© २०२३
विषय प्रवेश
मुख्यरूपमा विश्वमा चार धर्म क्रिश्चियन, इस्लाम, हिन्दु र बौद्ध रहेका छन् । बुद्ध धर्म एक अनुभववादी र अभौतिकवादी धर्म हो । कोही यसलाई अनीश्वरवादी धर्म पनि भन्छन् । बुद्धको शिक्षा प्राचीन समयमा मात्र उपयोगी होइन कि यो त युगौ युगसम्म उपयोगी र सान्दर्भिक रहने छ । अरू धर्मभन्दा फरक ढङ्गले बुद्धधर्मले वर्तमान समय (आधुनिक युगमा) आत्म निर्भर र वैज्ञानिक आधारका साथ भूमिका खेलिरहेको छ । युद्ध र हिंसालाई त्यागी २१ औं शताब्दिलाई शान्ति र अन्तरक्रियात्मक बनाउन हामी प्रयासरत रहनुपर्छ ।
बुद्धधर्मका तीन सम्प्रदाय छन्
१. थेरवाद (हीनयान) बुद्ध धर्मका उपदेश यथास्थितिमा संरक्षण र अनुसरण गर्ने धर्मलाई थेरवाद भनिन्छ । यो पालि भाषामै संरक्षण गरिएको छ । बुद्धको ज्ञान पहिला थेरवाद बुद्धधर्मको रूपमा आएको थियो ।
२. महायानः बुद्धको शरीरको कल्पना गरी पूजापाठमा विश्वास राखी, संस्कृत भाषामा व्याख्या गरिएको सम्प्रदायलाई महायान भनिन्छ ।
३. बज्रयानः पुराना रितिरिवाज, जप (पाठ गर्ने) तन्त्र विधि (कर्मकाण्डमा) ध्यान दिने धर्मलाई बज्रयान भनिन्छ ।
बुद्धका उपदेशको सान्दर्भिकता
भगवान बुद्धले चार आर्र्य सत्यबारे उपदेश दिएका थिए ।
१. दुःख : छ : यो जीवन दुःखै दुःख छ । जन्म, बुढो हुनु, विरामी हुनु, मृत्यु, प्रियसंग टाढा रहनु सबैमा दुःख छ ।
२. दुःखको कारण छ : तृष्णा र असिमित इच्छा कारण हुन् ।
३. दुःख हटाउन सकिन्छ : तृष्णाबाट मुक्त भएर दुःख हटाउन सकिन्छ ।
४. दुःख हटाउने बाटो (मार्ग) छ, दुःख हटाउने आठवटा बाटो (आर्य अष्टाङ्गिक मार्ग) छन् : यो बाटोको अवलम्बन र अभ्यास गरी तृष्णबाट मुक्ति पाउन सकिन्छ ।
अष्टांगिक मार्ग (आठवटा सत्य मार्ग)
१. सम्यक् दृष्टिः चार आर्य सत्य बुझ्नु, जान्नु, विश्वास गर्नु, दुःख र सुखको अवलोकन गर्ने ।
२. सम्यक् संकल्पः मानसिक र नैतिक विकासको लागि प्रतिबद्ध हुनु, आर्य मार्गमा हिँड्न निश्चित गर्ने ।
३. सम्यक् वचनः वाणिमा पवित्रता र सत्यता ल्याउने सम्यक् वचन हो । हानीकारक कुरा गर्ने, झुठो कुरा बोल्ने वानी भएमा दुःख पाइन्छ ।
४. सम्यक् कार्य : सतकर्म गर्ने, शुद्ध आचरण गर्ने, क्रोध, द्धेष र दुराचार आदि त्याग्ने ।
५. सम्यक् जीविकाः अनैतिक व्यापार नगर्ने, अर्काको हक नखोस्ने, अन्यायपूर्ण उपायबाट जीवनयापनको साधन नजुटाउने, न्याय पूर्ण जीवन यापन गर्ने ।
६. सम्यक् प्रयासः सधै आफूलाई सुधार गर्न तल्लिन रहने, यस्तो कार्य गर्ने जहा शुभको उत्पति होस् र अशुभ हटेर जाओस् । जीवनमा शुभको लागि निरन्तर प्रयास गर्ने, भ्रष्टाचार नगर्ने ।
