ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

‘लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरण आवश्यक’

१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

बुटवल, १२ मंसिर ।

लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरण आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । त्यसका लागि बालबालिकादेखि नै लैंगिक विभेदका अवशेषहरु मेट्दै र लैंगिक समानताका क्रियाकलाप गर्न प्रेरित गर्दै जानुपर्ने उनीहरुले बताए । उमेर र समय अनुसार समुदायमा लैंगिक असमानता र विभेद रहेकाले शिक्षा र जागरणद्वारा तिनलाई हटाउनुपर्ने सरोकारवालाहरुको सुझाव थियो ।

लैंगिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियानको अवसर पारेर समानताका लागि आवाज नेपाल, लायन्स क्लब अफ बुटवल स्टार र संचारिका समूह लुम्बिनीले मंगलबार बुटवलमा सार्वजनिक संवाद कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा विद्यालय तथा क्याम्पस तहका विद्यार्थी, विद्यार्थी संगठन, प्रधानाध्यापक र महिला लक्षित संघसस्थाका प्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत कोपिला ज्ञवालीले स्रोत र साधन पुरुषको हातमा हुँदा धेरै लैंगिक हिंसा र विभेद महिलामाथि भएको बताइन् । उनले महिलालाई स्रोत र साधनमा पुर्याउन र विभेद हुन नदिन औपचारिक शिक्षा र जागरण अभियानमा जोड्नुपर्ने सुझाव दिइन् । विद्यालयहरुमा पनि बालबालिकालाई लैंगिकमैत्री व्यवहार गर्न र हिंसा विरुद्ध प्रतिकार गर्न सिकाउनुपर्ने उनले बताइन् ।

नविन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले छोरालाई बढी प्राथमिकता र सुविधा दिने तर छोरीलाई सुविधा नदिने खालका क्रियाकलाप समाजमा प्रशस्त रहेकाले त्यसको असर विद्यालयमा पनि देखिने बताए । यद्यपि बालबालिकामा समान व्यवहार र चरीत्र निर्माणका लागि विद्यालयमा पाठ्यक्रमसंगै अतिरिक्त क्रियाकलापद्वारा लैंगिकमैत्री व्यवहार सिकाउने र अभ्यास गराउने गरेको उनले जनाए ।

कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले विद्यालय धेरै बालबालिकाको भविष्य निर्माण गर्ने स्थल भएकाले नागरिक जागरणका अभियान पनि विद्यालय केन्द्रीत गर्न आग्रह गरे । उनले विद्यालयमा बालबालिकाबाट गराइने जागरणका कार्यक्रमले बालबालिकासंगै तिनका अभिभावकलाई बुझाउन र लैंगिकमैत्री व्यवहार कार्यान्वयन गराउन सहज हुने बताए ।

सामाजिक अभियन्ता ओमी पुनले रुढीवादी संस्कारका कारण जानेर वा नजानेर अहिले पनि भेदभाव र हिंसा भएको बताउदै त्यसको निराकरणका लागि सबै जुट्नुपर्ने बताइन् । उनले शिक्षा र ज्ञानले नै व्यक्तिको गलत व्यवहार फेर्न सकिने भएकाले त्यसमा नागरिक जागरण आवश्यक रहेको बताइन् ।

दुरदर्शी कृषि महिला सहकारी संस्थाकी अध्यक्ष मीना कार्कीले शहरी क्षेत्र र शिक्षित समुदायमा पनि हिंसा भएको बताइन् । लैंगिक हिंसा हटाउन र लैंगिक समानता कायम राख्न घरपरिवारदेखि, विद्यालय र सामाजिक संघसस्थामा सचेतनाका कक्षा चलाउनुपर्ने उनले औंल्याइन् ।

समानताका लागि आवाज नेपालकी अध्यक्ष रोजी पुनले बालबालिका र युवा पुस्तामा हिंसा सहने होइन प्रतिकार गर्नुपर्छ भन्ने भावनाको विकास गराउनुपर्ने बताइन् । उनले कुनै पनि भेदभाव वा हिंसाका कारण समस्या भएकालाई निशुल्क सामाजिक मनोपरामर्श चलाइरहेको बताइन् ।

ओरेक नेपाल बुटवलकी झरना अर्यालले लैंगिक भेदभाव र हिंसाका घटना बताउन नसक्दा धेरै किशोरकिशोरी र युवा पुस्ता आत्महत्याको शिकार भएकाले त्यसलाई रोक्न सामाजिक मनोपरामर्शका कार्यक्रम चलाइरहेको जानकारी दिइन् ।

बुटवल बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष दुर्गाबहादुर एमसीले लैंगिक समानताका लागि महिला लक्षित समताका कार्यक्रम बढाउनुपर्ने बताए । बालबालिका र युवा पुस्तामा यस्ता छलफल चलाउन सके त्यसको प्रभाव पर्ने र लैंगिक समानतामूलक समाज निर्माण हुने उनले बताए । लुम्बिनी बौद्ध विश्विद्यालयमा कानुनकी विद्यार्थी मन्जीला ज्ञवालीले छोरीलाई छोरीजस्तै भएर जीउने आधार तयार गर्न घरबाटै लैंगिक भेदभावपूर्ण व्यवहार हटाउन आग्रह गरिन् ।

कार्यक्रममा लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरणबारे संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

लैंगिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९९१ देखि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर अभियान सन्चालन हुँदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?