ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

धान र उखुको मूल्य निर्धारण गर

२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

किसानले यो बर्षको धान भित्राईसके र उखु किसानले उखु काटने तयारी गर्दैछन् । ठिक यही बेला धान र उखुको मूल्य तोकिनुपर्ने हो । समयमै धान र उखुको मूल्य नतोकिँदा किसान सस्तोमा धान र उखु बेच्न बाध्य हुँदैछन् । यो विषयमा नेपाल सरकार कृषि मन्त्रालयको ध्यान कहिले जान्छ ? धान र उखुमा पनि बिचौलिया हावी भयो भने त्यो किसानका लागि मात्र नभै आम उपभोक्ता जसले चामल किनेर खानुपर्ने अवस्था छ, उनीहरूका लागि आहत हुने निश्चित छ । यद्यपि यो बर्षमात्र होइन हरेक बर्ष सरकारले धान र उखुको समर्थन मूल्य तोक्न ढिलाई गर्दै आएको छ । सरकारले नेपाललाई कृषि प्रधान देश भनिएपनि त्यही देशका कृषकले न्याय नपाएको अवस्था छ । अहिले उत्पादित धान विक्री गर्ने समय हो तर विक्रीका लागि पनि किसानले गुहार माग्नुपर्ने बाध्यता छ । धान उत्पादक किसानले धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै आएका छन । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ रूपन्देहीले गत बर्ष ठिक यही बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा तालाबन्दी गर्ने अवस्था आएको थियो । किसानका लागि यो रहर होइन बाध्यता हो । किसानले आफूहरूका माग सम्वोधन गर्न सरकारले आनाकानी गरिरहेको गुनासो गरिरहेका छन । विडम्वना नै भन्नुपर्दछ जुन देशलाई कृषि प्रधान देश भनिएको छ त्यही देशका नागरिक न्यायको माग राख्दै आन्दोलनमा उत्रिनुपर्दछ । वास्तविक किसानले उत्पादनको लागत मूल्य समेत पाउँदैनन् ।

सरकारमा थोरै भएपनि मानवीय मूल्य र मान्यता छ भने तत्काल धान र उखुको समर्थन मूल्य तोकियोस् । होइन भने किसानहरू फेरीपनि आन्दोलनमा आउनुपर्ने बाध्यता हुनसक्छ । कृषि प्रधान देशको बिडम्वना भन्नुपर्दछ– अहिलेसम्म धानको मूल्य नपाएको किसानको गुनासो छ । अर्कोतिर हिउँदे खेतीका लागि आवश्यक मल बीउको अभाव छ । किसानले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनकै लागि मल र बीउको माग गरेका हुन । जसबाट उत्पादन बढ्छ तर सरकार किसानका मागप्रति जवाफदेही नै छैन । कृषि मन्त्रालय किसानलाई चाहे र आवश्यक जति मल उपलब्ध गराउन सक्दैन । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा धानको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने, यदी किसानले समर्थन मूल्य भन्दा कम मूल्यमा विक्री गर्नुपरेमा त्यस्तो फरक समेत सोधभर्ना दिने उल्लेख गरेको छ तर नीति कार्यक्रम एकातिर छ । किसानलाई अनावश्यक भ्रममा पारिएको छ । सरकार आफ्नै घोषणा र प्रतिवद्धताविपरीत धान खरिदबाट भाग्नु सरकारको असक्षमताको पराकाष्ठा हो । सरकारले धानको मूल्य तोक्दैन अनि आफू पनि धान खरिदबाट भागिरहेको छ । यसले सिधै बिचौलिया ब्यापारीलाई सरकारले प्रश्रय गरिरहेको छ । सरकारले धानबाली भित्राउने समय सुरु हुनासाथ धान खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारीकहाँ पुग्न लाग्दासम्म मूल्य नतोक्ने र धान खरिद नगर्ने सरकारी निकायको रवैया घातक छ । अहिले किसानहरू व्यापारीहरूलाई सस्तो मूल्यमा धान विक्री गर्न बाध्य छन । यो क्रम बर्षौंदेखि चलिआएको छ । किसानले त्यसका विषयमा गुनासो गर्दै आएका छन तर समस्याको सम्वोधनमा आनाकानी भैरहेको छ । त्यसमाथि सरकारको रवैयाले किसानलाई पीडा दिएको छ । धानजस्तै समस्या उखु किसानको पनि छ । एकातिर उखु किसानले बर्षौसम्म चिनी मिलबाट भुक्तानी नपाएको समस्या छ । अर्कोतीर समयमा सरकारले मूल्य नतोक्दा किसान तनाव छन । यही रवैयाले कृषि प्रधान मुलुकका किसानको उत्थान कसरी हुन्छ ? तसर्थ सरकार धान र उखुको मूल्य अविलम्ब निर्धारण गर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?