ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

छाडा चौपायामा अल्झिए स्थानीय सरकार

२६ श्रावण २०७५, शनिबार
२६ श्रावण २०७५, शनिबार

बुढो तथा दूध दिन छोडेका गाईवस्तुहरू किसान र कृषि फारमले छाडा छोडिदिनाले टाउको दुखाईको विषय बनेको स्थानीय सरकारका प्रतिनिधिहरू बताउँछन् । यो समस्या दाङका शहरी क्षेत्र रहेका स्थानीय सरकारले बढी मात्रामा झन्झट व्यहोरिरहेका छन् । तर झन्झट व्यहोर्दा समेत स्थानीय सरकारहरूले यस बिषयमा ठोस योजना ल्याउन सकिरहेका छैनन् । घोराही उप महानगरपालिकाको बजार क्षेत्र, नारायणपुर, गोग्ली, खैरा तुलसीपुर उप महानगरपालिकाको बेलझुण्डी, हेमन्तपुर, विजौरी तथा बजार क्षेत्रमा छाडा गाईगोरुका कारण यातायात आवागमनमा समेत असर पुग्ने गरेको छ । त्यस्तै लमही, भालुबाङ, गढवा, हापुरे, सिसहनिया लगायतका बजारमा पनि छाडा गाईगोरुको संख्या बढ्दै गएको छ । जसका कारण स्थानीय सरकारहरूको टाउको दुखाईको बिषय बनेको हो । छाडा गाईगोरुले सवारी आवागमन तथा पैदल यात्रामा असहजता उत्पन्न गरेका छन् भने तरकारी पसल सञ्चालकहरूलाई पनि हैरानी बनाएका छन् । स्थानीय सरकारहरू सँग छाडा पशुहरूलाई राख्न कान्जीहाउस नहँुदा छाडा गाईगोरु नियन्त्रणमा लिन नसकेको स्थानीय सरकारहरूको भनाइ छ । गाईले दूध दिँदा सम्म र गोरुले जोत्दा सम्म पाल्ने त्यसपछि बजारमा छाड्ने प्रबृतिका कारण बजार क्षेत्रमा गाईगोरुको संख्या बढ्दै गएको घोराही उप महानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीले बताए । बजारमा देखिने गाईगोरुहरूलाई स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना समेत हुने गरेको छ । नागरिकहरूले आफ्ना गाईगोरु छाडा रूपमा सडकमा छोड्ने प्रबृत्तीका कारण स्थानीय सरकारले आलोचना खेप्नु परेको डाँगीको भनाइ छ । एकपटक घोराही उप महानगरले छाडा गाई गोरुलाई बजार क्षेत्रबाट पक्रेर उप महानगरपालिकाको काञ्जी हाउस पु¥याएको थियो । एक साताको समय दिएर आफ्ना गाईगोरु लैजाने उप महानगरपालिकाले अनुरोध समेत ग¥यो । तर एक साताको समयमा सात आठ वटा भन्दा अरू गाई गोरु लिन कोही नआएको डाँगीले जानकारी दिए । छाडा गाईगोरुलाई ब्यवस्थापन गर्ने सम्बन्धमा घोराही उप महानगरपालिकाले त्रिवेणी गाउँपालिका रोल्पाका एक स्थानीय बासीलाई पाल्ने सर्तमा ६० वटा गाईगोरु पठायो । तर त्यसको एक महिना नपुग्दै फेरी त्यति नै संख्यामा गाईगोरु लमही नगरपालीकाको रीहारमा रहेको बागरबावा मन्दिरमा पाल्ने सर्तमा समेत पठाएको बातावरण तथा विपद् ब्यवस्थापन समितिका अध्यक्ष डाँगी बताउँछन् । तर अहिले फेरी घोराही उप महानगरपालीकाको बजार क्षेत्रमा त्यति नै संख्यामा गाईगोरु बजारमा देखिन्छन् । छाडा गाईवस्तुको दिगो व्यवस्थापन गर्ने हो भने उप महानगरवासीको सोचमा परीवर्तन ल्याउन जरुरी देखीएको डाँगीले बताए । “स्थानीय सरकारले बजारमा भेटिने गाईगोरुलाई छोप्दै कतै लगेर छोड्ने काम गर्ने हो भने समस्याको समाधान हुदैन त्यसैले पशुपालक नगरवासीको सोच नै परीवर्तन गर्न जरुरी छ” डाँगीले भने । अहिले पनि बजार क्षेत्रमा भंैसी, राँगा कहि कतै भेटिदैन किन भने तीनिहरू त विक्रि हुन्छ । तर गाईगोरु मात्र भेटिनु भनेको आम्दानी दिन छोडेपछि व्यवस्थापन गर्न छाडा रूपमा छोडिएको स्थानीय सरकारको ठहर छ । “हिन्दू धर्म मान्ने मानिसहरू गाईलाई लक्ष्मिको रूपमा पुज्ने गर्छन् तर त्यहि लक्ष्मिलाई दुध दिन छोडेमा हेलागरी सडकमा छोडिदिन्छौ के यही हो त पुण्य” डाँगीले प्रश्न गरे ।अहिले स्थानीयतहहरू छाडा गाईगोरुको व्यवस्थापन भन्दा पनि गाईवस्तु छोड्ने मानिसहरूको खोजीमा रहेको बताउँछन् । कहि कतै कसैले सडकमा छोडेको भेटिएमा कार्वाही गरीने तुलसीपुर उप महानगरपालीकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए । “सडकमा छाडा गाईगोरुले आवत जावतमा समस्या परिरहेको छ त्यसको व्यवस्थापनको लागि तयारी गरीरहेका छौ भने दिर्घकालीन व्यवस्थापनका लागि छाडा छोड्ने व्यक्तिको पहिचानमा पनि लागेका छौ” मेयर पाण्डेले भने । त्यस्तै लमहि नगरपालीकाले पनि छाडा गाईगोरु व्यवस्थापनको लागि दिर्घकालीन समाधानको लागि काम भैरहेको जनाएको छ । स्थानीय सरकारका प्रतिनिधीहरूले छाडा चौपाया समस्याका बिषयमा सोचिरहेको, काम गरिरहेको र योजना बनाउन लागिरहेको बताइरहे पनि उनीहरूलाई ठोस योजना ल्याउन नसकेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission