ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

त्रिभुवन बहुमुखीमा दलीय हस्तक्षेप शिक्षण सहायक नियुक्तिमा भागवण्डा

२८ श्रावण २०७५, सोमबार
२८ श्रावण २०७५, सोमबार

कुनै समय पश्चिम नेपालको जेठो र बुढो शैक्षिक संस्थाका रूपमा स्थापित भएको त्रिभुवन बहुमुखी क्याम्पस यतिखेर थलै पर्न लागेको छ । शिक्षण संस्थामा राजनीतिक ठाडो हस्तक्षेप भएका कारण प्राज्ञिक व्यक्ति उत्पादन गर्ने शिक्षण संस्था थला परेको हो । शिक्षण संस्थामा नियुक्ति गरिने आंशिक प्राध्यापक पद र प्रशासनिक क्षेत्रमा नियुक्ति गर्दा दलिय भागबण्डामा भर्ना गर्ने प्रवृत्तिका कारण काठमाडौंको किर्तिपुरको संज्ञा दिइने त्रिभुवन बहुमुखी क्याम्पस यतिखेर दलिय हस्तक्षेपका कारण प्रतिदिन बिद्यार्थी बिहिन अवस्थामा बन्न पुगेको छ ।
केही दिन अगाडि गरिएको विज्ञापन अनुसार शिक्षण सहायक नियुक्ति प्रक्रिया व्यवहारिक, निष्पक्ष र पारदर्शी नभएको भन्दै बिद्यार्थीहरू आन्दोलित हुन लागेका छन् । गत चैत २८ गते विभिन्न संकायमा जम्मा २२ जना शिक्षण सहायकको विज्ञापन प्रकाशन गरी लिखित र अन्तरवार्ताको माध्यमबाट छनोट गर्ने सूचना जारी गरेपनि लिखित परीक्षा नगरिएकाले बिद्यार्थीहरू आन्दोलनको तयारीमा पुगेका हुन् ।
क्याम्पसले साउन ४ गते प्रकाशन गरेको नतिजा दलीय भागवण्डामा आधारित रहेको, छनौटको माध्यम व्यवहारिक र निष्पक्ष प्रक्रियाको नभएको भन्दै अखिल छैठौं र अनेरास्ववियु क्रान्तिकारीले ध्यानाकर्षण गराइसकेका छन् । प्रक्रियाप्रति असन्तुष्ट पक्षले अख्तियारमा उजुरी दर्ता गरेका छन् भने सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको छ ।
क्याम्पसले लिखित प्रक्रिया नगरी कक्षा अवलोकनलाई मात्र आधार मानेको, अन्तरवार्तामा ठूलो जमात बसी अव्यवहारिक बनाइएको, अनुभवीलाई किनारा लगाउँदै, उच्च प्राप्ताङ्क ल्याउनेलाई छनौट नगरी ५÷६ पटक परीक्षा दिएर उत्तीर्ण हुनेलाई मान्यता दिएको, दलका प्रतिनिधिको दबाबमा अनुकूल व्यक्तिलाई आश्रय दिएको लगायतका विषयलाई लिएर असन्तुष्ट पक्ष विरोधमा उत्रिएका हुन् ।
आखिल छैटौ र अनेरास्ववियु क्रान्तिकारीले पत्रकार सम्मेलन गरी क्याम्पसले विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलवाड गरेको जनाएका छन् । अनेरास्ववीयु क्रान्तिकारीका अध्यक्ष मुक्ती गैरेले राजनीतिक हस्तक्षेप र दलीय भागवण्डाका आधारमा शिक्षण सहायक नियुक्ती गरिएकोले यो प्रक्रिया बदर गर्न माग गरेका छन् । उनले क्याम्पसलाई विधि र प्रक्रिया अनुसार नतिजा निकाल्न आग्रह गरेका छन् ।
यस्तै अखिल छैठौंका अध्यक्ष पुरन पोखरेलले शिक्षण सहायकको नियुक्तिको खारेजीको मागसहित ४ बुँदे माग क्याम्पस प्रशासनमा राखिने बताए । विरोध जनाएका दुवै विद्यार्थी संगठनले क्याम्पसमा विद्युतीय हाजिरी जडान, जीर्ण भवनको पुनः निर्माण र शैक्षिक क्यालेण्डर, शैक्षिण प्रणालीको पाठ्यक्रम लागू गर्न समेत माग गरेका छन् । क्याम्पस प्रमुख जीवनबहादुर थापाले भने यसबारे आफू आधिकारिक रूपमा जानकार नभएको बताए । ‘आन्दोलनबारे म कहाँ आधिकारिक जानकारी प्राप्त छैन । मैले मिडियाबाट थाहा पाएको हुँ । उनले भने–‘विद्यार्थीहरूको केही गुनासो आधिकारिक रूपमा आए छलफलपछि निकासमा लाग्नेछौं ।’
