© २०२३
घोराही उप महानगरपालिकाले थप दुई वटा वडाबाट पनि एकीकृत सम्पत्ती राजस्व संकलन अनलाईनको माध्यमवाट लिन थालेको छ । यो सँगै घोराही उप महानगरपालिकाले ८ वटा वडाबाट राजस्व संकलन अनलाईनवाट सुरु भएको हो । यस अघि ६ वटा वडाबाट राजस्व संकलन थालेको घोराही उप महानगरपालीकाले आइतबार देखी वडा नम्बर ६ र १५ बाट पनि राजस्व संकलनको काम औपचारीक रूपमा सुरु गरेको हो ।
वडा नम्बर ६ मा नगर प्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष रेबबहादुर बुढाथोकीले वडा सदस्य कुन्ता सिजवाललाई जग्गाको मालपोत बुझाएको रसिद हस्तान्तरण गरेर वडाबाटै राजस्व बुझ्ने कामको थालनी गरेका हुन् । त्यसैगरी, वडा नम्बर १५ मा पनि नगर प्रमुख चौधरी र वडा अध्यक्ष रमेशकुमार पाण्डेले कमला अर्याललाई राजस्व बुझाएको रसिद दिएर अनलाईन पद्धतिवाट कर संकलनको सुरुवात गरेका हुन् । वडा कार्यालयबाटै एकीकृत सम्पत्ति कर र नगदी रसिद काट्न थालेपछि वडाबासीलाई उप महानगरपालीकाको कार्यालयमा आउनु नपर्ने भएको छ । वडाबाटै राजस्व संकलन गर्ने अभियानको सुरुवात गर्दै नगर प्रमुख चौधरीले जनतालाई घरदैलोमा सेवादिने गरी आफुहरूले सम्भब भए सम्मका प्रयास गरेको बताए । उनले राजस्व संकलनलाई व्यवस्थित गरेको बताउँदै करको दर बृद्धी नभई छुटेकाहरूलाई दायरामा ल्याउने कार्यमा आफूहरू लागेको जानकारी दिए । अहिले सामाजीक संजालमा आए जस्तो कर बृद्धि नभएको उनले बताए । गाउँघरमा र शहर बजारमा पनि ब्यवसाय संचालन गरीरहेका तर दर्ता नभएकाहरूलाई दर्ता गर्ने जस्ता कामको शुरुवात भएको चौधरीको भनाइ छ ।
तर तिर्नु नागरीकको कर्तब्य भएको बताउदै मेयर चौधरीले आफुहरूले कुनै कर बृद्धि नगरेको दावि गरे । उप महानगरपालिका बासीहरूलाई कर तिर्नकै लागि घोराही जानुपर्ने बाध्यताको अन्त्य गरेको बताउँदै मेर चौधरीले सबैले सहयोग गर्न आग्रह गरे । यस अघि उप महानगरपालीकाका २, ४, ७, १०, १४ र १८ नम्बरका वडाबाट अनलाईनवाट राजस्व संकलनको काम सुरु भैसकेको छ । भदौ महिना भित्रै वडा नम्बर १ देखी १८ सम्मका सबै वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी प्राविधिक कामहरू भैरहेको उप महानगरपालिकाले जनाएको छ ।