© २०२३
जिल्ला बन कार्यालयले गत आर्थिक बर्षमा बन पैदावार आपूर्ति समिति मार्फत काठ आपूर्ति गरेर चार करोड भन्दा बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा कुल ४ करोड १५ लाख ४३ हजार रुपियाँ राजस्व संकलन गरेको हो ।स्थानीय उपभोतmालाई काठ दाउरा वितरण गर्दा न्युनतम शुल्क र मुल्य अभिवृद्धिकर (भ्याट) गरि सो रकम संकलन भएको जिल्ला बन कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी भिम पौडेलका अनुसार दैवि प्रकोपमा परेका ६९ जना,घरकाजका लागि ८ सय ३३ जना, २० वटा विभिन्न संघ सस्था र विकास निर्माणका लागि ४ जनालाई काठ उपलब्ध गराइएको थियो । उनीहरूलाई कुल ३७ हजार ९ सय घनफिट काठ उलब्ध गराइएको थियो । जस्मा ए ग्रेडको १७ हजार ६ सय २८,बि ग्रेडको ११ हजार २१ र सी ग्रेडको ९ हजार २ सय ५० घनफिट काठ वितरण गरिएको थियो । त्यसै गरि नम्बरी अवादीका काठ कटानी गर्दा १७ लाख ५७ हजार ५ सय ४५ रुपिया राजस्व पनि संकलन भएको कार्यालयले जानकारी गराएको छ । नम्बरी आबादीको काठ बिक्री हुँदा त्यस वापतको भ्याट रकम असुल हुदा सो राजस्व संकलन भएको अधिकारी पौडेलले जनाए । जिल्लामा काठ दाउरा जस्ता बन पैदावार आपुर्तिमा नम्बरी अवादीले पनि ठूलो योगदान पुर्याएको उनले बताए । पौडेलका अनुसार सबै भन्दा बढि सिसौ जातको काठ ३८ हजार ३ सय २८ घनफिट,आप ७ हजार १ सय ३५,टिक ४ सय ५६,सिमल ९ हजार १ सय ३२ र जामुन ५ सय १० र अन्य १४ हजार ५ सय ६६ घन फिट गरी कुल ७० हजार १ सय २९ घनफिट काटको छोडपुर्जि जारी गर्दा सो राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।