© २०२३
प्रदेश नं ५ मन्त्रिपरिषदको वैठकले विभिन्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले वुटवलका विभिन्न संस्थाहरुलाई ५३ लाख अनुदान दिने निर्णय गरेको छ ।बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) लाई १० लाख, बालमन्दिरलाई दुई लाख र बुटवल महिला जेसीजलाई एक लाख गरी ५३ लाख अनुदान दिने निर्णय गरेको हो ।उद्योग वाणिज्य संघको हलमा प्रदेशसभा बैठक बस्ने गरिएको छ भने बीटीआईमा कर्मचारीका लागि आवास र बाल मन्दिर र जेसिसको कार्यालय प्रदेशसभा समितिहरूले प्रयोग गर्ने गरेका छन् । उनीहरूले आफूहरूका लागि बैकल्पिक व्यवस्था गर्न माग गरेका थिए तर, प्रदेश सरकारले तत्कालका लागि अनुदान दिने निर्णय गरेको हो ।
यस्तै प्रदेश मन्त्रिपरिषदको कार्यसम्पादनमा सहजता ल्याउन तीनवटा उपसमिति रहेको मन्त्रिस्तरिय समिति गठन गरिएको छ । राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक समाजिक तथा पूर्वाधार समिति गठन गरिएको सरकारका प्रवक्ता तथा भोतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए ।
प्रदेश योजना आयोगमा रहने सदस्यहरुका लागि उमेर हद ४० बाट ३५ वर्षमा झारिएको छ । मन्त्रिपरिषदले बिहीबारदेखि प्रदेश ५ संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णयसमेत गरेको छ । प्रदेश मन्त्रिपरिषदले दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तनका लागि गाउँसभाबाट स्वीकृत भएर आएको प्रस्तावलाई संघीय सरकारमा पठाउने निर्णयसमेत गरेको छ ।