ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

कपिलवस्तुको योजनाबद्ध बिकास हुन्छ ः मन्त्री खनाल

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बुद्धस्थल कपिलवस्तुको योजनाबद्ध रूपमा बिकास शुरु गरिएको जनाए ।
नेपाल बाल संगठन, कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कपिलवस्तु बिकासका लागी कुनै कसर नछाडिने बताएका हुन । सो अवसरमा बोल्दै मन्त्री खनालले कपिलवस्तुको पर्यटन प्रबद्र्धनका लागी आफूले दुई वटा योजना अगाडी बढाएको बताए । कपिलवस्तु बिकासका लागी यस बर्ष भित्रै डिपिआर निर्माण, ३ सय १० मेगावाट बिद्युत उत्पादनको लक्ष्य राखिएको सिचाई र बिद्युतीकरणको योजना सहितको नौमुरे जलबिद्युत परियोजनाको कार्य थालनी, एकिकृत बाणगंगा सिचाई आयोजना र तिलौराकोट बिकासका लागी चक्रपथ निर्माणको योजना अगाडी बढाएको जानकारी दिए ।
कपिलवस्तु बाल गृह सञ्चालनमा संकट रहेको बिषयमा बोल्दै उनले बाल अधिकार संरक्षणका लागी सरकारले ठोस योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे । सिमा क्षेत्रमा भारतिय बाँधका कारण बर्षेनी खेती योग्य जग्गा डुबान भएको बिषयमा कुटनितीक रूपमा छलफल अगाडी बढाईने उनको स्पष्टोक्ति थियो । कार्यक्रममा श्रोत अभावका कारण कपिलवस्तु बाल गृह संकटमा रहेको आयोजकले जनाएका थिए ।
बाल गृह निरन्तर सञ्चालनका लागी नियमित श्रोतको आवश्यकता पर्ने बताउदै आफुले बाल गृहको नियमित श्रोतको आवश्यकता परिपुर्ति गराउन आवश्यक बजेट बिनीयोजनका लागी केन्द्रियस्तरमा पहल गर्ने मन्त्री खनालको प्रतिबद्धता थियो । सो अवसरमा बोल्दै कपिलवस्तु बाल गृहका प्रमुख राम प्रसाद अर्यालले दातृ निकायको सहयोग बिनै चलाईएको बाल गृहमा सधै आर्थिक संकट परेको बताए ।
पछिल्लो ६ महिना यता गृहका कर्मचारीले तलब खान नपाएको अवस्थामा मन्त्री खनालले बाल गृहका लागी केन्द्रियस्तर बाट बजेट बिनीयोजन गर्ने बिषयमा गरेको प्रतिबद्धताले आफुहरूलाई आशाबादी बनाएको बताए । सो अवसरमा बोल्दै कपिलवस्तु बाल संगठनका अध्यक्ष राजु प्रसाद अर्यालले बाल गृहको निरन्तर श्रोत तयार गर्नका लागी आवश्यक पुर्वाधार निर्माण र योजना बनाउनमा आफूहरू लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?