ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

कर्णालीमा महिला हत्याविरुद्ध विरोध ¥याली

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

सुर्खेत, १३ साउन ।

कर्णाली प्रदेश र देशभरि बढ्दै गइरहेका महिला हिंसा र हत्या घटनाको विरोधमा सुर्खेतमा मानवअधिकारकर्मीहरूले विरोध ¥याली आयोजना गरेका छन्। उनीहरूले कालो कपडा लगाएर र टाउकोमा कालो पट्टी बाँधेर ¥यालीमा सहभागिता जनाएका थिए।

मंगलबार वीरेन्द्रनगरमा गरिएको विरोध ¥यालीमा सहभागीहरूले स्थानीय सरकार, प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। यस पत्रमा पछिल्ला महिला हिंसाका घटनाहरूको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही, पीडित परिवारको संरक्षण र महिला सुरक्षाका लागि दीर्घकालीन नीति बनाउने माग राखिएको छ।

मानवअधिकारकर्मीहरूका अनुसार नेपाल सरकारको संविधान, कानुन र नीति–नियमले महिलाको अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा महिलाहरू अझै असुरक्षित छन्।

ध्यानाकर्षण पत्रमा हत्याका घटनाहरूको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही, पीडितका परिवारलाई मनोसामाजिक सहायता र संरक्षण, महिला उद्धार र पुनःस्थापना कार्यक्रम, मानसिक समस्याबाट पीडित महिलाको उपचार र निगरानी प्रणाली, दीर्घकालीन रणनीति र कानुनको प्रभावकारी कार्यान्वयन लगायतका मागहरू राखिएका छन्।

यस ¥यालीमा महिला मानवअधिकार रक्षक सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवज्योति केन्द्र, दलित महिला संघ, नेपाल अपाङ्ग महिला संघ, सिमान्तकृत महिलाका लागि महिला संस्था (वाम), सुन्दर नेपाल, मानवअधिकारका लागि महिला, एकल महिला समूह, आवाज, संकल्प लगायत १४ संघसंस्थाले ऐक्यवद्धता जनाएका छन्।

गत साउन ११ गते सुर्खेतको वीरेन्द्रनगर–१३ मा नेपाली सेनाबाट अवकाश प्राप्त दानसिंह ठाडाले आफ्नी श्रीमती रविना थापाको दाउराले हत्या गरेका थिए। मृगौलामा मस्त निद्रामा रहेकी उनकी श्रीमतीको हत्या गरी उनले आफैं प्रहरीलाई खबर गरेका थिए।

त्यसअघि असार १७ गते रुकुम पश्चिममा चन्द्रबहादुर बुढाथोकीले श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका थिए भने वैशाख २१ मा भेरीगंगा–१२ का मादर्शन खत्रीले श्रीमती प्रेमा ओलीलाई ढुङ्गाले प्रहार गरी हत्या गरेका थिए।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा २४ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?