ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

कर्णाली प्रदेशः मुख्यमन्त्री निरन्तरता हुनेमा एमाले ढुक्क

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

सुर्खेत, २७ असार ।

केन्द्रमा दलीय समीकरण बदलिएपछि कर्णालीमा पनि त्यसको असर देखिन्छ । यतिबेला प्रदेशमा कस्तो समिकरण बन्ला त भन्ने सबैको चासोको विषय बनेको छ । कर्णाली प्रदेशमा एमालेले नेतृत्व गरिरहेको छ । एमाले र काँग्रेसबीच सत्ता साझेदारी भएपछि कसले प्रदेशको नेतृत्व गर्ला भन्नेतर्फ सबैको चासो रहेको देखिन्छ । कर्णाली सरकारका मुख्यमन्त्री यमलाल कँडेल प्रदेशको नेतृत्व निरन्तरता पाउनेमा ढुक्क छन् ।

मुख्यमन्त्री कँडेल नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका थिए । कँडेल नेतृत्वको सरकारका माओवादीका तर्फबाट चार जना मन्त्री छन् । जसमा सामाजिक विकासमा वीरबहादुर शाही, अर्थमन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्ग बहादुर रावत र जलस्रोत तथा ऊर्जा विकासमा रणसिं परियार मन्त्री छन् । केन्द्रमा समीकरण बदलिएसँगै कर्णालीमा माओवादीले के गर्छ भन्ने विषय अझ चासोका साथ हेरिएको छ ।

प्रदेशसमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हालसम्म कुनै निर्देशन नआएको प्रदेशका सांसदको भनाई छ । एमालेका सचेतक टेकबहादुर पछाईले केन्द्रको निर्देशनको पर्खाइमा रहेको बताए । ‘हालसम्म कुनै निर्देशन त आएको छैन तर, विगतका इतिहास हेर्दा केन्द्रीय नेतृत्व जसरी अगाडि बढ्छ सोही बमोजिम नै प्रदेश सरकार अगाडि बढेको अवस्था छ’ उनले भने, ‘एक दुई दिनभित्रमा केही निस्कर्ष आउला ।’ उनले कर्णालीमा एमालेकै नेतृत्वमा सरकार गठन हुने संकेत गरे ।

यता कांग्रेस भने विगत तीन महिनायता संसदीय दलको नेता विहीन अवस्थामा छ । दलका नेता रहेका जीवनबहादुर शाही निलम्वनमा छन् । अहिले कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलमा नेतृत्व गरिरहेका छन् । काँग्रेसका सचेतक विष्टले हाल दलको नेता परिवर्तन गर्ने तयारी नरहेको जनाए । ‘हाल दलको नेता परिवर्तन हुँदैन त्यो आवश्यक पनि छैन’ विष्टले भने, ‘अहिले मैले सचेतकको रुपमा नेतृत्व गरेको छु, आवश्यक परेको खण्डमा सल्लाह लिएको छु ।’

केन्द्रमा सत्ता समिकरण बदलिएपनि प्रदेशस्तरमा भने कुनै पनि निर्देशन नआएको सचेतक विष्टले बताए । ‘प्रधानमन्त्रीले शुक्रवार विश्वासको मत लिएपछि केन्द्रमा जुन खालको सरकार बन्छ सोही अनुरुप प्रदेशमा निर्देशन होला’ उनले भने, ‘हाल प्रदेशमा एमालेले नेतृत्व गरेको अवस्थामा यही सहभागी भएर अगाडी बढ्ने र मुख्यमन्त्री आलोपालो गर्ने भन्ने हुन सक्छ ।’

पूर्वमन्त्री एवम् माओवादी सांसद कृष्णबहादुर जिसी केन्द्रमा सरकार परिवर्तन भइनसकेकाले अहिले नै त्यो तहबारे प्रदेशमा सोच्नुपर्ने स्थिति नआएको बताउँछन् । ‘केन्द्रमा सरकार परिवर्तन भइसकेको छैन चर्चा मात्र चलेको हो त्यसैले अहिले नै सोच्नुपर्ने अवस्था छैन’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्नेतर्फ लाग्नुपर्ने हुन्छ ।’ केन्द्रमा एमाले–कांग्रेस मिलेर गएको खण्डमा प्रदेशमा सोही अनुसार केन्द्रीय राजनीतिकै प्रभावमा रहेको उनको भनाई छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन् । यहाँ सरकार बनाउन कम्तीमा पनि २१ सांसदको समर्थन आवश्यक हुन्छ । काँगे्रस र एमाले मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ । यसकारण एमाले संसदीय दलका नेतासमेत रहेका कँडेलले नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?