ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य

७ बैशाख २०८२, आइतबार
७ बैशाख २०८२, आइतबार

भैरहवा, ७ वैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ ।

लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.ले आइतबार रुपन्देहीको भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउन सफल भएको जानकारी दिए । ‘मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुग्यौं । त्यसपछि हवाई उडान सुरु भयो,’ उनले भने–‘अहिले फेरि उडान प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

निजी क्षेत्रबाट थालिएको संघर्षका कार्यक्रमप्रति पनि प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । आफू पछिल्लो समय संघीय राजधानी काठमाडौं पुगेका बेला विमानस्थल सञ्चालन र हवाई उडान नियमित गराउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटघाट भएको उनले जानकारी दिए । ‘व्यवसायी साथीहरूको पक्षमा प्रदेश सरकार दृढतापूर्वक उभिन्छ । तपाईंहरूको साथमा प्रदेश सरकार छ । यो विमानस्थल नियमित सञ्चालन गर्न प्रदेश सरकार अविचलित भएर अघि बढ्छ, ’मुख्यमन्त्री आचार्यले भने ।

त्यस्तै मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र जिम्मेवार भएर समाज सुधारको क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्रको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण भएकाले जिम्मेवारपूर्ण रूपमा भूमिका बढाउन आवश्यक रहेको उनको भनाइ थियो । सञ्चार माध्यमहरूले वास्तविक विषय जनसमक्ष पुर्याउने महत्वपूर्ण भूमिका खेलेकोप्रति आभार प्रकट गर्दै उनले पछिल्लो समय सञ्चारको नाममा विकृति भित्रिन थालेको, भ्रमपूर्ण समाचारको खेती मौलाउन थालेको र अराजकतालाई बल पुग्ने गरी सूचनाको चलखेल भइरहेकोप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.का प्रबन्ध निर्देशक गोविन्द प्रसाद गिरीले सञ्चारको माध्यमबाट प्रदेश र राष्ट्रको प्रगति तथा सहकार्यलाई अग्रसर गराउन निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
‘हाम्रो उद्देश्य केवल चियापान र शुभकामना आदानप्रदानमा मात्र सीमित नभइ यो अवसरलाई आपसी सम्बन्ध प्रगाढ बनाउने, सम्वादको माध्यममार्फत सहकार्यको वातावरण निर्माण गर्ने र प्रदेश तथा राष्ट्रको समग्र समृद्धिमा सञ्चार क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने प्रयत्न पनि हो, ’उनले भने ।

लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.का अध्यक्ष श्री रायमाझीको अध्यक्षता, प्रबन्ध निर्देशक गोविन्द प्रसाद गिरीको स्वागत तथा प्रमुख कार्यकारी अधिकृत एवं समता टेलिभिजनका सम्पादक नरेश के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक एवं मिडिया प्रा.लि.का सञ्चालक समिति सदस्य मनोज क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?