ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

बेचबिखनका घटनामा कमी आएन

२६ श्रावण २०७५, शनिबार
२६ श्रावण २०७५, शनिबार

कपिलवस्तुमा कार्यरत संघसंस्थाले एक वर्षको अवधिमा २सय ७९ किशोरीलाई बेचिनबाट जोगाएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत शान्ति पुनस्र्थापना गृह र केआई नेपालले आर्थिक वर्ष २०७४।०७५ मा ती किशोरीहरुलाई उद्धार गरेका हुन् । गतवर्ष कपिलवस्तुमा कार्यरत संस्थाहरुले सीमा नाका तथा भारतबाट २३५ किशोरीहरुको उद्धार गरेका थिए । तर यसवर्ष थप ४४ गरी २७९ युवतीहरुलाई उद्धार गरेको तथ्यांक सार्वजनिक गरेका छन् ।गतवर्ष १२९ युवतीको उद्धार गरेको शान्ति पुनस्र्थापना गृहले यसवर्ष १५२ युवतीको उद्धार गरेको छ । भने केआई नेपालले गतवर्ष १०६ युवतीको उद्धार गरेकोमा यसवर्ष १२७ युवतीलाई आफन्तको जिम्मा लगाउन सफल भएको छ । गतवर्षको तथ्यांक हेर्दा मानव बेचविखन तथा ओसारपसारको घटना अझ बढ्दै गएको देखिन्छ । तर मानव बेचविखन विरुद्ध कार्यरत संघसंस्थाहरुले बेचबिखन तथा ओसार पसारका घटना रोक्न हरप्रयास गरेको दाबी गरेका छन् । सोझासाझा किशोरीहरुलाई बैदेशिक रोजगारीको प्रलोभन देखाई विचौलियाले भारततर्फ लैजाने क्रममा भारत तथा सीमाक्षेत्रबाट ती नेपाली किशोरीहरुलाई उद्धार गरी घर फर्काउन सफल भएको उनीहरुले जनाएका छन् । जिल्लाको कृष्णनगर सीमा क्षेत्रमा झण्डै एक दशकदेखि ती संघसंस्थाहरुले मानव बेचविखन, ओसारपसार तथा लैङ्गिक हिंसा विरुद्ध २४सै घण्टा सीमा निगरानी गर्दै आएका छन् ।अभिभावकको सल्लाहविना बैदेशिक रोजगारी वा विवाहको नाटक देखाई गैर कानुनी रुपमा किशोरीहरुलाई विचौलियाले भारत तथा तेस्रो मुलुक छिराउने गरेको संघसंस्थाहरुको प्रतिबेदनमा उल्लेख छ । शान्ति पुनस्र्थापना गृहको वार्षिक प्रतिबेदन अनुसार ३ हजार २ सय ५६ किशोरीलाई परामर्श दिएको छ । बेचबिखनमा परेकामध्ये ५ युवतीले बेचबिखन तथा ओसारपसार विरुद्ध प्रहरीमा मुद्धा दायर गरेका छन् । उद्धार गरिएकामध्ये ८२ जनालाई संस्थामार्फत परिवारको जिम्मा लगाएको संयोजक भूमिराज भट्टराईले जानकारी दिएका छन् । यस्तै ६८ जना किशोरीहरुलाई प्रहरीको जिम्मा लगाई सोधपुछपछि आफन्तलाई बुझाएको र दुई जनालाई पुनस्र्थापना केन्द्रमा राखी विभिन्न सीपमूलक कार्यमा लगाइएको संयोजक भट्टराईले जनाए ।मानव बेचबिखन मुक्त समाज निर्माणको परिकल्पना बोकी विगत एक दशकदेखि केआई नेपालले कृष्णनगरमा रही सीमा निगरानी गर्दै आएको छ । आर्थिक वर्ष २०७४।०७५ मा कृष्णनगर सीमानाका हँुदै भारततर्फ जाने २हजार बढी महिला तथा बालिकाहरुलाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए । केआई नेपालले उद्धार गरिएका १२७ चेलीहरुमध्ये १४ जनालाई सुरक्षित आवास गृह चितवन पठाइएको विश्वकर्माले बताए । आवास गृहमा चेलीहरुलाई जीवनप्रति सकारात्मक आशाहरु जगाई जीवन जीउन सक्षम र सबल बनाउन आयमूलक र नेतृत्वविकास कार्यक्रममा सहभागी गराएको विश्वकर्माको भनाई छ । नेपाल प्रहरीको सहयोगमा बिभिन्न समयमा बिचौलियाहरु नियन्त्रणमा लिई कानुनी दायरामा समेत ल्याएको उनले बताए ।जिल्लाको कृष्णनगर क्षेत्रमा कार्यरत संघसंस्थाहरु सीमा नाका, लिङ्कगेट र यात्रुगेटमा बिहानदेखि बेलुकासम्म सीमा निगरानीमा सक्रिय छन् । मानव बेचविखनका घटनामा न्यूनीकरण ल्याउन इलाका प्रहरी कार्यालय कृष्णनगर, अस्थायी प्रहरी चौकी लिंकगेट र सशस्त्र प्रहरीको पूर्ण सहयोग रहेको दुवै संस्थाका प्रमुखहरुले बताएका छन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission