ट्रेंडिंग:

>> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक

बिना कुनै योजना, नीति तथा संभाव्यता अध्ययन समेत नगरी लहडमा सुरु गरिएको पर्यटन विकास भ्युटावर, गेट र पार्कका टालटुले काममा सीमित छ । पर्यटन पूर्वाधार निर्माण गर्ने भन्दै बितेका करिब १७ वर्षमा रोल्पामा १ अर्बभन्दा बढी बजेट खर्च भईसकेको वताईन्छ । यति ठूलो बजेट खर्च हुँदापनि जिल्लामा पर्यटनको भरपर्दो आधार भने अझै तयार भईसकेको छैन ।
४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

रोल्पा, ४ बैशाख । रोल्पा–रुकुम द्वन्द्वका केन्द्र विन्दु थिए । दशवर्ष सम्म विकासका गतिविधि जिल्ला सदरमुकाम वाहिर लैजान माओवादीले निषेध गरेका थिए । त्यसैले, त्यहाँ अरू कुरामा जस्तै पर्यटन क्षेत्र पनि फस्टाउन पाएन । तत्कालिन रोल्पा जिल्ला विकास समितिको आर्थिक वर्ष २०६३/०६४ को वार्षिक वजेट नीति तथा कार्यक्रममा भनिएको थियो, “विभिन्न पर्यटकीय स्थलसम्म पूर्वाधार निर्माणका लागी जोड दिईनेछ । नीति तथा कार्यक्रममा पर्यटनका केही शव्द परे पनि त्यस वर्षको ६० करोडभन्दा बढीको बजेटमा पर्यटन विकासका लागि एक पैसा छुट्याइएको थिएन ।

दोस्रो जनआन्दोलन सफल भएर माओवादी सत्तामा गएपछि रोल्पाको पर्यटनले पनि प्राथमिकता पायो । प्राकृतिक, भौगोलिक र सांस्कृतीक पर्यटनको प्रचुर सम्भावना बोकेको रोल्पामा युद्ध पर्यटनले चर्चा पाउन थाल्यो । एकाधबाहेक सबैजसो सरकारमा माओवादी रहिआएको छ । अहिलेसम्म रोल्पाले संघीय सरकारमा ३ पटक अर्थ मन्त्रालय, २ पटक सभामुख, एक पटक उपराष्ट्रपति र करिब आधादर्जन पटक विभिन्न मन्त्रालयका साथै लुम्विनी प्रदेशमा समेत २ पटक मुख्यमन्त्रीको अवसर पाईसकेको छ ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व नेपालको कान्छो जिल्ला हो । यो पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । रुकुमपूर्व र रोल्पा जिल्लाका सबैजसो पालिकाले ‘पर्यटन’ लाई कागजमा प्राथमिकता दिएका छन् । अहिले तीन तहका सरकारले आ–आफ्नै किसिमले आयोजना बनाउँदै बजेट विनियोजन गरिरहेका छन् ।

रोल्पा र रुकुम पूर्वमा शिक्षा, स्वास्थ्यको अवस्था सन्तोषजनक नभएपनि यी जिल्लामा तीनै थरी सरकारको चासो पर्यटनमा देखिएको छ । तर, पर्यटनको विकासका लागि न कुनै अध्ययन् अनुसन्धान भएको छ न त स्पष्ट दृष्टिकोण नै । बिना कुनै योजना, नीति तथा संभाव्यता अध्ययन् समेत नगरी लहडमा सुरु गरिएको पर्यटन विकास भ्युटावर, गेट र पार्कका टालटुले काममा सीमित छ । पर्यटन पूर्वाधार निर्माण गर्ने भन्दै वितेका करिब १७ वर्षमा रोल्पा जिल्लामा १ अरवभन्दा बढी बजेट खर्च भईसकेको बताईन्छ । यति ठूलो बजेट खर्च हुँदापनि जिल्लामा पर्यटनको भरपर्दो आधार भने अझै तयार भइसकेको छैन ।

रोल्पामा अग्लाअग्ला डाँडा छन । रोल्पाको जलजला क्षेत्र समुद्र सतहदेखि ३६३९ मिटर उचाईमा छ । तर, प्राकृतिक रूपमै भ्यूटावर जस्ता यी रोल्पाली डाँडामा सिमेन्ट र क्रंक्रिटको थुप्रो लगाएर भ्युटावर बनाइँदै छ । प्राकृतिक सुन्दरता विथोल्ने पर्यावरण विगार्ने यी भ्यूटावर बनाउनुको उद्देश्य अर्थपूर्ण देखिँदैन ।

