© २०२३
सरकारले नवलपरासीको महेशपुर नाकालाई स्तरोन्नती गरि छोटी भन्सारबाट ठूलो भन्सार बनाउने घोषणा गरे पनि अहिलेसम्म छोटी भन्सारलाई कुनै किसिमको लिखित जानकारी नआएको भन्सारले जनाएको छ । साउन देखी लागु हुने गरि मन्त्रिपरिषदले महेशपुर नाका लगायत भारतसंग थप पाँच वटा नाका सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि त्यसको अधिकारिक जानकारी नआएकोले भैरहवा भन्सार नाका अन्तरगत रहेको छोटी भन्सारले भन्सार असुल गर्दै आएको जनाएको हो ।
मन्त्रि परिषदले निर्णय गरेर मात्र हुदैन्,महेशपुर छोटी भन्सारमा कार्यरत नासु हरिहर काफ्लेले भने,भन्सारका लागि भारतबाट लाईन क्लियर हुन पर्यो,त्यही अनुसार भन्सारका लागि आवश्यक पुर्वाधार खडा गर्नका लागि जग्गा अधिग्रहण हुन पर्यो । भन्सारका लागि आवश्यक सहयोगी निकाय बैंक,क्वारेन्टाईन,प्रयोगशाला,मालबाहक सवारी साधनका लागि पार्किगँ स्थल र मालबस्तु राख्नका लागि गोदाम पहिला बन्न पर्यो । कर्मचारीको दरबन्दि किताबखानाले कायम गर्न पर्यो । मन्त्रिपरिषदले निर्णय गर्दैमा नाका खुली हाल्ने कुरा हुन सक्दैन्,उनले थपे, त्यसको अधिकारिकता अहिलेसम्म आएको छैन् । त्यही भएर अहिले भैरहवा भन्सार कार्यालयले नै खटाएको ८ जना कर्मचारीको दरबन्दि अनुसार छोटी भन्सारको मापदण्ड अनुसार नै काम गर्दै आएका छन् ।
केही बर्ष पहिला नै भैरहवा भन्सार कार्यालयले भन्सारको स्तरोन्नती गरि अधिकृत स्तरको कर्मचारी राख्ने निर्णय गरेको थियो, उनले भने, पुर्वाधारका लागि जग्गा अधिग्रहणका लागि ३ करोड बजेट समेत विनियोजन गरेको थियो । तर महेशपुरमा नत अधिकग्रहण गर्नका लागि उपयुतm जग्गा पाईयो,नत भारतबाट कता नाका खुल्ने भन्ने क्लियर लाईन पाइयो । बजेट फ्रिज भएर गयो । विगत जस्तै अहिले पनि नासुले नै भन्सारका काम काज गर्न बाध्य भए । नेपालले एकतर्फि कर्मचारी र पुर्वाधार बनाए पनि भारतले नाका दिएन भने अधिकारीक निकासी पैठारी हुन सक्दैन् । अहिले पनि छोटी भन्सारले प्राप्त गरेको अधिकार अनुसार मालबस्तुको भन्सार गर्न सक्छ,तर भारतबाट अधिकारीक रुपमा मालबस्तु पैठारी भएर आउन सकेको छैन् । भारतबाट चोरीको बाटो मालबस्तु आउने र नेपाल लैजानका लागि भन्सार कटाउने गरेका छन् । चोरी चोरी भन्सारको छेउछाउको गाँउबाट ब्यपारीले माल छिराएर ल्याउने भन्सार कर्मचारीलाई त्यही बोलाएर मुल्याँकन गराउने कार्य गरेका छन् । छोटी भन्सारले दैनिक एक लाख राजस्व संकलन गर्दै आएको छ ।ु