ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

कर्णालीमा सत्तापक्षको विवाद सामाजिक सञ्जालमा पोखियो

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

सुर्खेत,६ भदौ ।

कर्णाली सरकारमा सत्ता पक्ष भित्रको असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । आन्तरिक रुपमा खटपट रहेको विषय अहिले भने सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सरकारमा सहभागी एमाले र काँग्रेसबीच खटपटका कारण कतिपय महत्वपूर्ण काम अगाडी बढ्न सकिरहेको छैन ।

बिहीवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै असन्तुष्टि सार्वजनिक भएको छ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चा बीच मुख्यमन्त्री कँडेलले देउवासँग भेट गरेका थिए ।

उक्त भेटपछि मुख्यमन्त्री कँडेलले फोटा सार्वजनिक गर्दै भनेका छन्, ‘भेटमा समसामयिक राजनितिसंगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो । महत्वपूर्ण सुझाव र मार्ग दर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री ज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।’
उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको फोटो सुर्खेतका स्थानीय काँग्रेस नेता किरण वलीले सेयर गरेका थिए । फेसबुकमा सेयर भएको पोष्टमा पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कँडेल र देउवाबीच भेटको फेसबुकको पोष्टमा प्रतिकृया दिदै शाहीले मुख्यमन्त्री कँडेलले सभापति देउवा समक्ष आफुलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर भनेको र देउवाले आफुलाई सो बारेमा जानकारी दिएको टिप्पणी गरेका छन् ।‘मलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर रिपोर्टटिङ गर्नुभएछ त मेरो ११ बजेको भेटमा सभापति ज्यू भन्दै, हनुहुन्थ्यो,’ शाहीले कमेन्टमा लेखेका छन् ।

कर्णालीमा कांग्रेस–एमाले मिलेर सरकार गठन भएको एक वर्ष पूरा भएको छ । तर यी दुई दलबीचको सम्बन्धमा भने खटपट सुरु भएको छ । सत्ता पक्षका दुई दलका विवादले गर्दा खेलकुद, लोकसेवा लगायतका नियुक्ति समेत हुन सकेको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?