ट्रेंडिंग:

>> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै

मूल्यबृद्धि नियन्त्रणमा छैन चासो

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

पछिल्लोपटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । महँगीको मारमा दैनिक काम गरेर खाने श्रमिक मजदुरमाथि परेको छ । एक वर्षकोबीचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले बढेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार चामल, आटा, मैदा, बिस्कुट, दाल, गेडागुडी, चिउरालगायतका सामानमा २० प्रतिशतसम्म भाउ बढेको छ । अधिकांश खाद्य वस्तुको भाउ महँगो भएकाले उपभोगमा समेत असर पर्दै ठूलो ह्रास आएको छ । उता एक वर्षको बिचमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायतका सबै वस्तुको भाउ बढेको छ । बजार महंगो हुँदापनि सरकारसँग बजारको वास्तविक मूल्य जानकारी नहुँदा कालाबजारीयाको हातमा बजारको नियन्त्रण गएको छ । उता नेपाल आयल निगमले समेत एकै महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । मूल्यबृद्धिको असर अव हरेक वस्तु र सेवामा परेको छ । त्यसै त बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छ । सामानमा कालोबजारी भएको छ भने अस्वाभाविक रूपमा मूल्य बढेको छ । मूल्य नियन्त्रणमा सरकारले अहिलेदेखि नै सकृयता नदेखाउने हो भने बजार नियन्त्रणभन्दा बाहिर जाने निश्चित छ । नेपाल राष्ट्र वैंकले समेत यो वर्ष महंगी बढ्ने प्रक्षेपण गरेको छ । विगतमा कोरोनाको प्रभावले बजार थप अस्थीर र अन्यौलग्रस्त वनेको थियो । राष्ट्र वैंकले एक महिनाअघि सार्वजनिक गरेको आर्थिक सुचकांकमा महंगी बढीमा पाँच प्रतिशतमा सीमित गर्ने योजना रहेको जनाएको थियो । तर, विश्व बजारमा भैरहेको उथलपुथलले अन्ततः नेपाली जनता महंगीको कडा मारमा पर्न विवस भएका छन । वस्तुको मुल्य नियन्त्रण सरकारको दायित्व हो तर सरकारले त्यहीरूपमा काम गर्न नसक्दा अहिले हरेक बस्तुको मुल्य नियन्त्रण बाहिर गएको छ ।

उपभोक्ता अधिकारकर्मीहरूले पछिल्लोसमय बजारमा १० देखि २० प्रतिशतसम्म मूल्य बृद्धि भएको जनाएका छन । पछिल्लोपटक एकै महिनामा दुईपटक पेट्रोलियमको मूल्यबृद्धि भएका कारण उपभोग्य वस्तुको मूल्य बढ्नु स्वाभाविक छ । किनभने पेट्रोलियममा मूल्यबृद्धि हुँदा त्यसको प्रत्यक्ष असर बजारमा पर्दछ । यस्तो अवस्थामा पनि व्यापारी तथा वस्तुको उत्पादकले एकातिर गुणस्तर त अर्कोतिर मूल्यमा एकरूपता कायम राख्न सकिरहेका छैनन् । यो गंभीर विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने हो । बजारमा अहिले कुनैपनि बस्तुको मूल्य छोइनसक्नु छ । नेपाली जनता महंगीको मारमा पर्दा समेत सरकार रमिते वन्नु दुःखद विषय हो । त्यसमाथि पछिल्लोपटक पेट्रोलियममा भएको बृद्धिले आम उपभोक्तालाई प्रभावित वनाउने निश्चित छ । सरकारले समेत पेट्रोलियम मूल्य नियन्त्रणमा ध्यान दिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारोहण लगत्तै मूल्य बृद्धि नियन्त्रणको प्रयास गरेपनि त्यसले निरन्तरता पाउन सकेन । अन्ततः फेरीपनि आयल निगमले तेलको मूल्यमा बृद्धि गरेको छ । यसको असर आम उपभोक्तासम्म परेको छ । अहिले खाद्यान्नमात्रै होइन, तरकारीको मूल्यमा समेत बृद्धि भएको छ । पेट्रोलियममा भएको मूल्यबृद्धिले ढुवानी भाडा बढ्ने हुँदा मूल्यबृद्धि हुन स्वाभाविक हो । सरकारले त्यसमा ध्यान दिनुपर्ने हो तर सरकार समेत आयल निगमले लगातार मूल्य बढाउँदा चुप छ । सरकारले कुनै प्रतिकृया दिएको छैन । उता पेट्रोलियममा मूल्य बढ्दा विद्यार्थी संगठनहरू आन्दोलित हुन छोडेका छन । यो पनि चिन्ताको बिषय हो । यो अवस्थामा सरकारलाई मूल्य बृद्धि गर्न हौसला बढेको छ । उपभोक्तालाई राहत दिने सरकारको प्रतिवद्धता भाषणमै सीमित भएको छ । सरकार जनताप्रति थोरैपनि जवाफदेही र जिम्मेवारी छ भने मूल्यबृद्धि नियन्त्रणमा ध्यान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?