ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा

७ बैशाख २०८२, आइतबार
७ बैशाख २०८२, आइतबार

लमही, ०७ वैशाख ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यान्वयन इकाई दाङले गरेका गतिविधिहरूको स्थलगत अध्ययन गरेको छ । परियोजनाको प्रभावकारिता, किसानहरूसँगको समन्वय र प्राप्त उपलब्धिहरूको मूल्यांकनका लागि सांसदसहितको उच्चस्तरीय टोलीले देउखुरी क्षेत्रका विभिन्न सहकारी र कृषक समूहहरूको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा टोलीले तुलसीपुरस्थित विशाल मौरी फर्म, राजपुरको सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थाको कस्टम हायरिङ सेन्टर, लमहीको सतबरीया कृषि सहकारी संस्था लिमिटेडद्वारा उत्पादन गरिएको ‘रामुर हाइब्रिड–१०’ जातको मकै, पालुवा पशुपंक्षीपालन कृषक समूहको रामपुर कम्पोजिट मकै उत्पादन, लमही–७ स्थित हरित तरकारी समूहको उत्पादन लगायतका गतिविधिहरू हेरेको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार अध्ययन टोलीले परियोजनाबाट किसानले पाएका लाभ, सहकारीले प्रयोगमा ल्याएका कृषि उपकरणहरू (मकै छर्ने, फोक्ने, धान रोप्ने, थ्रेसर, ट्र्याक्टर लगायत) को उपयोग र त्यसले उत्पादनमा पु¥याएको योगदानका विषयमा विस्तृत छलफल गरेको थियो ।
राजपुरस्थित सुर्योदय सहकारी संस्थामा आयोजित छलफलमा परियोजनामार्फत प्राप्त उपकरण र संरचनाहरूको प्रयोगबाट उत्पादनमा आएको वृद्धिको किसनले बताए । मकै सुपरजोन कार्यक्रम अन्तर्गत उत्पादन गरिएको मकैको बीउ बजारीकरणमा गोर्खा सिड कम्पनीले महत्वपूर्ण भूमिका खेलेको जानकारी पनि गराएका थिए ।

निरीक्षण टोलीमा प्रतिनिधिसभाका सांसदहरू बीरबहादुर बलायर, भानुभक्त जोशी, रञ्जीत श्रेष्ठ, रूपलाल चौधरी, अनिशा नेपाली, अशोक कुमार चौधरी, बिजुला रायमाझी, मिरा तामाङ, सुर्यकुमारी श्रेष्ठ लगायत कृषि मन्त्रालयका सचिव शिवदत्त बराल, कृषि विभागका उप–महानिर्देशक राजेन्द्र कोइराला, योजना आयोगका अधिकृत माधव पौडेल, परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत महेश रेग्मी, इन्द्र शर्मा ढंगाना, दाङ इकाई प्रमुख लक्ष्मण बहादुर चौधरी, कृषि अधिकृत विकास पौडेल सहित ३० सदस्यीय टोली सहभागी थियो ।

दाङमा सो परियोजना अन्तरगत देउखुरीमा मकै जोन र तुल्शिपुरमा तोरी जोनका रूपमा सन्चालन हुँदै आएको छ।देउखुरी १० हजार हेक्टर जग्गमा मकै जोन सन्चालन हुँदै १ बर्षमा ३ सिजनमा मकै खेती हुने गरेको लमही परियोजनाका प्रमुख रेग्मिले बताए । केही समयदेखि स्थानीय रूपमै मकैको बीउ समेत उत्पादन हुन थालेको छ । अनुगमनको क्रममा आसद बलायरले दाङमा परियोजना निक्कै प्रभावकारी र उपलब्धि मुलुक देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?