ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

पैदल हिँडेर रुकुम–काठमाडौं

२९ श्रावण २०७५, मंगलवार
२९ श्रावण २०७५, मंगलवार

कहाँ पहाडी क्षेत्र रुकुम अनि कहाँ काठमाडौं । मान्छेहरू गाडिमै आवतजावत गर्दा पनि टाढा रहेछ भनेर भन्छन् र हवाईजहाजको छोटो यात्रा तय गर्छन् । यस अवस्थामा कोही रुकुम देखि काठमाडौंसम्म पैदल हिँडेर आउनेजाने गर्छ भनेर सुन्दा पत्यार नलाग्न पनि सक्छ । किनकी यो सहजै सम्भव छैन । तर यहि असम्भव भनिएको बिषयलाई सम्भव बनाउन धेरै पटकको प्रयोगमा सफल भएका छन् रुकुमकै एक युवा ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ६ सेरिगाउँका २८ बर्षिय दर्गाबहादुर बुढा तिनै युवा हुन् जो रुकुम–काठमाडौं हिँडेरै आवतजावत गर्छन् । त्यो पनि एक पटक मात्रै होइन, पटकपटक । प्राकृतिक सुन्दरतालाई नियाँल्दै पैदल यात्रा गर्न मन पराउने यी युवा पहिलोपल्ट आजभन्दा ९ बर्ष अघि २०६५ सालमा पाल्पा पढ्न गएका बेला फर्कदा एक्लै पाल्पादेखी रुकुम सम्म पैदल यात्रा गरेपछि उनलाई यस यात्राले ठुलो पे्ररणा मिल्यो । हिँड्नुपर्छ, हिँडेपछि धेरै चिज–वस्तुसंगको सामिप्यता बढ्छ भन्ने सिकाई ग्रहण गरेका बुढालाई यसपछिका सबै यात्राहरूमा यहि एउटा यात्राले सहयोग ग¥यो । त्यसपछि २०६७ सालमा पहिलोपल्ट उनले रुकुम देखी काठमाडौं र काठमाडौं देखी रुकुम सम्मको सफल यात्रा गरेपछि उनलाई थप प्ररणा मिल्यो । काठमाडौंसम्मको बाटो हिँडेरै छिचोलेका उनलाई रुकुमदेखी नजिकका अन्य क्षेत्रमा जान कुनै कठिनाई छैन । यसरी बिभिन्न पटक गरी चार–चार पटक सम्म बुढाले रुकुम–काठमाडौंको पैदल यात्रा गरिसकेका छन् । हतारमा यात्रा गर्नुपर्ने वा चाँडै गन्तव्यमा पुग्नुपर्ने अवस्था बाहेक अन्य बेला भने उनी हिँडेरै यात्रा गर्छन् ।
रुकुम देखि काठमाडौं सम्मको यात्रा गर्दा रुकुम पश्चिमको मुसीकोटबाट पुर्वको रुकुमकोट हुँदै बाग्लुङ बाट पोखरा, तनहूँको आवुखैरेनी, गोर्खाको आरुघाटबाट धादिङबेशीको बाटो भएर पाँच दिनमा रुकुमदेखी काठमाडौं पुग्न सकिने पहिलो रुट छ । त्यस्तै अर्को रुट छ, मुसीकोटबाट रुकुमकोट, बाग्लुङको बुर्तिाबाङ हँदै कालिगण्डीको तिरतिरै भएर गुल्मीको तम्घास, पाल्पाबाट पोखरा हँुदै तनहुँको आवुखैरेनीबाट अघिकै बाटो भएर काठमाडौं पुग्न सकिन्छ । यो अघिको रुटभन्दा केही लामो भएको बताउने बुढाले रुटबाट काठमाडौं जान ७ दिन लाग्ने बताए । यसरी यात्रा गर्दा आफुलाई अपार आनन्द महसुस हुने उनको भनाई छ । यसरी पैदल यात्रा गर्ने उनको रहर रहरमा मात्र सिमित नरहेर खेलाडीका रूपमा परिचय बनेको छ । यतिबेला उनी रुकुमका एकमात्र र नेपालका टप ‘अल्ट्रा धावक’ का रूपमा आफ्नो परिचय बनाइसकेका छन् ।
