ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

बाँझोपनको दिर्घकालीन समाधान खोजी

१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

नेपालीहरूमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । महिलाहरूमा बाँझोपनको समस्या मात्रै होइन पुरुषहरूमा समेत सन्तान उत्पादनको क्षमतामा कमी आउन थालेको छ । यो चिन्ताको बिषय हो । त्यसो त प्रजनन क्षमतामा कमी आउने धेरै कारण छन । धेरै मानिसमा आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिई आफू आर्थिकरूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने सोँचले पनि पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएको अवस्था देखिएको छ । खानपिनमा ध्यान नदिने, कामको चाप बढी हुँदा पर्याप्त निद्रा नपाउने र आजकाल धेरै दम्पती पहिला व्यक्तित्व विकास गर्ने चिन्ताले उमेरमै सन्तान जन्माउनेबारे नसोच्दा प्रजनन क्षमतामा क्रमिकरूपमा कमी हुन थालेको देखिएको छ । तीन बर्षअघि सुरु भएको कोभिड–१९ को महामारी, युद्ध या विविध कारणले विश्वव्यापीरूपमा भइरहेको आर्थिक मन्दीका कारण पनि प्रजनन क्षमतामा ह्रास आईरहेको अनुसन्धानले समेत देखाएको छ । यो पनि मानिसमा निःसन्तान बन्दै जाने एक कारण देखिएको छ ।

पछिल्लोसमय महिला र पुरुष दुवैमा बराबर निःसन्तानको समस्या देखिएको छ । चिकित्सकहरू नेपालमा निःसन्तान पुरुषका बारेमा कम अध्ययन गरिएको कारण महिलामा बढी समस्या भएको जस्तो देखिएको बताउँदै पुरुषहरूमा पनि निसन्तान हुने समस्या बढ्दै गएको तथ्यले यो विकराल समस्या बन्दै जाने अवस्था छ । महिलाको समस्यामध्ये करिब ४० प्रतिशतमा डिम्बाशयको फोकेरोग अथवा पोलिसिस्टिक रोगका कारण निःसन्तानको समस्याले पीडित रहेको अनुसन्धानले पुष्टी गरेको छ । यस बिषयमा नेपाल सरकार समेत गंभीर बन्नु जरुरी देखिएको छ । होइन भने नेपालले अहिले होइन, धेरै पछि जनसंख्यामाथिको बिचलन भोग्नुपर्ने अवस्था आउनेछ । चिकित्सकहरूले खाना गुणस्तरीय नखाने, पौष्टिक आहार नखाने जस्ता कारण पनि समस्या उत्पन्न भैरहेको देखिएकोले स्वयं दम्पत्तिहरूले समेत यो बिषयमा गंभीर हुनु जरुरी छ । पछिल्लोसमय टेष्टट्यूव वेवीको अवधारणा आएपनि त्यो आम सर्वसाधारण नेपालीको पहुँचमा छैन । किनभने त्यो धेरै खर्चिलो भएकोले सवै दम्पती त्यसको पहुँचबाट टाढै हुनुपर्ने अवस्था छ ।

प्रकृतिले नै स्वस्थ जोडीबाट २५ प्रतिशत स्वस्थ सन्तान उत्पादन गर्ने क्षमता दिएको छ । अन्य प्रविधि भने शत प्रतिशत सफल नहुने चिकित्सकहरूको भनाईले यो बिषय चिन्ताको बिषय हो भन्ने बुझ्न गाह्रो पर्दैन । चिकित्सा विधिमा सन्तान रोक्न विभिन्न खालका औषधिको व्यवस्था भएजस्तै निःसन्तानका लागि पनि औषधिको व्यवस्था भए त्यो धेरै प्रभावकारी हुने देखिन्छ । तसर्थ आगामी दिनमा यो चिन्ताको बिषय सम्वोधन गर्नेतर्फ सरकारको गंभीररूपमा ध्यान जानु जरुरी छ । यो आम समस्याप्रति राज्यले बेवास्ता गर्न मिल्दैन । राज्य जवाफदेही बन्नैपर्दैछ । सरकारले नीतिगत तहमै यो समस्या सम्बोधन गरेर निसन्तान वा बाँझोपनको दिर्घकालीन समस्या समाधानतर्फ पहल गरोस् । क्यान्सर, मुुटु, मृगौला जस्ता भयावह रोगले मृत्यु निम्त्याएजस्तै यो समस्याले मृत्यु होइन कि नेपालकै जनसंख्यामा असन्तुलनको अवस्था ल्याउने छ । अहिलेको होइन यसको असर आगामी एकसय बर्षमा देखिनेछ । त्यसै त विश्व ग्लोबलाईजेसनका कारण नेपालबाट विदेश बसाईसराई बढ्दै गएको छ, त्यसमाथि निसन्तान हुने समस्या बढेको अवस्थामा त्यसले अर्को बिसंगति नजन्माओस् भन्नेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने अवस्था आएको छ । सरकारले यो बिषयलाई प्राथमिकतामा राखोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?