रोल्पा नगरपालिका– ३ सातदोवाटोस्थित चुच्चे डाँडोमा भ्यूटावर वनेको छ । रोल्पा नगरपालिकाले ६ करोडभन्दा बढीको लागतमा वनाएको १० तले टावर वनेको करिब २ वर्ष पुरा भईसक्दा समेत पर्यटकको खासै आकर्षण देखिदैन । यसैगरि थवाङ गाउँपालिकाले २५ लाख खर्चेर भ्यूटावर बनाएको छ । त्रिवेणी गाउँपालिकाको टिलामा प्रदेश सरकारले २५ लाखको लागतमा भ्यूटावर निर्माण गर्ने भनेको थियो ।

रुकुम पूर्व र रोल्पामा हिलस्टेशनको रूपमा पर्यटकीय विकास गर्न सकिने ठाउँ छन । एक संस्कृतीको धनियी जिल्लामा संचालित घरवास कार्यक्रम पनि वन्द हुने अवस्थामा छन । यसले गर्दा स्थानीयहरूको रोजगारी गुम्दै गएको छ । पर्यटकलाई भुलाउने, कम्तिमा एक दुई दिनपर्यटक रमाएर बस्ने वातावरण बनाउने काममा पालिकाको ध्यान गएको छैन । रोल्पाको बहुचर्तित पर्यटकीय क्षेत्र होलेरीलाई हिल स्टेशन वनाउन पहल गरिएको छ । ४८ लाखको लागतमा हिल स्टेशनका केही संरचना समेत निर्माण गरिएको छ ।

रुन्टीगढी गाउँपालिका ६ सैवाङ खुटीमा रहेको समथर भूभागमा हिल स्टेशनको संरचना वनाउन थालिएको हो । सो स्थानवाट उत्तर फर्के सेताम्य हिमाल र दक्षिण फर्के एशियाकै ठूलो उपत्यका दाङ र भारतको सीमावर्ती क्षेत्र समेत भ्यूटावर विना नै अवलोकन गर्न सकिन्छ । होलेरीमा हिल स्टेशन वनेपछि पर्यटकहरूको थप चहपहल हुने अपेक्षा गरेको स्थानीय सुवास चन्दले बताए । होलेरी दाङको घोराहीवाट ३० किलोमिटर टाढा छ । बसबाट बाह्रकुने ताल र कोइलाखानी हुदै होलेरी पुगिन्छ । दाङको धुलो, धँुवा, ध्वनी र उकुसमुकुस गर्मिले आक्रान्त मानिसहरू होलेरीको शान्त, शितल र रमणीय वातावरणमा केही दिन रम्न र घुम्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन । वर्खामा होलेरीलाई छपक्क छोप्ने कुहिरो तथा सिमसिम पर्ने पानीले स्वर्गको अनुभुती दिन्छ ।

चालु आर्थिक वर्षमा सो ठाउँमा होमस्टे निर्माण गर्ने गरि वजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । होमस्टे सहितको संरचना तयार गरि सो स्थानको समग्र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई दिने पनि अध्यक्ष पुनले बताए । रोल्पा र रुकुम पुर्वमा हिलस्टेशन वन्न सक्ने धेरै डाँडा छन् । प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले यहाँको पर्यटन उद्यम फस्टाउन सक्ने प्रशस्तै आधारहरू छन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार म्याग्दी, वाग्लुङ, रुकुमपश्चिम र रुकुमपूर्व सम्म फैलिएको छ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको करिब ६० प्रतिशत भाग ढोरपाटन शिकार आरक्षले ओगडेको छ ।

रुकुमपूर्वको भुमे गाउँपालिकामा माओवादी लडाकु हिँडेको मार्ग पहिचान गर्दै छापामार मार्ग वनाइएको हो । सशस्त्र द्वन्द्वबाट प्रभावित यस क्षेत्रका वासिन्दाको जनजीवन, खाम मगर संस्कृतीको अनुभवदिन र युद्धकालिन अवसेस देखाउन यो मार्ग वनेको थियो । यो मार्ग म्याग्दी, रोल्पा र रुकुममा पर्दछ । उत्तरगंगानदी, कमल दह, छिप्री दह, गुप्तदह, सुन दह र नौदह रुकुमपूर्वका महत्वपूर्ण पर्यटकीय स्थल हुन । पुथाहिमाल, दोगारी हिमाल, सामजाङ हिमाल, निम्कु हिमाल, सिस्ने हिमाल, तातोपानी आउने ठाउँहरू, देउरालीगुफा थप पर्यटकीय क्षेत्र हुन ।
रोल्पाको विवाङदह, जाँगा दह र पारिवाङ दह, ऐतिहासिक महत्वको क्षेत्र थवाड गजुलकोट, खुंग्री दरवार, प्यूठानको स्वर्गद्धारी, रोल्पाको रुन्टी, रोल्पाको जलजला सुनछहरी झरना, शिवगुफाआदी महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन । रुकुमपूर्वमा ५१ प्रतिशतभन्दा वढी र रोल्पामा करिव ४५ प्रतिशत मगरवस्ती छ । मगर संस्कृतीको बाहुल्य भएका यी जिल्लाका मगर भेषभुसा, रहनसन र संस्कृतीले पनि पर्यटकलाई आकर्षण गर्न सक्छन ।

ग्रामीण पर्यटन प्रवद्र्धनकालागी होमस्टेलाई महत्वपूर्ण मानिन्छ । स्थानीय कला संस्कृती र उत्पादनको प्रर्वद्धन गर्ने होमस्टेले रोजगारी समेत सिर्जना गर्दछ । तर रोल्पा र रुकुमपूर्वमा भने संचालित होमस्टे समेत वन्द हुने अवस्थामा पुगेका छन । दस वर्ष अघि ५ घरबाट सुरु भएको होमस्टे १५ घरमा पुगेको बेलाबन्द हुँदा सञ्चालकहरू मर्कामा परेका छन् ।

जिल्लामा पर्यटकीय संभावनाको कुनै अध्ययन बिना, आवश्यक नीति तथा कार्यविधि पनि नबनाई हचुवाका भरमा भन्दै ठूलो रकम खेर फालिएको पूर्व सिंचाइ राज्यमन्त्री अमरसिंह पुनको आरोप छ । “राजनीतिक दल, पर्यटनविद् र सरोकारवालाको सहभागिताबिना कार्यकर्ता पोस्न पर्यटनका नाममा जथाभावी बजेट खर्च गरिएको छ,” पूर्व राज्यमन्त्री पुन भन्छन् ।

पर्यटन सूचना केन्द्रमा क्याम्पस प्रमुखको बास

पर्यटनका लागि रोल्पामा बजेट खर्च भइरहे पनि त्यसको अनुगमन र उपलब्धि मापन भएको छैन । रोल्पाको माडिचौरमाबनाइएको उक्त एकीकृत पर्यटन सूचना केन्द्रले थबाङ, जलजला तथा वाग्लुङको ढोरपाटन पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने उद्देश्य राखिएको हो ।
आर्थिक वर्ष २०६९/०७० मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० लाखको लागतमा निर्माण गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति रोल्पाले आर्थिक वर्ष २०७३/०७४ मा सूचना केन्द्रको प्रचार प्रसारका लागि रु. १ लाख र केन्द्रमा आदिवासीजनजाति संग्राहलय स्थापनाका लागि रु. २ लाख बजेट विनियोजन गरेको थियो ।

उक्त भवन निर्माण गर्दा मन्त्रालयले जिल्लाका सरोकारवाला निकायलाई कुनै जानकारी नगराएको भन्दै तत्कालीन जिल्लाविकास समिति रोल्पाले जिम्मा नलिएपछि भवन लामो समयसम्म अलपत्र बनेको थियो । जिविसले सूचना केन्द्रबारे पटकपटक जिल्लाका राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल गर्दा केन्द्रको जिम्मा नलिन सुझाव आएको थियो । पर्यटन सूचना केन्द्रका लागि उक्त स्थान अपायक पर्ने भन्दै नागरिकहरूवाट समेत विरोध हुँदै आएको थियो । सो भवन हाल जिल्ला समन्वय समिति रोल्पाले जिम्मा लिएको छ । उसले कृषि क्याम्पसलाई भोग गर्न दिएको छ । त्यसमा प्राकृतिक श्रोत व्यवस्थापन कलेज माडीचौरका प्रीन्सिपल बस्ने गर्छन् ।

लामो समयदेखी पर्यटकीय चहलपहल भईरहेको रुकुमपूर्वमा समेत अझै एकीकृत पर्यटन सूचना स्थापना भएको छैन । देशकै कान्छो जिल्ला भएका कारण धेरै संरचना वन्न वाँकी रहेको रुकुमपूर्वमा पर्यटकको अभिलेख राख्ने वा सूचना आदानप्रदान गर्ने एकीकृत पर्यटन सूचना केन्द्र स्थापना भएको छैन, रुकुमपूर्वका मैत्या घर्तीमगरले भने । जिल्लाको पर्यटनको समग्र जानकारी दिने सुचना केन्द्र भए पर्यटकलाई सजिलो हुने घर्तीमगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?