ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

सीमाक्षेत्रमा चल्ला तस्करी मौलाउँदै

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

गत साउनको अन्तिम सातामै प्रहरीले कृष्णनगर क्षेत्रबाट २लाख ९९ हजार ५सय मूल्य बराबरको पन्छीजन्य वस्तु बरामद गरी नष्ट गरेको छ । अन्य मुलुकबाट पन्छीजन्य वस्तु आयातमा नेपाल सरकारले प्रतिबन्ध लगाएकाले प्रहरीले पन्छीजन्य बस्तु पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बहादुरगञ्जको टोलीले २ लाख ९१ हजार ५सय मूल्य बराबरको ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको प्रहरी नायब निरीक्षक हेरम्भ प्रसाद पाण्डेयले जानकारी दिए ।
साउन ३० गते बहादुरगञ्ज प्रहरी टोलीले कृष्णनगर ८, लोहरौलाबाट १लाख २६ हजार ५सय रूपैयाँ बराबरको २३सय ओटा ब्रोइलर कुखुराको चल्ला बरामद ग¥यो । त्यसको दुई दिनअघि साउन २७ गते कृष्णनगर ८, गणेशपुरबाट १लाख ६५ हजार बराबरको ३ हजार चल्ला बरामद गरी नष्ट गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालयको टोलीले साउन पछिल्लो साता ८ हजार बराबरको ४० गोटा ब्रोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक सूर्य बोगटीले बताए । भारतबाट अबैध रूपमा नेपालतर्फ साइकलमा ल्याउँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरी गस्ती टोलीले कुखुरा र चल्ला बरामद गरिएको प्रहरीको भनाई छ ।
यसरी हेर्दा पछिल्लो समय कपिलवस्तुको सीमावर्ती क्षेत्रमा पन्छीजन्य वस्तुको तस्करी मौलाउँदै गएको देखिन्छ । सीमापारी मूल्य सस्तो भएपछि कुखुराको चल्ला र अण्डाको तस्करी मौलाएको प्रहरी बताउँछ । प्रहरीले दैनिक रूपमा यस्ता वस्तु बरामद गरे पनि लुकिछिपी तस्करी हुने गरेकोले पन्छीजन्य वस्तु तस्करी नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।
प्रहरीको वार्षिक तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७४।०७५ मा प्रहरीले कृष्णनगर आसपासको क्षेत्रबाट ६ लाख ८८हजार २सय मूल्य बराबरको पन्छीजन्य बस्तु बरामद गरेको छ । कृष्णनगरस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्तीका क्रममा सीमावर्ती क्षेत्रबाट कुखुरा, चल्ला र अण्डा बरामद गरेको तथ्यांक सार्वजनिक गरेका छन् । जसमध्ये ६ लाख १५ हजार ३ सय मूल्य बराबरको ११ हजार ९९० गोटा चल्ला रहेका छन् । यस्तै ६० हजार ५सय मूल्य बराबरको १९सय ३९ गोटा ब्रोइलर कुखुरा रहेका छन् ।
सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरले आर्थिक वर्ष २०७४।०७५ को साउनदेखि असारसम्म ६लाख ३ हजार ५सय मूल्य बराबरको कुखुरा र चल्ला बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज धितालले जानकारी दिएका छन् । उनका अनुसार गस्तीका क्रममा सशस्त्रले कृष्णनगर आसपासको क्षेत्रबाट ९ हजार ५ सय चल्ला र १८सय ६० गोटा कुखुरा बरामद गरेको छ । सशस्त्रले मात्र गत आर्थिक वर्षमा ५ लाख ६५ हजार ५ सय मूल्य बराबरको चल्ला र ३८ हजार बराबरको कुखुरा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक धितालले जनाए ।
यतिमात्र होइन इलाका प्रहरी कार्यालय कृष्णनगरको सीमावर्ती क्षेत्रबाट प्रहरी गस्ती टोलीले विभिन्न स्थानबाट ८४ हजार ७ सय मूल्य बराबरको पंक्षीजन्य बस्तु बरामद गरेको प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए । आर्थिक वर्ष २०७४।०७५ मा भारतबाट अबैध रूपमा नेपाल भित्राइएका ८३ कार्टुनमा २४सय ९० गोटा ब्रोइलर चल्ला, ७९ गोटा कुखुरा र ५२ क्यारेट सेता अण्डा बरामद गरिएको बोगटीले बताए । उनका अनुसार ४९हजार ८सय मूल्य बराबरको चल्ला र २२ हजार ५सय मूल्यको कुखुरा पक्राउ गरी नष्ट गरेको छ । भने गत आर्थिक वर्ष १२ हजार ४सय मूल्य बराबरको सेतो अण्डा बरामद गरिएको बोगटीको भनाई छ ।
अबैध सामान बरामत हुने क्रम बढे पनि पैठारीमा संलग्न तस्कर भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले धेरैजसो बेवारिसे अवस्थामा छाडिएका पन्छीजन्य वस्तु मात्रै बरामत गर्ने गर्छ । प्रहरी आएको थाहा पाउनसाथ तस्कर सामान छाडेर फरार हुने भएकाले पक्राउ गर्न अप्ठ्यारो हुने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक बोगटीले बताए । प्रहरीका अनुसार कृष्णनगर मूल भन्सार नाकाबाट नल्याई तस्करहरूले चोर बाटोबाट ल्याउने गरेका छन् ।
कृष्णनगर क्षेत्रको भगवानपुर, लक्ष्मीनगर, कुकुरभुकुवा, विद्यानगर सीमाक्षेत्रबाट सबैभन्दा बढी चोरी तस्करी हुने गरेको प्रहरीको भनाई छ । भारतमा ४५ रूपैयाँदेखि ५० रूपैयाँमा पाइने कुखुराको चल्लालाई नेपालमा ७० देखि ७५ रूपैयाँ पर्ने भएपछि तस्करी बढेको व्यापारी बताउँछन् । भारतीय चल्ला नेपालमा भित्रिएपछि नेपालमा उत्पादन भएका चल्लाले बजार पाउन छाडेका छन् । चल्लाको तस्करीसँगै सीमावर्ती नाकाबाट अबैध पंक्षीजन्य वस्तुको चोरी तस्करी बढेपछि सुरक्षाव्यवस्था निकै कडा पारिएको प्रहरीको भनाई छ ।
शसस्त्र प्रहरीद्धारा ३ लाखको चल्ला बरामद
नवलपरासी :शसस्त्र प्रहरीले करिब ३ लाख रूपैया बराबरको अवैध चल्ला बरामद गरेको छ । भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा रामग्राम नगरपालिका १७ बरारी गाउँमा शसस्त्र प्रहरीको टोलीले गएराती ४ हजार ५० गोटा अवैध कुखराको चल्ला बरामद गरि नष्ट गरेको हो ।
शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बेलासपुरको शसस्त्र प्रहरी उपरिक्षक गहरधन राईको निर्देशनमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधामार सो ठाउँबाट २ लाख ९५ हजार ७ सय ५० रूपैया बराबरको अवैध चल्ला बरामद गरेको हो । बरामद चल्ला क्वारेन्टाईन चेकपोष्ट महेसपुरको रोहबरमा नजिकको झरही खोलामा नष्ठ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?