© २०२३
बुटवलको कान्ति माविमा शिक्षकले विद्यार्थी कुटेका छन् । कक्षा १२ मा अध्ययनरत विज्ञान समूहका विद्यार्थी मनिष गिरीलाई शिक्षक महेश भट्टराइले कुट्दा गिरीको दायाँ कानमा असर पुगेको छ । उनले बुटवलको जनभावना हेल्थ क्लिनिकमा कानको उपचार गराइरहेका छन् । कुटिएका विद्यार्थी मनिषलाई पुस्तकालयबाट कक्षामा गएपछि शिक्षक भट्टराइले प्रश्न सोध्दै कुटपिट गरेको विद्यार्थीहरू बताउँछन् । शिक्षक भट्टराइले हानेको थप्पड कानमा लागेपछि आफू रन्थनिएको मनिष बताउँछन् ।
कानमा लागेपछि घोप्टिपरेका उनलाई केहीबेरपछि शिक्षकले पुनः हातमा रहेको पुस्तकले हान्दा कानमा लागेको थियो । शिक्षकको कुटाइबाट कान सुन्निएको मनिषको भनाइ छ । विद्यार्थीहरूका अनुसार ती शिक्षकले कक्षामा सधैजसो विद्यार्थीहरूलाई प्रश्न सोध्दै कुट्ने गर्दछन् ।
कुटपिटपछि विद्यालय प्रशासन, विद्यार्थीको रोहबरमा शिक्षकले उपचार गरिदिने सहमति भएपछि घटना बाहिर आउनबाट रोकिएको थियो । विद्यालयको विज्ञान समूहका संयोजक केदार ज्ञवालीले विद्यार्थीमाथि शिक्षकबाट कुटपिट भएको स्वीकार गरे । ‘गलत नियतले सरले त्यस्तो गर्नुभएको त होइनहोला’, ज्ञवालीले भने–‘विद्यार्थी र शिक्षकलाई राखेर कुरा मिलेको छ ।’ उनले अबका दिनमा गल्ती नदोहो¥याउनका लागि शिक्षकलाई सुझाव दिइएको बताए ।
विद्यार्थी मनिष गिरीले डाक्टरले हप्तादिनको औषधी दिएको र अहिलेसम्म उपचारमा करिब दुई हजार खर्च भएको बताए । कानको उपचार खर्च शिक्षकले व्यहोेरिदिने सहमति भएको उनको भनाइ छ । आफ्नो उपचार सरले गरिदिने भन्दा पनि विद्यालयमा यस्तो घटना हुन नहुने र नदोहोरिनका लागि विद्यालय प्रशासनसँग आफ्नो माग रहेको उनले बताए