७. सम्यक् स्मृति : स्पष्ट ज्ञान आर्जन गरी आफ्नो दृष्टिकोण र मानसिक योग्यता ९ःभलतब िब्दष्ष्तिथ० प्राप्त गर्न प्रयासरत रहने, चित्तलाई एकाग्र गर्ने, शारीरिक र मानसिक भोग विलासका बस्तुबाट टाढा रहने । एकाग्रताबाट विचार र भावना स्थिर भएर शुद्ध बन्छ । यसको लागि ध्यान बस्ने, शान्त बस्ने जस्तैः क) हल्ला नगर्ने ख) अनावश्यक लामो भाषण नगर्ने ग) अरूको कार्यमा दखल नदिने ।
८. सम्यक् समाधिः उपर्युक्त सात मार्गको अभ्यासबाट चित्तको एकाग्रताद्वारा निर्विकल्प प्रज्ञाको अनुभूति हुन्छ ।
वर्तमान समयमा बुद्ध धर्मको प्रकार
बुद्धधर्मलाई चार भागमा बाँड्न सकिन्छः
– धार्मिक बुद्ध धर्मः जुन विहार (मन्दिर) मा अभ्यास गरिन्छ ।
– परम्परागत बुद्धधर्मः बुद्धको शिक्षा÷ उपदेश परम्परागत रूपमा दिइने । यो कठिन हुन्छ ।
– बुद्ध धर्मलाई एक सम्प्रदायको रूपमा मान्ने
– प्राज्ञिक बुद्ध धर्म दर्शनको रूपमा प्रयोग र पढाइ हुने जसमा विश्लेषण गरिन्छ ।
तसर्थ बुद्ध धर्मका अनुयायीले आफू लोभ, क्रोध, अज्ञानता र घमण्डबाट टाढा रहनु पर्दछ । अनुयायीहरूले निम्न कुरा त्याग्नु पर्दछ ।
घमण्ड गर्ने, आफ्नो महत्व देखाउने, ठूलो टाउके हुने, अहंकार हुने, महत्वकांछा देखाउने, अहम् भावना र आत्म महत्व देखाउने । एउटा इमान्दार र सम्यक विचार भएको व्यक्तिमा उपर्युक्त भावना पाइदैन । शुद्ध मस्तिष्क र शरीर भएका व्यक्ति कहिले बिरामी पर्दैन ।
हामी विरामी र अस्वस्थ हुनुको कारण
लोभ, क्रोध, अज्ञानता, अहंकारबाट सृजित विचार र चिन्ताबाट शरीर लाई भरिपूर्ण बनाउनाले हामी अस्वस्थ हुन सक्छौ । त्यसैले हामीले चिन्त्ता र मोह त्याग्नु पर्छ । हामी सबैलाई प्रत्येक व्यक्तिलाई समानताको व्यवहार गरी मस्तिष्क र शरीरलाई शुद्ध राख्नु पर्छ । यसले परिवार र समाजमा मधुरता र एकता ल्याई विश्व शान्ति तिर डो¥याउँदछ । पञ्चशील चतुरार्य सत्य आर्य अष्टाङ्कि मार्गको अनुशरण गरी ससांरमा शान्ति फैलाउन सकिन्छ ।
अनुयायीका लागि सुझाव
हामी बौद्ध अनुयायीहरूले जीवनलाई सुखी बनाउन दुःखबाट छुटकारा पाउन बुद्धका उपदेश पालन गर्नु पर्छ तर पूरै नसके कमसेकम यी सुझावको अनुशरण गरी आफ्नो जीवन सुखी बनाउन प्रयास गर्न अनुरोध छ ।
– सधै प्रयासरत रहने र प्रविधिले अल्छी बनाएको छ । त्यसैले नयाँ कार्य र नयाँ सोच बनाउन प्रयासरत रहनुपर्छ ।
– सबै प्रश्नको उत्तर स्वयम्भित्र निहित हुनेः आफ्नो अन्तज्र्ञानबाट प्रश्नको उत्तर खोज्ने, समस्या समाधानको लागि आफ्नो छैटो इन्द्रीयको प्रयोग गर्ने, उत्तर नपाए फेरी प्रयास गर्ने उत्तर स्वयम् भित्रै छ । त्यसैले आफूलाई विश्वास गर्ने ।