उता नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरिबोल भट्टराईले दलका समर्थनका विद्यार्थी छनौट भएको हल्ला निराधार भएको बताए । ‘एउटा कुनै दलमा आस्था राखेर विद्यार्थी साथीहरू हिजोको दिनमा राजनीतिक गरेकै आधारमा भागवण्डामा आए भन्न मिल्दैन ।’ उनले भने –‘प्रतिस्पर्धामा जानेहरू भन्दा विद्यार्थी राजनीतिमा संलग्न साथीहरूकै क्षमता, योग्यता बढी भएको कारणले छनौट गरिएको हो ।’ उनले क्याम्पस प्रशासनलाई व्यवस्थित र मर्यादित बनाउन क्याम्पसमा अझै पनि थुप्रै प्राध्यापक र कर्मचारी आवश्यक रहेको बताए ।
वैकल्पिकमा छनौट गरिएका प्राध्यापकहरूले भने उच्च अंक प्राप्त गर्ने प्राध्यापकलाई पाखा पारेर ५÷६ पटक परीक्षा दिएर उत्तीर्ण कोरा व्यक्तिलाई भर्ती गरिएको जनाएका छन् । आफ्नो नाम उल्लेख नगरीदिने शर्तमा भने आफूहरूको उच्च शैक्षिक योग्यताको उपेक्षा गर्दै बैकल्पिकमा नतिजा प्रकाशित गरेर घाइते तुल्याएको बताए । ‘हामीलाई मानसिक रूपमा घाइते बनाइएको छ । सामान्य घरधन्दा गरेर बस्ने व्यक्तिलाई नियुक्ति दिने अनि हाम्रो योग्यता, अनुभव र प्रस्तुतीमा अंकुश लगाउने यो सरासर सुनियोजित छ,’ उनले भने ।
यस्तै प्रकाशित नतिजाप्रति ?ष्ट रहेका आवेदकहरूले क्याम्पसमा अन्तर्वार्तालाई कर्मकाण्डी प्रक्रियाको मात्र बनाइएको जनाए । प्याव्सुका केन्द्रीय महासचिव चन्द्रकान्त न्यौपानेले भने ‘बुढी मरेर भन्दा काल पल्केकोमा चिन्ता हो ।’ उनले भने– हामी व्यक्ति भन्दा पनि गलत विधि र प्रवृत्ति हटोस भन्ने चाहन्छौं । विरोध पनि यसैका लागि गरेका हौं ।’ उनले क्याम्पसले दलीय दबाबकै कारण अप्ठेरोमा परेर लामो समय लगाएर नतिजा बाहिर ल्याएको जनाए ।
क्याम्पसमा दुई संगठनका विद्यार्थीहरू आन्दोलनमा छन् भने आन्दोलन बाहिर रहने विद्यार्थी संगठनका नेताहरू नै आंशिक शिक्षण सहायकका रूपमा छनोट भएका छन् । नेविसंघ, अखिल र अखिल क्रान्तिकारी (पूर्वमाआवादी केन्द्र) निकट विद्यार्थी नेता नै आंशिक शिक्षक सहायकमा छनोट पर्नेहरू पार्टीको भातृ संगठनको अध्यक्ष, पार्टीको जिल्ला कार्य समितिको सदस्य जस्ता व्यक्तिहरू हुन् ।
आन्दोलित विद्यार्थीहरूले राजनीतिक भागवण्डा अनुसारको शिक्षक सहायक (आंशिक) नियुक्ती तत्काल खारेज गरी पुनः विज्ञापन आह्वान गरी पदपूर्ति गर्न माग गरेका छन् । उनीहरूले शैक्षिक क्षेत्रको समस्याबारे बोल्नु ज?री रहेको जनाउँदै विद्यार्थी संगठनका नेताहरू नै व्यक्तिगत लोभ लालचमा लागेकोले क्याम्पसलाई राजनीतिक आरोप लागेको बताएका छन् ।
यसैबीच क्याम्पसमा भएको दलीय भागवण्डा, अव्यवहारिक नियुक्ती प्रक्रियाबारे असन्तुष्ट पक्षले अख्तियारमा उजुरी दर्ता गरेका छन् । उजुरी दर्ता गर्ने मध्येका एकले जानकारी दिए अनुसार गलत विधि र प्रक्रियाबारे आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म पुगरै भएपनि गलत हर्कत रोक्ने जनाउ दिए । उनले लामो शैक्षिक इतिहास बोकेको त्रि.ब.क्या.पाल्पालाई राजनीतिको अखडा बनाई शैक्षिक गुणस्तर र शाख गिराउन उद्देलित रहनेहरूलाई सचेत गर्न आफूले अख्तियारमा उजुरी दर्ता गर्न लागेको बताए । उनले दलका नेताहरूले नै फलानो–फलानो भन्दै व्यक्ति चयन गरेकोले नियुक्ति प्रक्रिया पारदर्शी र प्रक्रियासंगत नभएको हो । यस अगाडि पनि क्याम्पसमा कर्मचारी नियुक्ति गर्दा प्रक्रिया नपुगेको भन्दै बुटवल टुडेमा समाचार प्रकाशित भएपछि अख्तीयार दुरूपयोग अनुसन्धान आयोगले कागज पत्र नियन्त्रणमा लिएको थियो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission