्य मन्त्रि देवेन्द्र राज कण्डेल पनि साँसद नै थिए,उनको जिम्मेवारीमा थियो । तर उनले बेवास्ता नै गरेको आरोप उनले लगाए । महेशपुर उनको गाँउ नै हो,यादवले भने,उनी यसै क्षेत्रबाट चार पटक साँसद बनेका छन्,गृहराज्य मन्त्रि पनि भए,अहिले सत्तामा पनि छन् । उनले आफ्नै गाँउको पुल बनाउन नसक्नु उनको असक्षमता पनि भएको दाबी यादवले गरे ।
कण्डेल मात्र होईन उनकै दलबाट लुम्बिनी प्रदेश साँसद जितेका बैजनाथ जैसवालले समेत यो पुल प्रति बेवास्ता गरेको भनाई पुर्वमन्त्रि यादवको छ । मुखले जे पनि बोल्ने गर्ने बेला अरु नै गर्ने दुई जिब्रे नेताका कारण स्थानियले दुःख पाएको उनको भनाई छ । बरु नेकपा एमालेको सरकार हुंदा महेशपुर भन्सारलाई स्तरोन्नति गरि ठूलो भन्सार बनेको थियो । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडा भन्सारको उद्घाटन गर्ने बेला सडक पुर्वाधारको कुरा उठेको थियो । सायद त्यही सरकार हुदा यो पुल सम्बोधन पनि हुन सक्थ्यो,तर सरकार नै ढालेपछि सम्बोधन हुन सकेन् । अहिले जसपामा रहेका पुर्व मन्त्री यादव र नेकपा एमालेको गठबन्धन बनेको छ । यो गठबन्धनलाई स्थानियले चुनाव जिताए पहिलै बर्षमा यो पुललाई प्राथमिकतामा राखि अग्लो बनाउने कार्य हुन सम्भव भएको मन्त्री यादवले दाबी गरे ।
नवलपरासी क्षेत्र नं.१ (ख) मा सो होचो पुल पर्ने गरेको छ । सो क्षेत्रबाट लुम्बिनी प्रदेश सभा सदस्यमा जसपाबाट धरेन्द्र यादव र प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दिपेन्द्र अधिकारीको उम्मेदवारी छ । राप्रपा लोसपा गठबन्धनले प्रदेशसभा सदस्यमा लोसपाका नगेन्द्र अग्रहरी र प्रतिनिधिसभा सदस्यमा धु्रव बहादुर प्रधानको उम्मेदवारी छ । त्यसै गरि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकै प्रदेशसभा सदस्यमा बैजनाथ जैसवाल र प्रतिनिधिसभा सदस्यमा पुनः देवेन्द्रराज कण्डेलकै उमेदवारी रहेको छ । यो क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?