ट्रेंडिंग:

>> दीपक थापा बने नेपाल प्रहरीको ३१ औ महानिरीक्षक >> उच्च स्तरीय समितिले कर्णाली सरकारलाई दियो यस्तो सुझाव >> कालीकोटमा विद्युत सेवा अवरुद्ध >> वडा नं ११ र १५ अन्तिम चारमा >> मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष >> सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा >> नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो >> दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते >> धनुषामा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद, प्रहरी गोली चलाउँदा एक घाइते >> सेयर बजार २७०४ अंकमा झर्यो, कारोबार रकममा घटौती >> सशस्त्र प्रहरीद्वारा ६४ लाख बढीको अवैध सामान बरामद >> एभरेष्ट माविका विद्यार्थीलाई सम्मान >> नेकपा एमालेको सचिवालय बैठक सुरु >> देउवाले बोलाए नेपाली कांग्रेसको पदाधिकारी बैठक  >> प्रधानमन्त्री ओलीलाई २१ बुँदे घोषणापत्र हस्तान्तरण >> युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै >> भोजपुरमा बाँदरको समस्याका कारण स्थानीयवासीले आफ्नो घरबास छोड्न बाध्य >> आईजीपी चयन प्रक्रिया: दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङको प्रतिस्पर्धा >> ९० वर्षभन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र बिना सेवा दिने व्यवस्था >> भ्वाइस अफ अमेरिकालाई बन्द गर्न ट्रम्पको आदेश >> ‘मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक’ >> अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्वजनिक >> पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको लक्ष्य >> उत्तरी म्यासेडोनियामा नाइटक्लबमा आगलागी, ५९ को मृत्यु  >> पोखरा विमानस्थलमा चीनसँग नियमित चार्टर उडान सुरु >> एसइई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी >> नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक >> एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै >> नेपाली बजारमा आज सुनको मूल्य स्थिर >> ‘मिसन–२०२६’ को समिक्षा >> कुन मुद्राको कतिमा हुँदैछ काराेबार ? >> हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु >> कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? >> कहिले आउँछ पुष्पा-३ ? >> लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित >> एमालेको सचिवालयको बैठक आज बस्दै >> पालिकाको पहलमा मुख्य सडक कालोपत्रे >> पिएम कपमा लुम्बिनी फराकिलो अन्तरले विजयी >> संसदीय समिति किन बन्दैनन् प्रभावकारी ? >> ‘पश्चगमन होईन, अग्रगमनको खाँचो’ >> ढाकामा तानसेन सरकारको बेइमानी >> एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा >> पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना >> सैनामैनामा लागूऔषध सहित संलग्न व्यक्ति पक्राउ >> स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण >> रूपन्देही प्रहरीद्वारा एक महिनामा ११३ फरार प्रतिवादी पक्राउ >> मजदुरको शव भेटियो >> टेक्टरसहित काठ बरामद >> मेयर कपमा वडा नं ८ र १२ विजयी, सोमबारदेखी क्वाटरफाईनल खेल हुदै >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगित

कहिले आउँछ पुष्पा-३ ?

४ चैत्र २०८१, सोमबार
४ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

अब, ‘पुष्पा ३’ को बारेमा रोचक जानकारी बाहिर आएको छ। ब्लकबस्टर एक्सन ड्रामा ‘पुष्पा ३’ को तेस्रो सिरिज आउने निश्चित भएको हो । ‘रोबिन हुड’ को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट ‘पुष्पा २: द रुल’ को सफलता पछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो ।

राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले पुष्पा ३ मा काम सुरु गर्ने बताइएको छ । अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%