© २०२३
काठमाण्डौं केन्द्रित दुर्गा प्रसाईको आन्दोलनमा भएको जनसहभागिता उनको बिचारको समर्थनमा भएको होइन । त्यो त मुलुकमा उत्पन्न बेथितीविरुद्धको संकेतमात्र हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपछि जनताले जुन आशा र विश्वास राखेका थिए, आज जनताका ती आशा र विश्वासमाथि घात भैरहेको छ । जनताको उपस्थिति त्यसको संकेत हो । तसर्थ नेताहरूले अव गंभीर भएर सोच्नुपर्ने बेला आएको छ । अर्कोतर्फ मुलुकमा बैंक तथा बित्तिय संस्थाहरूले ब्याज, साँवा र हर्जानाका नाममा जुन उपद्रो मच्चाएका छन, त्यसकाविरुद्ध दुर्गा प्रसाईको समर्थन हो । दुर्गा प्रसाईको बिचारलाई समर्थन होइन । यो त फगत उनको तत्कालीन एजेन्डाकेन्द्रित समर्थन मात्र हो । तर अव नेताहरूले बिचार पु¥याएनन् भने दुर्गा प्रसाईको अर्को पात्र जन्मिन सक्छ जसले जनताको असन्तुष्टीलाई क्यास गर्न सक्छ । तसर्थ अव जनताले अपेक्षा गरेको शासन व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था नआओस् भन्नेतर्फ दलका नेताहरू गंभीर हुनुपर्ने बेला आएको छ । अहिले भ्रष्टाचार बढेको छ । बढ्दो बेरूजुले नेपाललाई नै गिज्याईरहेको छ ।
भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलताको नीति लिने गरेका हरेक सरकारले भ्रष्टाचार नियन्त्रण त गर्न सकेनन्, साथसाथै भ्रष्टाचार मौलाउने बाताबरण झनै सिर्जना भैरहेको छ । महालेखा परिक्षकको प्रतिवेदन हेर्दा सन्तोष मान्ने आधार कहीँ देखिदैन । केन्द्रदेखि स्थानीय पालिकाहरूसम्मै बेरूजुको चाङ छ । बेरूजुले देशलाई बर्बाद गरिरहेको छ । अहिले स्थानीय तहमा पनि कम्युनिष्ट पार्टीवाटै निर्वाचित जनप्रतिनिधिको बाहुल्यता छ र उनीहरूले नै भ्रष्टाचार गरिरहेको रिपोर्ट सार्वजनिक भैरहेको छ । शुन्य सहनशीलताको नीति लिएको भनिएको सरकारकै शासन व्यवस्थामा नसुनिनु पर्ने समाचार जनताले बाध्य भएर सुन्नु परिरहेको छ । यसले पनि दुर्गा प्रसाई नै ठिक हुन कि भन्ने जनतामा लागिरहेको छ । तसर्थ अव संघीय शासन व्यवस्थाका पक्षधरहरू गंभीर हुनुपर्ने बेला आएको छ ।
जनताले पञ्चायती व्यवस्थामा भन्दा पनि धेरै भ्रष्टाचार र अनियमितता अहिले मौलाएको भन्दै व्यवस्थाप्रति नै बितृष्णा बढिरहेको गुनासो गरिरहेका छन । समाजका विभिन्न तहमा भैरहेको अनियमितताको यो शृंखला देखिने गरी यसरी बढिरहेको छ । बढ्दो भ्रष्टाचार नियन्त्रण र बेरूजु घटाउनेतर्फ अव पहल नहुने हो भने जनताको आशाको दियो निभ्ने अवस्था आउने छ । फेरीपनि नेताहरूले यो विषयमा गंभीर ढंगले सोच्ने बेला आएको छ । तसर्थ बिहिवारको दुर्गा प्रसाईको काठमाण्डौं केन्द्रित आन्दोलनमा उपस्थिति ब्यवस्थाको बिरुद्धमा होइन, तर आन्दोलनको उभार त्यसतर्फ अघि बढ्न सक्छ भन्ने चिन्ता हो । संघीय शासन ब्यवस्थालाई बद्नाम गर्ने काम एकथरीले गर्दै आएका छन । डर के छ भने कतै दुर्गा प्रसाईको आन्दोलनको बहावलाई क्यास गरेर ब्यवस्थाविरोधी अर्को आन्दोलनको सुरुवात हुने त होइन ? तसर्थ अव दलहरू गंभीर बन्ने बेला आएको छ । जनताको असन्तुष्टी सम्बोधन गर्नेतर्फ दलहरू अझैपनि सचेत र जिम्मेवार भएनन् भने मुलुकले अर्को मोड लिन सक्ने अवस्था छ । अहिले दुर्गा प्रसाईले दलहरूलाई बेलैमा सचेत बनाएका छन । दलहरूले यो आन्दोलनबाट सचेतमात्र होइन, शिक्षापनि लिउन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी