ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

घरभित्रै असुरक्षित कर्णालीका महिला

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

सुर्खेत, २५ साउन ।

दुई साता अघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा श्रीमानले मध्यराती मस्त निद्रामा रहेकी श्रीमतीको हत्या गरे । ४२ वर्षीय दानसिंह ठाडाले ४० वर्षीय श्रीमती रविना थापाको दाउरा प्रहार गरी बीभत्स हत्या गरे । राती दुई बजेको समयमा ठाडाले सुतिरहेकी रविनाको टाउकोमा प्रहार गरी हत्या गरेका हुन् । हत्यालगत्तै उनले प्रहरीलाई फोन गरेर श्रीमती मारेको बताएका थिए । जिल्ला प्रहरी कार्यालय, सुर्खेतको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

एक महिना अघि रुकुमपश्चिमको चौरजहारी नगरपालिका तीन टाटागाउँका ३२ वर्षिय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षिया श्रीमती देवीका बुढाथोकीको हत्या गरे । सामान्य विवादको कारण देवीकाको श्रीमानबाट हत्या भयो । उनले असार १७ गते राती खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीचको विवादपछि श्रीमानले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएको वैशाख २१ मा सुर्खेतको भेरीगंगा नगरपालिकामा श्रीमानले विभत्स तरिकाले श्रीमतीको हत्या गरे । गुर्भाकोट नगरपालिका–८ की २६ वर्षीया प्रेमा ओलीको उनका श्रीमान् २८ वर्षीय दर्शन खत्रीले बीभत्स हत्या गरेका थिए । नेपाली सेनामा कार्यरत दर्शनले परपुरुषसँग लागेको आशंकाबीच प्रेमाको बीभत्स तवरबाट हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

२०७९ मंसिरमा पश्चिम सुर्खेतमा पनि यस्तै प्रकृतिको घटना घट्यो । पञ्चपुरी नगरपालिका वडा नम्वर तीनका अम्मर आले मगरले धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरे । यतिसम्म की अम्मरले श्रीमतीको हत्या गरेपछि टाउकोलाई प्लाष्टिकमा झुण्ड्याएर आफै प्रहरी कार्यालयसम्म पुगेका थिए ।

श्रीमानद्धारा श्रीमतीको हत्या गरिएका यी त केही प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय कर्णालीमा घरभित्र कुटपिटमात्र होइन हत्यासम्मका घटनाहरु घटेका छन् । प्राय महिलाहरु घरभित्रका सदस्यहरु बाटै असुरक्षित रहेका छन् । त्यसमा पनि सबैभन्दा नजिकको साथी श्रीमानबाटै असुरक्षित हुँदै आएका छन् ।

अधिवत्ता गीता कोइरालाले महिलाहरु घरभित्र हिंसाको प्रतिकार गर्दा हत्याको सिकार हुनुपरेको अवस्था रहेको बताउँछिन् । गालीगलौज तथा कुटपिटको विरुद्धमा प्रतिकारमा उर्तदा हत्यासम्म भएको उनको भनाई छ । ‘पछिल्लो समय कर्णालीमा भएका यी घटनालाई हेर्दा श्रीमान अन्य महिलाप्रति आर्कषित भएको र जेठी श्रीमतीलाई धेरै यातना दिदा यसको प्रतिकारमा महिला उत्रिएपछि हत्यासम्मको घटना भएको देखेको छु’ उनी भन्छिन्, ‘यसमा महिला आफ्ना अधिकारका कुरा गर्दा हिंसादेखि हत्याको शिकार हुनुपरेको छ ।’

कर्णालीमा पारिवारिक बेमेलका कारण श्रीमान् तथा परिवारका सदस्यहरूबाटै हुने बीभत्स हत्याका घटनमा वृद्धि हुँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकलाई विश्लेषण गर्ने हो भने तीन आर्थिक वर्षको अवधिमा प्रदेशभर नजिकका आफन्त र परिवारका सदस्यबाट ४२ जनाको हत्या भएको देखिन्छ । पतथ्यांक अनुसार तीन आर्थिक वर्षको अवधिमा श्रीमान्द्वारा श्रीमती हत्याका २४ घटना घटेका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठले प्रदेशमा लैगिंक हिसांका घटनाहरु बढिरहेको बताउँछन् । उनले विभिन्न परिस्थितिजन्य कारणले यस्ता आपराधिक घटना बढेको बताउँछन् । ‘यसमा ठ्याक्कै यही कारण नै हो भनेर भन्न सक्ने अवस्था छैन’ उनी भन्छन्, ‘विभिन्न सामाजिक, आर्थिक तथा मानसिक कारणले आपराधिक घटना घटेको पाइन्छ ।’ धेरैजसो आवेशमा आएर तथा बेहोसीमै यस्ता घटना घटेको पाइने श्रेष्ठ बताउँछन् ।

प्रहरीका अनुसार कर्णालीमा आर्थिक वर्ष २०७७÷०७८ मा आठ सय ७५ वटा घटनाहरु प्रहरीमा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा आठ सय ८३, २०७९÷०८० मा आठ सय ५८ घटनाहरु दर्ता भएका थिए । यस्तै २०८०÷०८१ मा आठ सय ८० घटनाहरु दर्ता भएका थिए । चालु आर्थिक वर्षमा आठ सय ७६ वटा घरेलु हिंसाका घटना दर्ता भएको प्रहरीको तथ्यांक छ ।

मानवअधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार पछिल्लो पाँच वर्षको अवधिमा कर्णालीमा २६ सय ६६ मानव अधिकार उल्लंघन र ज्यादतीका घटना घटेका छन् ।

इन्सेकका कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले परिवारजनबाट हुने हत्या तथा हिंसाका घटनाले घर नै असुरक्षित बन्दै जान थालेको बताउँछन् । ‘पहिलो कुरा यस्ता घटनाको सजायमा समस्या छ । यदि सजाय भए पनि राजनीतिक रूपमा संरक्षण गर्ने, आममाफी दिने कुराले झनै प्रश्रय दिएको पाइन्छ,’ उनी भन्छन्, ‘घरमै यति धेरै हत्या हुनु भनेको राज्य, समाज र परिवार तीनवटै तह असफल भइरहेको देखाउँछ ।’ महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रयाप्त कानुनी व्यवस्था हुनुका साथै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुवेदी बताउँछन् । यस्तै, मानसिक रोगबाट ग्रसित नागरिकहरूको निगरानी, उपचार र नियमन प्रणाली विकास गर्नुका साथै परिवारलाई जिम्मेवारी तथा जवाफदेही हुने प्रणालीको व्यवस्था हुनुपर्ने सुवेदी बताउँछन् ।
यसको अझै आकर्षक शीर्षक के हुन सक्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?