– असफलता विकासको विऊ हो ।, प्रत्येक त्रुटि वा असफलताले केही न केही सिकाउँछ । जति राम्रो काम गरेपनि त्यसमा खराब कुरा अवश्य हुन्छ ।
– कुनै पनि चिज स्थायी छैन : संसारमा सबै चिज नाशवान छ भन्ने बुद्धको प्रमुख उपदेश मध्ये एक हो । त्यसैले जीवनलाई बुझ्नु अस्थिरता (केही पनि स्थायी छैन) बारे बुझ्नु पर्छ । संसारका सबै कुरा नाशवान छ भन्ने बुझेपछि तपाई कम अपेक्षामा जीवन सुखमय बनाउन थाल्नु हुन्छ । यसले हाम्रो जीवनमा शुभ र सुन्दर कुराहरू आउन थाल्छ
– धैर्यताको कला सिक्नेः जीवनमा आउने दुःखप्रति चिन्ता नगरी सहनुपर्छ । धैर्यताको विकास गर्ने तरिकाः छिटो उत्तर नदिने, पर्खने, कम महत्वको कार्य नगर्ने, अधैर्य बनाउने कार्यप्रति सचेत हुने, शिथिल हुने, विश्राम गर्ने र लामो सास फेर्ने ।
– अरूको आलोचनामा ध्यान नदिनेः राम्रो काम गरेपनि अरूले गरेका आलोचनामा ध्यान नदिने । आफ्नो अहंकार अनुसार कार्य गरेमा जीवन खुशी हुँदैन । त्यसैले अहंकारबाट टाढा बस्नुपर्छ । अरूको भनाईभन्दा आफैलाई कस्तो लाग्यो मूल्याङ्कन गरी कार्यगर्नु पर्दछ ।
– आन्तरिक भय हटाउनः आफू भित्र रहेको भय, डरले मानिसले काम गर्न सक्दैन त्यसैले मैले सक्छु भनेर प्रयास गर्नु पर्दछ ।
– स्वयम् भित्रबाट खुशी हुनेः तपाई स्वयम् भित्र खुशी नभए बाहिर जति पनि नाच, गान, रमाइलो भए पनि तपाईमा खुशीको बासना आउँदैन । आन्तरिक रूपमा खुशी हुने तरिकाः ध्यान बस्ने, यसले मनमा शान्ति कायम गर्छ ।
– वर्तमानमा ध्यान दिनेः वर्तमान समयमा ध्यान दिने, अहिले भइरहेको कार्य बारे सोच्ने, अहिले सबभन्दा राम्रो गर्ने, अहिले सबैभन्दा राम्रो अनुभव गर्ने गरेमा हाम्रो जीवन गुणात्मक हुन सक्छ ।
– भौतिक सम्पत्तिभन्दा अन्य बहुमूल्य कुराको पहिचान गर्ने भौतिक सम्पत्ति बाहेक जीवनका बहुमूल्य कुरा के छन् भने मूल्याङ्कन गरी पत्ता लगाउनुस् जस्तै परिवार, सहकर्मी, स्नेह, दया, आदिलाई महत्व दिनुपर्छ ।
निष्कर्ष
प्रकृतिको नियमानुसार भगवान बुद्धको उपदेश भाग्यवादी नभई कर्मवादी भएकोले स्वयम्ले कुशलकार्य नगरी फलप्राप्त गर्न सक्दैन । भय, हिंसा, आतंकवाद, भ्रष्टाचार फैलिएको अवस्थामा बुद्धको उपदेशले दिएको शान्ति सन्देशको चेतना संसारभर फैलियोस् । संसारमा अमन चयन कायम गर्न कसैलाई दुःख कष्ट नहोस् एक छाक खान पाइयोस् भनेर बुद्धको उपदेश र बुद्ध धर्मको सान्दिर्भकताको महत्व झन् बढ्दै गएको छ । अन्तमा बुद्ध धर्मले समाजमा हामी सबैलाई स्नेह, मायागर्नु, एकले अर्काको अस्तित्व स्वीकार गर्नु र सबैलाई उपलब्धिको बाटोमा जान सहयोग गर्नुपर्दछ । हामी सबैले प्राणीलाई ३ वटा ब् प्रदान गर्नुपर्दछ । यसैले हाम्रो व्यवहारमा बुद्ध धर्मको प्रभाव देखिन्छ ।