Butwal Today

सम्पदा संरक्षणमा अवको ध्यान

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

बर्षा ऋतुको समाप्तिसंगै सरद ऋतुको आगमन भएको छ । सरद ऋुतुसंगै आउने चाडपर्वले हरेक नेपालीमा उमंग सिर्जना गरेको छ । यतिबेला तिहारका लागि फूल तयार भएका छन् । सरद ऋतुसंगै चराचुरुङ्गीको चिरबीर सुरु भैसकेको छ ।

नेपालमा करिव आठसय थरीका चरा चुरुङ्गीको बासस्थान रहेको छ । ती चरा नेपालका लागि अमूल्य निधि हुन । प्रकृतिप्रेमीका लागि मात्र होइन, प्रकृति सन्तुलनका लागि पनि चराहरूको महत्वपूर्ण स्थान छ । त्यसो त जाडो महिनामा तराई झर्ने म्याल चरा देखिनै छाडेका छन ।

क¥याङकुरुङ भन्ने म्याल चरा जाडोमा हिमालबाट तराई झर्ने र तराईमा गर्मी बढ्दै गएपछि हिमाल चढ्ने अत्यन्त राम्रो मनमोहक प्रकृति समागम थियो तर पछिल्लोसमय क¥याङकुरुङ देखिनै छाडेका छन् । सरकारले आठसय प्रजातिका चराको संरक्षणमा कहिल्यैपनि ध्यान दिएको छैन । चराबीदहरूले नेपालमा यति प्रजातिका चरा छन भनेको आधारमा चरा सम्वन्धि रेकर्ड र इतिहास बनाउनुपर्ने अवस्था छ ।

अर्कोतर्फ प्रकृतिका अमूल्य सम्पदा चरा संरक्षणमा सरकारले ध्यान दिन नसक्दा लोप हुने खतरा बढ्दै गएको संरक्षणबीदहरूले चेतावनी दिएका छन् । विश्वमै बढ्दो जनसंख्याको भार, खाद्यान्नमा विषादीको भारी प्रयोग, शिकारी प्रवृत्ति लगायतका कारण विश्वबाटै चराचर संरक्षणमा चुनौति थपिएको छ । नेपालमा पाईने चराहरूको बासस्थान जोखिममा पर्दा अर्को देश पलायनको खतरा पनि औंल्याइएको छ । नेपाल सरकार चराचर संरक्षणमा सधै प्रतिवद्धता जनाउँछ तर उनीहरूको संरक्षणका लागि भने उदासिन वन्ने गरेको छ ।

चाडपर्वमा हुने चराहरूको चिरबीरले प्रकृति पनि उद्वेलित हुने उखान छ । तसर्थ चरा संरक्षणमा ध्यान दिनु अवको आवश्यकता हो । चरा प्रकृतिका अमूल्य उपहार हुन । यिनको संरक्षणले नेपालको उन्नती र प्रगती सार्थक र संभव हुन्छ तर लोप हुने खतराले प्रकृतिप्रेमीलाई चिन्तित बनाएको छ । प्रकृति र प्रकृतिजन्य यावत क्षेत्रको संरक्षणमा अव बालेन नेतृत्वको सरकारको ध्यान जान्छ कि जाँदैन ? त्यो भोलिको दिनले देखाउँछ तर यो विषयमा गंभीरता देखाउने बेला आएको छ ।

र, यी चराचरको संरक्षणमा सम्वन्धित निकायको ध्यानाकर्षण छिटो होस् । चुरे विनास र दोहनले तराईको जनजीवन सुख्खामय हुँदै गएको छ । यसको प्रभावपनि चरा संरक्षणमा पर्दै आएको छ । तराईमा अहिले यस्ता प्राकृतिक सम्पदाको नामोनिसान नै छैन भन्दा पनि हुन्छ । उनीहरूका लागि संरक्षित क्षेत्र बनाउनेतर्फ पनि सरकारको ध्यान गएको छैन ।

संरक्षणबीदहरू केवल तथ्याँक मात्र प्रस्तुत गरेर संरक्षणको दायित्व पूरा भएको ठान्दछ । अव साँच्चै नै लोप हुनबाट यस्ता सम्पदा बचाउने हो भने सरकारको आँखा खुल्नैपर्दछ । कपिलवस्तुको जगदिशपुर ताल र रूपन्देहीको गैडहवा तालमा साईबेरियाबाट समेत जाडो महिनामा चराहरू आउँछन । तर, अहिले त्यो संख्यामा पनि धेरै कमी आएको छ । अवका दिनमा सरकारमात्रै होइन, प्रदेश सरकार र स्थानीय तहले चरा संरक्षणमा ध्यान दिनु जरुरी छ ।

अवको दिनमा हिउँद याममा नेपाल आउने चराको उचित संरक्षणमा ध्यान दिन सकेको खण्डमा निश्चितरूपमा नेपाल प्रकृतिमा धनी हुनेछ । तर, त्यसका लागि फेरीपनि चोरी शिकारी नियन्त्रण र सिमसार क्षेत्रको संरक्षणमा गंभीर भएर सोच्नुपर्ने बेला आईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?