ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

एक दशकसम्म पेटबनिया बाँध मर्मत भएन

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

गाउपालिकालाई कृषिमा प्राथमिकता राख्ने सरावल गाउपालिकाले विगत एक दशक देखी जिर्ण पेटबनिया कुलो सिचाई अयोजनालाई ध्यान नदिएको स्थानिय किसानले बताएका छन् । सरावल ३ गोईनी(साविक सरावल गाविस) को सयौ किसानले सिचाई गर्दै आएको पेटबनिया सिचाईको बाँध भत्किएको तर गाउपालिकाले ध्यान नदिएको गुनासो गरेका हुन् ।
हुलाकी मार्गसंगै जोडिएको सिचाई कुलो हो,तर दिनहुँ आउने जाने गाउपालिका अध्यक्ष राधेश्यमा चौधरी मात्रै नभई सो सिचाई कुलोसंगै जोडिएको गाँउ श्रीनगरकी उपाध्यक्ष उत्तमा चौधरी समेतलाई सो कुलोको सिचाईको महत्वबारे थाहा छ । तर बाँधलाई पुनः मर्मत गरि सिचाई कुलोलाई सञ्चालनमा ल्याउने प्रति चाँसो नलिएको प्रति स्थानिय किसान मोती चन्द हरिजनले गुनासो गरे । पहिला जिविसको सहयोग र केही स्थानियले चन्दा उठाएर बाँध बनाएका थिए,उनले भने, तर बाढीले बाँध भत्काए पछि अहिले कुलोमा पानी जादैन । बोरिगँ सिचाईका लागि पनि भुमिगत जल नआउने सुख्खा क्षेत्र हो,बर्षायाममा बाँधले पानी जम्मा हुन्थ्यो । कुलो भएर गोईनी गाँउ हुदै देवगाँवसम्म पानी जाने गरेको थियो । धेरै पुरानो कुलो भएको बताउदै ६५ बर्षिय हरिजनले भने, आफु होसमा आए देखी बाजे बाबु देखी यही कुलोबाट सिचाई हुने गरेको थियो ।
उत्तर चुरे पर्वतबाट बगेर आएको सालबास घोलको पानी स्थानियले बाँध बाधेर जम्मा गर्थे,त्यही पानी सिचाईमा उपयोग गर्दै आएका थिए । शताब्दी पहिला देखी गाँउलेहरू आफै कुल्लाही (श्रमदान गरि कुलो मर्मत गर्ने) गर्ने गर्थे । अहिले कुल्लाही पनि बन्द भयो, कृषक हरिजनले भने, सरकारले पनि हेरिदिएन् । कुलो सिचाई जिर्ण भएर अलपत्र परे पछि किसान मर्कामा परेको उनले सुनाए । गाँउमा कुल्लाहीको कुरा अहिले पनि चल्ने गरेका छ । तर कुलो बनाए पनि के गर्ने बाँध नै भत्किए पछि । बाँध निर्माण नभएसम्म कुलोको केही अर्थ नभएको स्थानियको भनाई छ । गाउँपालिकाले कि आफै बजेट हालेर बाँध बनाइदिनु पर्ने हो कि त अन्य सरकारी निकायसंग समन्वय गरेर काम गराईदिनु पर्ने हो । तर दुबै काम नगरेको प्रति दुखेसो स्थानिय कृषकहरूको रहेको छ ।
सर्वसाधारण कृषकले योजना कसरी माँग गर्ने विधि प्रकृया पनि थाहा छैन् । गाँउका केही टाठा बाठा नै योजन तर्जुमामा सहभागि हुन्छन् । उनीहरू खेती पाती पनि गर्दैनन् । उनीहरूलाई किसानको मर्का के थाहा हुनु ? हरिजनले भत्किएको बाँध देखाउदै भने, यो कुला बन्द भएका कारण सयौ किसान मर्कामा परेका छन् । योजना तर्जुमामा बस्नेलाई कहाँ नयाँ सडक बाटो खोल्न पाईन्छ ? कहाँ ग्राभेल हाल्ने हो ? नयाँ सडक खनेर जेसिबी चलाउने र ब्यपार गर्ने कि ग्राभेल छरेर कमिसन खाने चक्करमै बस्ने हुदा किसानको कुरा कस्ले हेरिदिइने हो ? सुनिदिइने हो ? किसान त जहिले पनि पछाडी को पछाडी नै पर्छन् । अहिलेको जनप्रतिनिधि पनि किसानको भोट लिएर जिते तर किसानलाई हेरेका छैनन्, हरिजनले गुनासो गरे, असंगठित रूपमा रहेका कृषक आन्दोलन पनि गर्न सक्दैनन् । विभिन्न राजनीतिक दलका किसान संगठन छन् । तर तिनीहरू पनि नाम मात्रको किसान संगठन छन् ।
तपाईहरू पत्रकार हो,तपाईहरू नै पहल गरिदिनुस बाँध मर्मत र कुलो सञ्चालनका लागि कृषक हरिजनले पत्रकारको परिचय थाहा पाएर आग्रह गरे । यो काम भयो भन्ने तपाई पत्रकारलाई पनि धर्म हुनेछ, उनले आग्रह गर्दै भने, नेता र जनप्रतिनिधिलाई भन्दा भन्दै थाकियो,उनीहरूले सुन्न पनि चाहन्न,कति उनीहरूको पछि पछि धाउने ? केही सिप नचले पछि किसान निरास भएरका छन् । अकासे पानीको भरमा खेती गर्दै आएका छन् । यता गाउपालिकालाई कृषि पर्यटनमै फोकस रहेको गाउपालिका अध्यक्ष राधेश्याम चोधरीले बताए । अब गाउपालिका भरिको पोखरी र कुलोको लगत संकलन गर्न लगाउने र त्यसको सम्भाब्यता र मर्मत सम्भारको औचित्यता पुष्टि हुने गरि गाउपालिका स्तरिय कुलो सिचाईको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर अगाडी बढने बताए । जिल्ला भरिमै सबै भन्दा कम साधन स्रोत भएको गाउपालिका,गरिबी बिपन्न बढि भएको यो गाउपालिकाको आन्तरिक स्रोत कम भएको हुदा चाहेर पनि काम गर्न नसकिएको उनको भनाई थियो ।
सरकारबाट आउने अनुदानमा अधिकाँस शसर्त र लक्षित बर्गको कार्यक्रम पर्ने गरेको छ । बचेको रकममा पनि वार्ड र टोलबाट कुलो भन्दा सडककै प्राथमिकता तोकिएर माग आउने हुदा पेटबनिया जस्तै दर्जनौ कुलो र सिचाईको स्रोत ब्यवस्थापन गर्न नसकिएको अध्यक्ष चौधरीले बताए । अगामी योजनामा यो सिचाई बाँधलाई प्राथमिकतामा राख्ने प्रतिकृया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission