ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

नवलपुर, २० चैत ।

घरमै सुत्केरी हुने पुरानो पराम्परालाई छाड्दै पुर्वी नवलपरासीको ग्रामीण भेगका महिलाहरु सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् ।

गाउँ घरमा समेत स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिलाहरु हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्था जान थालेका हुन् ।

जिल्लाको उत्तरी पहाडी भेगका महिलाहरु घरमै सुत्केरी हुने गरेकोमा अहिले ९२ प्रतिशत महिलाहरु सुत्केरी हुन स्थास्थ्य संस्थामा जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पुर्बी नवलपरासीले जनाएको छ ।

घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा जाँदा हुने फाईदाको बारेमा महिलाहरुलाई बढी जानकारी हुन थालेपछि स्वास्थ्य संस्था जाने गरेको बुलिङटार स्वास्थ्य शाखाका प्रमुख अशोक कुमार श्रेष्ठले बताए ।

तराई भेगका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको पहुँच रहे पनि जिल्लाको पहाडी दुई गाउँपालिका बुलिङटार बौँदीकालीमा रहेका स्वास्थ्य संस्थामा अझै पनि स्वास्थ्यकर्मीको अभाव हुँदा स्थानीयले धेरै समस्या झेल्नु परेको बौदीकालीका ओम सारुले बताए ।

धेरै सयमदेखि पहाडका अधिकांश स्वास्थ्य चौकीहरु कार्यालय सहयोगीको भरमा चल्दै आएका छन् । बिरामीहरुले गाउँमै स्वास्थ्य सेवा पाउन नसकेपछि स्थानीयहरु कावासोती, गैडाकोट, चितवन लगायतका स्थानमा उपचार गराउन आउन बाध्य छन् ।

अहिले ठाउँ ठाउँमा बर्थिङ सेन्टर खुले पनि भरपर्दो बन्न थालेपछि पालिकाले गाउँकै स्वास्थ्य सँस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने गरेको बुलिङटार ४ का वडाध्यक्ष मिनबहादुर आले मगरले बताए । बिगत दुई बर्ष यताको तथ्याँकमा पालिकाका बर्थिङ सेन्टरमा सुत्केरी गराउन जानेको सँख्या ६० प्रतिशतले बढेको पालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?