नेपालमा आयोजना हुने बिभिन्न म्याराथन प्रतिस्पर्धामा भाग लिएर अब्बल ठहरिएका यी युवाले हिँड्नु र दौडिनुलाई नै आफ्नो जीवनको लक्ष्य राखेर अन्तर्राष्ट्रिय स्तरका स्पर्धामा भाग लिएर देशको नामलाई उँचो बनाउन लागिपरेका छन् । विगत दुई बर्षयता अल्ट्रा धावकका रूपमा बिभिन्न प्रतियोगितामा भाग लिएको अनुभव अल्ट्रा धावक दुर्गाराज बुढासंग छ । पहिलोपल्ट ८० किलोमिटर लामो काठमाडौं ट्रेल रेश सिरिज–२०१५ मा भाग लिएर ६४ जना प्रतियोगीलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेका उनले त्यसपछि सगरमाथाको वेश क्याम्पदेखि नाम्चेबजारसम्म जम्मा ६० किलोमिटर लामो तेन्जिङ हिलारी एभरेष्ट म्याथन दौड–२०१६ मा १३० जना प्रतियोगीलाई पछि पार्दै चौथो स्थान हासिल गरे । त्यससंगै बुढाले ४२.१९५ किलोमिटर लामो रियल काठमाडौं म्याराथन दौड–२०१७ मा पनि भाग लिएर उष्कृष्ट १० जनामा पर्न सफल भए । यसबाहेक बिभिन्न पटक आयोजना गरिएका क्षेत्रिय र जिल्ला स्तरिय प्रतियोगितमा पनि आफ्नो खेल–कौशल पर्दशन गरेर प्रथम स्थान हासिल गरिसकेका छन् । स्नातक तह सम्म पढेका उनलाई यो खेलामा भविष्य छ भन्ने पुर्ण विश्वास छ र उनि रमाएर यो खेल खेलिरहेको बताउँछन् । ‘सुरुमा त घरपरिवारलाई यो पनि खेल हो र यसमा पनि भविष्य छ भन्ने कुरा मनाउन धेरै गाह्रो भयो । तर अब भने बिस्तारै बुझ्दै हुनुहुन्छ र मलाई सक्दो हौसला प्रदान गरेर अगाडी बढ्न प्रेरणा दिईरहनुभएको छ ।’ धावक बुढा उत्साहित हुँदै भन्छन्, ‘मलाई प्रकृतीले तान्यो र म यस खेलमा आकर्षित भएँ । अब यहि खेलबाटै वल्र्ड च्याम्पियन बन्न लागिपरेको छु । हिँड्नु नै मेरो जीवनको सबैभन्दा ठूलो लक्ष्य हो । म निरन्तर हिँडिरहन्छु ।’

आफु हिडेको–दौडेको देखेर अरूले पनि सिक्न सकुन् भन्ने चाहेका उनि अहिलेसम्म त रुकुममा डाडाँकाडाँहरूमा एक्लै तालिम गरिरहेका छन् । अबभने अरूले पनि आफुले जस्तै यो खेलमा भाग लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ । धावक बुढा अबको केही दिनमा ६५ किलोमिटर लामो मानसरोवर अल्ट्रा रेश र १ सय ६५ किलोमिटर लामो नेपाल–भारत सिमानामा रहेको गोकियो कालापथ्थरमा आयोजना हुने अल्ट्रा रेशमा भाग लिन जाने योजनामा रहेको समेत उनले बताए । हिड्नु स्वास्थ्यका लागि जरुरी रहेको र स्वास्थ्य नै सबैभन्दा महत्वपुर्ण सम्पती रहेको अनुभुत गरेका उनी आफु हिडेकै कारण पुर्ण स्वस्थ र फर्तिलो भएको दावी गर्छन् र अरूलाई पनि सकेसम्म हिड्न र स्वस्थ जीवन वाच्न अनुरोध गर्छन् ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission