ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य समाचार

‘महापुरुषको दौडमा, कलाकार

३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

बुटवल कात्तिक ११ गतेदेखि प्रदर्शन हुन गइरहेको फिल्म ‘महापुरुष’ यतिबेला ‘मोफसल भ्रमण’मा छ । हरिवंश आचार्यसहितका कलाकार देशका प्रमुख सहरमा दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेका छन् । उनीहरु फिल्मका अन्य कलाकार र निर्देशकीय टोली पनि दर्शक फकाउँदै छन् ।

कन्सर्ट, कमेडी र पत्रकार सम्मेलन गर्दै फिल्मले टुर गरिरहेको छ । पूर्वी नेपालको विर्तामोडदेखि सुरु भएको भ्रमण इटहरी, हेटौंडा, नारायणगढ हुँदै बुटवलसम्म आएको हो ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्माता एवं अभिनेता रविन्द्रसिंह बाँनियाले ‘महापुरुष’ कथाको जन्म देवघाटबाट सुरु हुने बताए ।

देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा सिर्जना भएको उनले जनाए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनले बताए ।

फिल्ममा उठान गरिएको कथालाई बलियो बनाउन मिहिनेत गरिएको उनले बताए । राम्रो विषयवस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।
लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिंदा बुवाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा फिल्मको माध्यमबाट देखाउन खोजिएको बताए । ‘हामीले फिल्मलाई स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मीठो मान्नु हुनेछ भन्ने विश्वास छ,’ उनले भने ।
अभिनेता आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’पछि पहिलोपटक यस फिल्ममार्फत गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनले बताए । बलिदानपछि महापुरुष आफ्नो लागि उत्कृष्ट हुने उनको विश्वास छ । फिल्मले हँसाउदा हँसाउदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने हरिवंश बताउँछन् । डेब्यु कलाकार अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पूरा भएको बताए । डेब्यु गर्ल अन्जना बराइलीले फिल्ममा राम्रो काम गर्ने प्रयास गरेको बताइन् ।म्याक्स दीपेश खत्री निर्मित फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेलको समेत अभिनय छ । दीपक बज्राचार्यले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । फिल्मको ट्रेलर र दुई गीत सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?