ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्राविधिक शिक्षामा निम्तदै संकट

६ पुष २०८०, शुक्रबार
६ पुष २०८०, शुक्रबार

प्रि—डिप्लोमा तहको ईन्जीनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीको कोटामा विद्यार्थी अपुग भएपछि लुम्बिनी प्रदेशका प्राविधिक शिक्षालयले धमाधम प्राविधिक धारको कक्षा नै स्थगित गरेका छन् । लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटीईभिटी) अन्तर्गतका प्राविधिक शिक्षालय पठनपाठन हुने शिक्षालयहरूले जम्मा ६५ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न सकेका छन् । यति मात्रै होईन प्रि डीप्लोमा तर्फका कुल १ सय १० वटा शिक्षालयहरूले आफ्नो कार्यक्रम संचालन गरेका छन् भने ५१ वटा शिक्षालयले कार्यक्रम बन्द गरेका छन् । यसमा सबैभन्दा बढि बन्द हुनेमा कृषि तर्फ प्री डिप्लोमा तहको अध्यापन गराउने शिक्षालयहरू १३ वटाले कार्यक्रम छन् । कृषि तर्फको प्लान्ट साईन्स प्रि डिप्लोमा १३ वटाले कार्यक्रम स्थगीत गरेका छन् भने ३१ वटाले मात्रै चलाएका छन् । जसमा १२४० विद्यार्थी भर्ना हुने क्षमता रहेपनि जम्मा २ सय १४ विद्यार्थी शैक्षिक सत्र २०७९/८० मा भर्ना भए । भेट साईन्सतर्फ पनि ४०० जना विद्यार्थी कोटा रहेकोमा जम्मा ९८ जना मात्रै छन् ।
यो अवस्था सिभिल ईन्जीनियरिङ्ग तर्फ पनि ९ सय २० जना विद्यार्थी क्षमता भएपनि जम्मा २ सय ५२ ले मात्रै पढेका छन् । सर्भे ईन्जीनियरिङ्ग तर्फ पनि ८ वटा कार्यक्रम बन्द छ भने ९ वटामा ३६० जना विद्यार्थी पढ्न पाउने कोटा रहेकोमा १७६ जना मात्रै विद्यार्थी पढिरहेका हुन । कम्प्युटर ईन्जीनिरिङ्ग तर्फ पनि ७ वटा ले कार्यक्रम बन्द गरेका छन् । जसमा कुल ३६० विद्यार्थी बढ्न पाउनेमा १८३ जनाले मात्रै पढिरहेका छन् । शैक्षिक सत्र २०७९/८० मा कुल भर्ना क्षमता ४ हजार ५ सय ६० जना विद्यार्थी रहेपनि १५ सय ८८ जना विद्यार्थीले प्राविधिक धारको शिक्षा आर्जन गरेको पाइएको छ । डिप्लोमा तर्फ पनि कुल १९० शिक्षालयले कार्यक्रम चलाएकोमा १०२ ले त कार्यक्रम बन्द गरिसके । डिप्लोमा तर्फ ७ हजार ९ सय ९० जना विद्यार्थी भर्ना गर्न सकिने क्षमता भएपनि ४ हजार ३ सय ६८ जना मात्रै भर्ना भए ।

शिक्षालयहरूले प्राविधिक धारतर्फ पनि विद्यार्थी नपाउनु शिक्षा क्षेत्रमा देखिएको दुखद अवस्था हो । यसले नकारात्मक संकेत देखाएको छ । प्राविधिक शिक्षापछि स्वरोजगार भन्दा जागिरकै आश गर्नु तर स्वेदशमा जागिरका अवसरहरू नपाउनु, स्वरोजगार गर्न चाहनेलाई सरकारबाट सहयोग नहुनु, साधन स्रोतको अभाव हुनु, सबै वर्गका यूवालाई अवसर नहुनु, जनशक्तिको प्रक्षेपणवीना प्राविधिक शिक्षाका शैक्षिक कार्यक्रम चलाउनु, यूवा वर्गमा विदेश तर्फको मोह बढ्नु, गुणस्तमा ख्याल नगरिनु, म्यापिङ वीना प्राविधिक शिक्षालय खोलिनु लगायतका छन् । यसर्थ सिधा रूपमा प्राविधिक शिक्षामा देखिएको विद्यार्थी अभावको समस्याका कारण एकल छैनन् । यससँगै जोडिएर विषयहरू छन् । यसको समाधानका लागि सरकारले प्राविधिक शिक्षाको विषयमा अध्ययन र समिक्षा गर्न जरुरी छ । स्वरोजगार बनाउने कि रोजगारी दिने भन्ने विषयलाई टुङ्याउनुपर्छ । त्यस अनुसार नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुपर्छ । प्राविधिक शिक्षाको सैद्धान्तिक पक्षले मात्रै प्राविधिक शिक्षा कदापी सफल हुन सक्दैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?