© २०२३
प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले जडिबुटीको प्रसोधन र बजारिकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । उनले जडीबुटी निर्यातबाट मुलुक समृद्ध बन्नेमा कुनै पनि विकल्प रहेको बताएका थिए ।
किसानले उत्पादन गरेको जडिबुटी निर्यात गर्ने बातावरण मिलाउन नितीहरुलाई संसोधन गरेरै भएपनि व्यवस्था गर्ने उनको भनाई छ । नेपालका बनमा महत्वपुर्ण जडिबुटी भएपनि अनुसन्धान र ज्ञानका कमीका कारण खेर गइरहेको भन्दै सम्भावित बनलाई अनुसन्धान गरी कार्ययोजना बताउने उनले बताए ।
नेपाल जडिबुटी व्यवसायी संघ नेपालको आयोजनामा आज बुटवलमा भएको जडिबुटी क्षेत्रका विद्यामान समस्या तथा नितीगत पैरवी गोष्ठीमा बोल्दै सहभागिहरुले नेपालको जडिबुटी बाहिर पठाउन नितीगत रुपमै दुःख हुने बताएका थिए । बाहिर बाट आउने सामानहरु भन्सारको जाँचपासले नेपालभर लैजान मिलेपनि नेपालबाट जडिबुटी बाहिर लैजादा झन्झटिलो नितिगत व्यवस्थाका कारण निर्यात गर्न असहजिलो हुने गरेको उनीहरुले बताए ।
संघका केन्द्रीय अध्यक्ष नाबुव अन्सारीले बनमा जस्तै राज्यले जडिबुटीमा छुट्नै नियम बनाएर लगानी गर्नुपर्ने बताए । उनले मुल्य अभिबृद्धी र उत्पादनमुलक उद्योग स्थापनाका लागि निजी क्षेत्रको लगानी कम हुँदा पनि जडिबुटी उत्पादन र बजारीकरणमा समस्या भएको बताए ।
जडिबुटीको प्रबद्र्धनमा राज्यले प्रयाप्त बजेट नछुटाउने, निजी क्षेत्रलाई सहयोग गर्ने स्पष्ट निती नभएका कारण जडिबुटीको उत्पादन, बजारीकरण र प्रबद्र्धन हुन नसकेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका केन्द्रीय महासचिव टंक प्रसाद शर्माले जडिबुटी उत्पादन किसानलाई सरकारले क्रृण अनुदानको व्यवस्था गर्नुपर्ने बताए । नेपालमा जडिबुटी अध्ययान पनि आवश्यक रहेको भन्दै उनले सिटिईभीटि बाट भएपनि अब जडिबुटी सम्बन्धी विषय अब अध्ययान गराउनुपर्ने बताए । कार्यक्रममा सामाजिक मन्त्रालयका स्वास्थ्य शाखाका डा. विनोद कुमार गिरी, उद्योग पर्यटन बन तथा बातवरण मन्त्रालयका सचिव सुर्यकान्त सिग्देल, जेट परियोजनाका लय प्रसाद सुवेदी लगाएतले बोलेका थिए ।