ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

चौध महिनादेखि विमानस्थल ठप्प

२७ श्रावण २०७५, आईतवार
२७ श्रावण २०७५, आईतवार

रुकुम पश्चिम स्थित चौरजहारी बिमानस्थल अझैसम्म सुचारु हुन सकेको छैन । नेपाल वायु सेवा निगमसँग पर्याप्त मात्रामा जहाज र पाइलट नभएको भन्दै गतवर्षको जेठ महिनादेखि यस विमानस्थलको हवाइसेवा बन्द गरिएको हो ।  लामो समयदेखि हवाई सेवा नियमित नहुँदा रुकुम लगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका यात्रुहरू मर्कामा परेका छन् । अनिश्चित समयका लागि बन्द भएको हवाई सेवाका कारण जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा बृद्धबृद्धाहरू बढि मारमा परेका छन् । १४ महिना बितिसक्दा समेत यहाँको हवाई सेवा सुचारु नहुँदा स्थानीयबासीहरू चिन्तित हुँदै उक्त सेवालाई तत्काल सुचारु गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गर्दै आएका छन् । नेपाल वायु सेवा निगम चौरजहारीका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले जहाज र जनशक्ति कम भएकाले चौरजहारी विमानस्थलमा हवाईसेवा बन्द भएको जानकारी दिए । तत्काल चौरजहारीमा हवाई सेवा सञ्चालन हुने कुनै जानकारी नभएको उनले बताए । देशका देश नमुना शहरको रूपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखि हवाई सेवा बन्द हुनुले स्थानीय जनप्रतिनिधिलाई समेत अन्योलमा पारेको छ । नगरपालिकाको मातहतमा हवाई सेवा नपर्ने भएकाले बन्द हवाई सेवालाई सुचारु गर्न जिल्लाका निर्वाचित सांसद, मन्त्री तथा अन्य नेतालाई आग्रह गरिएको नगरपालिकाका प्रमुख विशाल शर्माले बताए । नियमित हवाई उडानका लागि गुनासो अनुसारको काम र पहल भने कसैबाट हुन नसकेको उनले दुःखेसो गरे । वि.सं. २०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थलको २०७० सालमा धावनमार्ग स्तरोन्नति सहित कालोपत्रे गरिएको थियो । हवाई सेवा ठप्प हुँदा विमास्थलमा खटिएका सुरक्षाकर्मी र कर्मचारी कामविहीन हुनुका साथै विमानस्थल सुनसान बनेको छ । हवाईसेवा अवरुद्ध हुनअघि यहाँबाट हप्तामा एकदिन नेपालगञ्ज र एकदिन काठमाडौंका लागि उडान भर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?