© २०२३
देशको कानूनले दाईजोप्रथा कानूनी अपराध भएको ठहर गरेपनि कानूनकै रक्षक एक प्रहरी जवानले दाईजो नल्याएको निहुमा आफनो श्रीमतीलाई निर्घात रुपमा कूटपीट गरेका छन ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार तनहु जिल्लामा दरबन्दी भई रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं. १ सिपवा निवासी लोकेन्द्र नाउले आफनो श्रीमती २१ बर्षीया प्रियंका नाउलाई निर्घात कुटेका हुन ।
बुआ ईन्दल नाउले एकलाख नगद सहित एक थान मोटरसाईकल समेत उपलब्ध गराए पनि अरु धेरै दाईजो किन नल्याएको भनि श्रीमान,सासु,ससुरा समेत मिली सामुहिक रुपमा कूटपीट पश्चात पानी परिरहेको बेला राती आठ बजे घर निकाला गरेपछि आफू दिदी कहाँ रात बिताई न्यायका लागि प्रहरी समक्ष निबेदन दिएकी पीडित नाउले बताईन ।
सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनी सँग जानकारी लिन खोज्दा सहायक प्रहरी निरीक्षक सन्तोष बूढाथोकीले पीडितले ठाडो उजुरी दिएको आधारमा प्रहरी जवान नाउलाई बोलाई छलफल गराउदा निजले गल्ती स्वीकार गरेको बताए । पुनः नदोहरयाउने शर्तमा लिखित कागज गरि मिलापत्र गरिएको उनले जानकारी गराए ।
ईप्रका लुम्बिनी सप्रसनि बूढाथोकीले दाईजोकै निहुमा कूटपीट शारिरीक तथा मानसिक यातनाको घटना दोहोरिएमा मुद्दा प्रक्रिया मार्फत पीडितलाई कानूनी उपचार सेवा प्रदान गराउने प्रतिबद्धता समेत जनाए ।