ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

लापरवाहीले बढ्दै स्वास्थ्य जोखिम

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

अत्याधिक बिषादीको प्रयोगले मानव जीवन जोखिम बन्दै गएको विश्व स्वास्थ्य संगठनले हालै गरेको स्वास्थ्य सर्वेक्षणले प्रस्तुत गरेको छ । संगठनले गएको महिना जारी गरेको स्वास्थ्य विज्ञप्तीका अनुसार खानामा अहिले उच्च बिषादीको प्रयोग भैरहेको छ । अन्न उत्पादन गर्न भैरहेको बिषादी, तरकारीमा किरा मार्न प्रयोग भैरहेको बिषादी लगायतका कारण मानव जीवन संकटमा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसै त माानव जीवन २१ औं शताब्दीको व्यस्त दैनिकी र असन्तुलित खानपानका कारण जोखिममा बाँचीरहेको छ । विश्वका ४० देशमा गरिएको अध्ययनले मानिसमा नयाँ नयाँ प्रकृतिको रोगको उत्पत्ति भैरहेको छ । पछिल्लोसमय उच्च मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटु, मृगौला, निमोनिया र मौसमजन्य रोगका कारण मानिस जोखिममा रहेका छन । त्यसका कारण मस्तिष्कघात, पक्षघात, हृदयघात जस्ता रोगहरूको बृद्धि भैरहेको संगठनले देखाएको छ । एक अर्को अध्ययनले उच्च रक्तचाप विश्वकै समस्या हो र साना बालबालिकादेखि बृद्धबृद्धा यसको चपेटामा परेको उल्लेख गरेको छ । चिकित्सकहरूले यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव एवं जीवनशैलीमा आएको परिवर्तनको नतिजा हो भन्ने गरेका छन । बिषादीको प्रयोगले रोगको मात्रा बढाउँदै लगेको स्वास्थ्य संगठनको निष्कर्ष छ । ३०–५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्षण नदेखिने तथा पछि हृदयघात, पक्षघात, मृगौला खरावजस्ता गम्भीर असर गर्ने भएकाले यो रोगलाई ‘मौनघातक’ का रूपमा लिने गरिएको रिपोर्टमा उल्लेख छ । मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयघात तथा मृगौला फेलरको प्रमुख कारक हो । त्यस्तै यो रोग कम उमेरमा हुने मृत्यु र अचानक हुने मृत्युको प्रमुख कारक तत्व पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२५ सम्म प्रत्येक पाँचमा एक जनालाई उच्च रक्तचाप हुनेछ । विकसित देशमा ३० प्रतिशतलाई यो रोग लागेको थाहा छैन, १५ प्रतिशतले थाहा भए पनि उपचार गरेका छैनन्, २५ प्रतिशतले उपचार गरे पनि रक्तचाप नियन्त्रणमा छैन र ३० प्रतिशतले मात्र यसको सही उपचार लिइरहेका छन् । उपचारमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति उच्च रक्तचाप नियन्त्रणको मुख्य र जटिल चुनौती हो ।

अहिले विश्वमै उच्च रक्तचाप मानिसको मृत्युको सबैभन्दा प्रमुख कारण वनेको छ । उच्च रक्तचाप आफैँमा समस्या नभएपनि यसलाई वेवास्ता गर्दा भने खतरा निम्तिन सक्छ । पछिल्लोसमय बदलिँदो जीवनशैलीका कारण मानिसलाई तनावयुक्त वनाउँदै लगेको छ । त्यसैले उच्च रक्तचाप हुन नदिन र शरीर स्वस्थ राख्न उचित खाना, दैनिक योग, व्यायाम, खेलकुद आदि जस्ता क्रियाकलाप गर्ने, सकारात्मक सोच राख्ने र अनावश्यक मानसिक तनावबाट मुक्त रहनु अहिलेको आवश्यकता हो । संगठनले समेत यस विषयमा सचेत रहन सुझाएका छन । अहिले नसर्ने रोगमध्ये पनि क्यान्सर रोगका कारण नेपालमा हरेक वर्ष मर्ने नेपालीको संख्या दोब्बरले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भैरहेको छ । असन्तुलित खानपान र बललिँदो जीवनशैलीका कारण क्यान्सर रोग तीव्र गतिमा फैलन थालेको छ । नेपालमा धुमपान र मद्यपान गर्नेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेकाले पनि क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । अर्कोतर्फ नेपालमा मद्यपान र धूमपान गर्नेको संख्यामा नियन्त्रण ल्याउन सक्ने हो भने क्यान्सर रोगीको संख्यामा ५० प्रतिशतले कमी ल्याउन सकिने विज्ञहरूले दाबी गरेका छन् । हरेक वर्ष नेपालमा ३० देखि ४० हजारको संख्यामा क्यान्सर रोगीहरू थपिने गरेका छन् । नेपालमा अहिलेपनि दुई लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान गरिएको छ । तसर्थ विश्व स्वास्थ्य संगठनले भनेजस्तै बिषादीको मात्रा घटाउनेतर्फ ध्यान नदिने हो भने मानव स्वास्थ्य झनै जोखिममा पर्ने भएकोले सचेतताको खाँचो छ । यो बिषयमा सरकार, कृषिविज्ञ, विभिन्न संघ संस्थाहरूले गंभीर भएर सोच्नुपर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission